Sunday, July 26
Shadow

१५ दिन सम्म ५ लाख खोप दिने अभियान

सच तक नेपाल डेस्क । सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिन १५ दिनसम्म दैनिक पाँच लाख खोप लगाउने लक्ष्य लिएको छ।

पछिल्लो समय कोरोनाविरुद्धको खोप पर्याप्त मात्रामा हुँदा पनि खोप लगाउनेको संख्या नबढ्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक पाँच लाखका दरले खोप लगाउने अभियान सुरु गरेको हो। मन्त्रालयका सचिव डा। रोशन पोखरेलले पुस १२ देखि अभियान सुरु भएको बताए।

देशभर हाल १ करोड २० लाखभन्दा बढी कोरोनाविरुद्धको खोप मौज्दात रहेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दिनमा साढे दुई लाखभन्दा बढी खोप चल्न नसकेपछि अभियान सुरू गरिएको हो। तर‚ सोमबार ५ लाख ६८ हजार ३१९ जनाले खोप लगाएका छन्। यो हालसम्मकै दैनिक खोप लगाउनेको धेरै संख्या हो।

उल्लेख्य मात्रामा खोप लगाएपछि स्वास्थ्य सचिव पोखरेलले देशभरका स्वास्थ्यकर्मी तथा सहयोगीहरुलाई धन्यवाद दिएका छन्। उनले खुलेर खोप अभियानमा सहभागी हुन सबैलाई अनुरोध गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *