Sunday, July 26
Shadow

लुधियानाको अदालतमा बिस्फोट हुदाँ २ को मृत्यु

सच तक नेपाल डेस्क । भारतको पञ्जाब राज्यको लुधियानास्थित एक अदालतमा आज (बिहीबार) दिउँसो बिस्फोट भएको छ।

लुधियाना अदालतको दोस्रो तलाको वासरूममा भएको बिस्फोटमा परी २ जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएको भारतीय संचार मन्ध्यमले जनाएको छ । घाइते चार जनाको अवस्था निकै गम्भीर रहेको जनाइएको छ।

उक्त क्षेत्रमा प्रहरी र अग्नि नियन्त्रक अदालतमा पुगेका छन्। बिस्फोटको विषयमा थप अनुसन्धान भैरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *