घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको ११ औं स्थापना दिवस सम्पन्न
अखिलेश कुमार यादव। १५ जेठ ।जीतपुरसिमरा उपमहानगरपालिका –४ औराहा स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लि. को ११ औं स्थापना दिवस मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले नेपालले सहकारी संस्थाहरुले उत्पानशील क्षेत्रमा लगानी गरी शेयर सदस्यहरुलाई स्वरोजगार र उद्यमी बनाउनुपर्ने बताए । ‘आजको सानो बचतले भोलिका दिनमा महत्वपूर्ण काम गर्न सकिन्छ, त्यसैले आजैदेखि आफ्नो आम्दानीबाट थौरै भएपनि बचत गर्ने बानिको विकास गर्नुपर्छ ।’ उनले भने । अभिभावकहरुले पनि आफ्ना बालबच्चाहरुलाई सानैदेखि बचत गर्न प्रोत्साहन गर्नुपर्ने बताउँदै सहकारी संस्थाले शेयर सदस्यहरुलाई उद्यमी बनाउने गरी विभिन्न कार्यक्रम, तालिमहरु आयोजना गर्नुपर्नेमा जोड दिए । त्यस्तै सहकारी संस्थाका कर्मचारीहरुले मुस्कानसहितको सेवा दिनुपर्ने बताए । बैंकमा भन्दा सहकारी स...









