अत्यधिक गर्मी बढे संगै जीतपुरसिमरा उपमहानगरपालिकामा २ दिन विद्यालय बन्द
बारा । अत्यधिक गर्मी बढेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि दुई दिनका लागि जीतपुरसिमरा उपमहानगर अन्तर्गतका निजि तथा सामुदायिक विद्यालयमा गर्मी बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव शिवजी प्रसादले बताए ।
‘बिहानैदेखि चर्को घाम र तातो हावा चल्ने गरेको छ, त्यसले विद्यालयका बन्द कोठामा विद्यार्थी बिरामी पर्न सक्छन्,’उनले भने, ‘अहिले गरिएको गर्मी बिदा बर्षे बिदामा कटौती गर्ने गरी व्यवस्थापन गर्न पनि विद्यालयहरूलाई निर्देशन गरिएको शिक्षा शाखा प्रमुख शिवजी प्रसादले बताए ।
जीतपुरसिमरा उपमहानगरपालिकाले पहिलो चरणमा जेठ १६ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमागर्मि बिदा दिइएको थियो भने गर्मी फेरि बढे संगै जेठ ३१ र ३२ गते विद्यालय बन्द हुने उपमहानगरले निकालेको सूचनामा उल्लेख गरेको छ ।जीतपुरसिम...









