अमाडारमा ट्युबवेल जडान हुँदै,ट्युबवेल जडानले किसानलाई राहत मिल्ने
बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-११ अमाडारमा ट्युबवेल जडान सुरु भएको छ ।उर्जा जलश्रोत तथा सिचाई डिभिजन कार्यालयको बजेट बाट अमाडारमा ट्युबवेल जडान सुरु भएको छ ।बिहिवार एक कार्यक्रमको बिच नयाँ ट्युबवेल जडानको शिलान्यास गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ११ को जनता कृषि पेशामा आत्मनिर्भर रहेको हुनाले पहिले चरणमा १५ लाखको लागतमा तत्काल ट्युबवेल निर्माण सुरु गरिएको छ ।अमाडारमा ट्युबवेलको धेरै आवश्यकता रहेकोले केन्द्रिय सरकार संग पहल गरेर करिब १ करोडको लागतमा अमाडारमा ट्युबवेलको बजेत ल्याईएको माओवादीकि केन्द्रिय सदस्य गिता कंडेलले बताईन।बर्षौ देखि किसानले सिचाईको अभावमा कृषि पेशामा खेप्दै आएको नोक्सानी अब ट्युबवेल निर्माण भए संगै कम हुने जीतपुरसिमरा उपमहानगरपालिका-११ का कार्यवाहक वडाध्यक्ष सुरेश यादवले बताए।
यहाँका किसानले सिचाईको कारणले गर्दा कृषि पेशा बाट ...









