Sunday, July 26
Shadow

जीतपुरसिमरा उपमहानगरमा तीन दिन विद्यालय बन्द

अखिलेश कुमार यादव ।१४ जेठ बारा । गर्मि अत्यधिक बढेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि जीतपुरसिमरा उपमहानगर अन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव शिवजी प्रसादले बताए । ‘बिहानैदेखि चर्को घाम र तातो हावा चल्ने गरेको छ, त्यसले विद्यालयका बन्द कोठामा विद्यार्थी बिरामी पर्न सक्छन्,’उनले भने, ‘अहिले गरिएको गर्मी बिदा बर्षे बिदामा कटौती गर्ने गरी व्यवस्थापन गर्न पनि विद्यालयहरूलाई निर्देशन गरिएको शिक्षा शाखा प्रमुख शिवजी प्रसादले बताए ।

 

उनका अनुसार यही जेठ १६ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । जेठ १४ गतेको नगर प्रमुख स्तरीय निर्णयअनुसार बिदा दिइएको हो । १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ । जीतपुरसिमराको तापक्रम अहिले ४१ डिग्री सेल्सियस माथि पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *