Tuesday, October 27
Shadow

banner-news-1

For top banner

माैसम अपडेट : वर्षा अझै केही दिन हुने अनुमान

माैसम अपडेट : वर्षा अझै केही दिन हुने अनुमान

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडाैं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको छ । नेपालमा मनसुनी वायुको असरका साथै बङ्गलादेशको उत्तरीभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीका कारण पनि बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको उत्तरतिर अवस्थित रहेकाले मनसुन सक्रिय भएको छ ।“मनसुन थप सक्रिय भएको छ । वर्षा केही दिन हुने देखिन्छ तर लगातारको वर्षा भने हुने देखिदैन”, मौसमविद् महर्जनले भन्नुभयो । काठमाडौँ उपत्यकामा अहिले हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा ६४ मिलिमिटर वर्षा मापन गरिएको छ । मौसममा सुधार आउन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।अहिले काठमाडौँको उत्तरपूर्वी र दक्षिणभेगतिर हल्का वर्षा भइरहेको छ । ...
वर्षौ देखि निःशुल्क औषधीलाई खरिद गराई जनतालाई ठग्दै प्रादेशिक अस्पताल गौर

वर्षौ देखि निःशुल्क औषधीलाई खरिद गराई जनतालाई ठग्दै प्रादेशिक अस्पताल गौर

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट - नेपाल सरकारबाट प्रदान हुने निःशुल्क औषधी पनि बाहिरबाट खरिद गराई सेवा ग्राहीलाई रौतहटको सरदुकाम गौर स्थित प्रादेशिक अस्पतालले वर्षो देखि ठग्दै गरेको तथ्य बाहिरिएको छ । प्रादेशिक अस्पताल गौरमा भएको कर्मचारी अभावलाई एक महिनाको लागि रौतहट जिल्ला अन्र्तगत यमुनामाई गाउँपालिकाले पुरा गरेको छ । प्रादेशिक अस्पतालका कर्मचारीहरु धमाधम सरुवा लिन थालेपछि अस्पतालमा जनशक्तिको ठुलो अभाव हुन थालेको हो । केहि दिन पहिला प्रादेशिक अस्पताल गौरका व्यवस्थापन समितिका अध्यक्ष अनवर हाश्मीले कम्तीमा १ महिनाको लागि स्टाफ पठाइ सहयोग गर्न अनुरोध गरेका थिए । सोही अनुरोधलाई कदर गर्दे यमुनामाई गाउँपालिका लगायत अन्य पालिकाहरुले सहयोग गरेका हुन् । आर्थिक बजेटको भागबन्डा नमिलेर एकपछि अर्को सरुवाको कारण भइरहेको अशंका छ । भनिन्छ, स्वास्थ्य नै धन हो र अस्पताललाई मन्दिर साथै स्वास्थ्यकर्मीलाई देवताको स्वरुप मानिने ...
१०० किलाे सुन काण्ड : सिआईबीका एसपी सञ्जय थापाकाे नेतृत्वमा अनुसन्धान

१०० किलाे सुन काण्ड : सिआईबीका एसपी सञ्जय थापाकाे नेतृत्वमा अनुसन्धान

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - करिब सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी उपरीक्षक (एसपी) सञ्जय थापाको नेतृत्वमा हुने भएको छ । थापाको नेतृत्वमा सुन प्रकरणको अनुसन्धान भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले लोकान्तरलाई जानकारी दिनुभएको छ। आइतवार राजस्व अनुसन्धान विभागले सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको थियो । ‘१०० किलो सुन प्रकरणको नेतृत्व अर्थात् अनुसन्धान अधिकृतको रूपमा सीआईबीका एसपी सञ्जय थापाले गर्नुभएको छ,’ प्रवक्ता कडायतले भने । सीआईबीले राजस्व अनुसन्धान विभागको अनुसन्धानलाई समेत आधार मानेर थप अनुसन्धान गर्ने भएको छ । विभागले अहिलेसम्म गरेको अनुसन्धानमा प्राप्त प्रमाणका आधारमा नयाँ तथ्य खोजी गर्न लागिएको प्रहरीले जनाएको छ ।सुनप्रकरणमा अहिलेसम्म ट्याक्सी चालकदेखि कुख्यात भनिएका बेल्जियम नागरिक दावा छ...
ट्याक्टर सहितकाे सेफ्टि ट्यांकी फतुवा विजयपुर नगरपालिकाद्वारा खरिद , अवैध शुल्कबाट स्थानीयलाई राहत

ट्याक्टर सहितकाे सेफ्टि ट्यांकी फतुवा विजयपुर नगरपालिकाद्वारा खरिद , अवैध शुल्कबाट स्थानीयलाई राहत

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, राैतहट । नगरलाई सफा र दिशामुक्त बनाउने लक्ष्य अन्तर्गत फतुवा बिजयपुर नगरपालिकाले सेफ्टी ट्यांकी सहितकाे ट्याक्टर खरिद गरेकाे छ। राैतहट जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकाले खरिद गरेकाे नयाँ सेफ्टि ट्यांकी सहितकाे ट्याक्टर बिहिबार देखि सञ्चालनमा आएको छ ‌ । नगरप्रमुख अम्बेया खातुन र निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु राय यादव काे बिशेष पहलमा सेफ्टि ट्यांकी आज पालिकामा पुगेकाे छ । नगरभरी प्रयाेगमा भएका चर्पीहरु अब सजिलै सफा गर्ने भएपछि स्थानीयहरु राहत पाएका छन्। सेफ्टी ट्यांकीकाे अभाव कारण प्रायः चर्पीहरु जीर्ण र प्रयोग बिहिन अवस्थामा छ । तर अब सेफ्टी ट्यांकी आएसँगै ती बन्द चर्पीहरु पनि पुन: सुचारु हुने अनुमान गरिएको छ। बाहिर बाट बाेलाएका सेफ्टी ट्यांकीले अवैधरुपमा बढी पैसा लिने गरेकाे स्थानीयहरु बताउँछन्। "अब आफ्नै नगरमा ट्य...
भन्सार छलीकाे कुुखुरा राैतहट प्रहरीद्वारा नष्ट ( भिडियोसहित)

भन्सार छलीकाे कुुखुरा राैतहट प्रहरीद्वारा नष्ट ( भिडियोसहित)

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - साेमबार राैतहट प्रहरीले अवैध कुखुराहरु नष्ट गरेकाे छ ‌। भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको १६ वटा कुखुरा जिल्ला प्रहरी कार्यालय राैतहटले नष्ट गरेकाे छ। प्रहरीका अनुसार साइकलमा कुखुरा लाेड गरी नेपाल तर्फ ल्याउदै गरेको उक्त कुखुराहरु प्रहरीले नियन्त्रणमा लिएको छ । राैतहटकाे सदरमुकाम गाैर नगरपालिका वार्ड नं १ बाट ४५ किलाे बारबारकाे १६ वटा कुखुरा जिल्ला प्रहरी कार्यालय राैतहटले बरामद गरी गाैर कार्यालयमा ल्याई नष्ट गरेको छ। भारतबाट ल्याएको कुखुरा दुषित भएको अनुमान पछि यस्ताे कठाेर कदम चालेकाे प्रहरीकाे भनाई छ। भन्सार‌ छली संगै प्रदुषित कुखुराबाट नयाँ बिरामीहरु पनि उत्पन्न हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले कुखुरा नष्ट गरेकाे हाे ‌। साइकलमा कुखुरा लाेड गरेका चालक प्रहरीलाई देख्ने बित्तिकै भरार भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ। भिडिय...
‘फेरी भेटाैला कार्यक्रम’ प्रादेशिक अस्पताल गाैरमा सु-सम्पन्न

‘फेरी भेटाैला कार्यक्रम’ प्रादेशिक अस्पताल गाैरमा सु-सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - प्रादेशिक अस्पताल गाैरद्वारा आयाेजित फेरी भेटाैला कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। आइतबार राैतहट जिल्लाकाे सदरमुकाम गाैर स्थित प्रादेशिक अस्पतालले आयाेजना गरेकाे फेरी भेटाैला कार्यक्रम सम्पन्न भएको हाे । प्रादेशिक अस्पतालमा कार्यरत ४ जनाकाे सरुवा भएपछि अस्पतालका व्यवस्थापन समितिले उक्त स्वास्थ्यकर्मीहरुलाई सम्मानस्वरुप बिदाई कार्यक्रमकाे आयाेजना गरिएको व्यवस्थापन समितिका अध्यक्ष अनवर हाशमीले बताउनुभयो। कार्यक्रममा मन्तव्य राख्दै बायाेमेडिकल टेक्निसियन प्रसन्सा चाैधरी भावुक हुँदै दुई वर्षकाे अनुभव जिन्दगीभरीका सम्झना भएर बस्ने बताइन् । कार्यक्रम आयाेजक र सम्पुर्ण अस्पताल टाेलीलाई धन्यवाद समेत ज्ञापन गरेकी थिइन् । बायाेमेडिकल टेक्निसियन प्रसन्सा चाैधरी , स्टाफ नर्स पिन्की साह, सहायक फर्मासिस्ट धिरेन्द्र प्रसाद गुप्ता, स्टाफ नर्स लक्ष्मी राेकायालाई फुलमाला, दाेसल्...
रुपान्तरणकाे अन्तिम कार्यक्रम चपुरमा सम्पन्न (फाेटाे फिचर)

रुपान्तरणकाे अन्तिम कार्यक्रम चपुरमा सम्पन्न (फाेटाे फिचर)

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - रूपान्तरण तथा जीवन उपयोगी आत्मरक्षा सेसनहरूकाे समीक्षा तथा सिकाई कार्यक्रमकाे अन्तिम भेटघाट तथा छलफल कार्यक्रम शुक्रबार सम्पन्न भएको भएकाे छ । वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र ग्रामीण बिकाश केन्द्र नेपाल राैतहटकाे साझेदारी तथा गरूडा नगरपालिका र माधवनरायण नगरपालिकाकाे समन्वयमा संचालित संरक्षण समुदाय संलग्नता तथा बाल स्पाेन्सशिप परियोजना अन्तर्गत समुदाय स्तरकाे रूपान्तरण तथा जीवन उपयोगी आत्मरक्षा सेसनहरूकाे समीक्षा तथा सिकाई कार्यक्रम चन्द्रपुर स्थित गाैतम हाेटेलमा सम्पन्न भएकाे हाे ।कार्यक्रमकाे प्रमुख अतिथि माधवनरायण नगरपालिका कि नगर उपप्रमुख निर्माला देवि रमन थिइन् भने विशिष्ट अतिथिका रुपमा माधवनरायण नगरपालिकाका वडा नं ३का वडा अध्यक्ष तथा पालिका बाल अधिकार समितिकाे संयाेजक राजकुमार यादव, वडा नं २ का अध्यक्ष रामबिश्वास साहले रहेका थिए।उक्त रुपान्तरण कार्यक्रम गाउँमा भईरहेको लुकेका ...
प्रादेशिक अस्पताल गाैरमा थप टिकट काउन्टर संचालन

प्रादेशिक अस्पताल गाैरमा थप टिकट काउन्टर संचालन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जिल्लाकाे सदरमुकाम गाैरमा अवस्थित प्रादेशिक अस्पतालमा चारकाेठे टिकट काउन्टरकाे उद्धाटन भएको। बुधबार अस्पतालका अध्यक्ष अनवर हाशमीद्वारा साे काउन्टरकाे उद्धाटन गरिएको हाे। प्रादेशिक अस्पताल गौरको संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष मोहम्मद अनवर हाशमी र प्रादेशिक अस्पताल गौरको नि. प्र. मे. सु. डाक्टर मुरारी ठाकुरको कार्यकालमा चार वटा काउन्टर संचालनमा आएको छ । केही महिना अघि रेफर अस्पतालकाे नामले प्रसिद्ध भएको प्रादेशिक अस्पतालमा क्रमशः सुधार थालिएको हो। जिल्लाकाे सदरमुकाम गाैरमा अवस्थित भएको कारण अस्पतालमा प्राय बिरामीहरुकाे चाप हुने गर्दछ। चाप बढ्दै जाँदा बिरामीहरुलाई टिकटका लागि घण्टाै लाइनमा बस्नुपरेकाे थियो ‌। एउटै काउन्टर भएको कारण टिकटका लागि घण्टाै बस्दासमेत पालाे आउने गरेकाे थिएनन्। उक्त समस्यालाई अन्त्य गर्न थप काउन्टर संचालन गरेकाे अध्यक्ष हाशमीले बताउनुभयो। पुर्व अध्यक्ष...
ब्याडमिन्टन प्रतियोगिताकाे प्रथम उपाधि प्रहरी निरीक्षक कुँवर र बरिष्ठ नायब निरीक्षक खड्कालाई

ब्याडमिन्टन प्रतियोगिताकाे प्रथम उपाधि प्रहरी निरीक्षक कुँवर र बरिष्ठ नायब निरीक्षक खड्कालाई

banner-news-1, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जिल्ला प्रहरी कार्यालय राैतहट गाैरले आयाेजना गरेकाे ३ दिवसीय डबल्स ब्याडमिन्टन प्रतियोगिताकाे सम्पन्न भएको छ। राैतहट जिल्ला स्थित गाैर दालमिल‌ आयाेजित प्रतियाेगिता आज सम्पन्न भएको हाे । शनिबार करिब ११ बजे सुरु भएको अन्तिम खेलमा प्रथम उपाधि प्रहरी निरीक्षक दिनेश बहादुर कुँवर र प्रहरी नायव निरीक्षक याेगराज खड्कालाई प्रदान गरिएको छ। त्यस्तै दाेस्राे उपाधि प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादव र सशस्त्र प्रहरी बल गाैर भन्सारका प्रहरी नायब उपरीक्षक सुर्यप्रसाद तिमल्सिनालाई प्रदान गरिएको छ। त्यसैगरी तेस्रो बिजेताकाे उपाधि प्रहरी निरीक्षक लोकेन्द्र जि.सी. र प्रहरी जवान शिवनाथ प्रसाद यादवलाई पररलान गरिएको छ। उक्त कार्यक्रममा जिल्ला प्रमुख अधिकारी धर्मेन्द्र कुमार मिश्र ,जिल्ला प्रहरी कार्यालय राैतहटका उपरीक्षक बिरबहादुर बुढामगर, सशस्त्र प्रहरी बल राैतहटका प्रहरी उपरीक्षक माधव ...
बाैधीमाई नगरपालिकाकाे नगरसभा बिवाद , बिराेध रैली प्रदर्शन(भिडियोसहित)

बाैधीमाई नगरपालिकाकाे नगरसभा बिवाद , बिराेध रैली प्रदर्शन(भिडियोसहित)

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - बाैधीमाई नगरपालिकाले आफ्नो ७ औं नगरसभा शुक्रबार बिराेध बिच सम्पन्न गरेको छ । नगरसभाबारे वडा अध्यक्ष र कार्यक्रमकाे बैठक बिनानै नगरसभाकाे आयोजना गरिएको आन्दोलनकर्ता कार्यपालिका सदस्य बिहारी ठाकुरले बताए ‌। नगरसभा भनेकाे पुर्व जानकारी र समितिका सदस्यहरुलाई चिठि पढाउनुपर्ने प्रावधान छ तर उक्त प्रावधानलाई मिच्दै असंवैधानिक ढंगले नगरसभा गरिएको उनले बताए। नगरपालिकाका नगरप्रमुखले प्रदिप यादवले कार्यसमिति र वडा अध्यक्षलाई केही महत्व नदिई सभा सम्पन्न गरेको उनकाे आराेप छ । पटक पटक बिवादमा पर्ने बाैधीमाई नगरपालिकाले किन बन्द काेठा भित्र नगरसभा सम्पन्न गरेको भन्दै स्थानीयहरुले आक्राेश पाेखेका छन्। असंवैधानिक नगरसभालाई हामीले शान्तिपुर्ण ढंगले जनताकाे बिचार राख्न रैलीसहित आफु नगरपालिकाकाे कार्यालय पुगेकाे जसपनि प्रहरीले अवराेध गरेपछि थाेरै नाेकझाेक भएयतापनि नगरसभा सम्पन्न गरेक...