Thursday, October 29
Shadow

banner-news-1

For top banner

जनकपुरकाे राजदेवी मन्दिरमा करिब १५ हजार बाेकाकाे बलि

जनकपुरकाे राजदेवी मन्दिरमा करिब १५ हजार बाेकाकाे बलि

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
जनकपुर - जनकपुरधामको राजदेवी मन्दिरमा बलिप्रदानको कार्यक्रम सकिएको छ। सोमबार राती ८ बजेदेखि सुरु भएको बलिप्रदान मंगलबार बिहान् ३ बजेर ५३ मिनेटसम्म चलेको थियो।यसवर्ष राजदेवी मन्दिरमा १४ हजार ९ सय ४१ बोकाको बलि दिइएको हो। बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू सोमबार दिउँसैदेखि बोका लिएर लाममा बसेका थिए।बोकाबलीका लागि यसपालि मन्दिरमा ४ वटा ठेहा राखिएको थियो। प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिएको थियो। एउटा ठेहामा ६ वटा गरी प्रतिमिनेट २४ वटा बोकाको बलिप्रदान भएको थियो।राजदेवी मन्दिरमा यसअघि २०७८ सालमा १४ हजार ३ सय ६६ बोकाको बलिप्रदान गरिएको थियो।...
चुरियामाई नजिकै बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु, ३६ जना घाइते

चुरियामाई नजिकै बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु, ३६ जना घाइते

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
मकवानपुर - पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका-१५ चुरियामाई मन्दिर नजिकै बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा झापाको दमक-५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।यस्तै दुर्घटनामा अन्य ३६ यात्रु घाइते भएको प्रवक्ता कार्कीले बताए। काठमाडौँबाट झापातर्फ जाँदै गरेको ना ७ ख २०३२ नम्बरको रात्रि बस अनियन्त्रित भएर नालीमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।दुर्घटनामा घाइते भएका ३६ मध्ये ३० जना उपचारपछि ‘डिस्चार्ज’ भइसकेको र थप उपचारका लागि दुई जनालाई काठमाडौँ र तीन जनालाई भरतपुर ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ। घाइते एक जनाको भने हेटौँडाको सञ्चो अस्पतालमा उपचार भइर...
गठबन्धनबाट जसपाले यी सिट पाउने

गठबन्धनबाट जसपाले यी सिट पाउने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
जनकपुर - सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा करिब सहमति जुटेको छ । बुधबार अबेरसम्म बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भागबण्डामा करिब करिब सहमति जुटाएको हो ।सहमतिअनुसार जसपाले सुनसरी १, सप्तरी, १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २, बारा ३, पर्सा १ र २, काठमाडौं ७, बाँक  र सप्तरी २ पाउने सहमति भएको छ ।जसपाले धनुषा ३ मा समेत दाबी गरेपनि कांग्रेसले पनि दाबी छाडेको छैन । यस्तै महोत्तरी ३ र रुपन्देही १ मा जसपासँगै माओवादीको पनि दाबी छ।यसैगरी राष्ट्रिय जनमोर्चाले बागलुङ १ र प्युठान पाउने भएको छ ।जनकपुर टुडे...
चाैबिस घण्टा नबित्दै प्रहरी निरीक्षक बस्यालकाे पहलमा चाेरी भएको स्कुटर फेला

चाैबिस घण्टा नबित्दै प्रहरी निरीक्षक बस्यालकाे पहलमा चाेरी भएको स्कुटर फेला

banner-news-1, ताजा-अपडेट
काठ्माण्डौ - गए राति चाेरी भएको स्कुटर आज प्रहरीले फेला पारेको छ। मंगलबार दिउँसो करिब १२ बजे काठ्माण्डौकाे‌ पुरानो बानेश्वरबाट चाेरी भएको स्कुटर आज कपनबाट प्रहरीले फेला पारेको छ ‌। चाैबिसै घण्टा नबित्दै प्रहरी निरीक्षक(इन्सपेक्टर) कृष्ण बस्यालकाे पहलमा बा ९५ प ४५६९ नम्बरकाे स्कुटर फेला‌ पारिएकाे हाे । प्रमाेद नारायण मिश्रकाे नाममा रहेकाे डिओ स्कुटर २४‌ घण्टा भित्र प्रहरीले फेला पारेको छ ।‌सवारी धनी स्कुटर पुनः पाएर हर्षित भएका हुन्। मिश्रले प्रहरी निरीक्षक कृष्ण बस्याललाई हृदयदेखि धन्यवाद ज्ञापन गरेका हुन् । प्रहरी भनेकाे बस्याल जस्तो हुनुपर्ने सवारी धनी मिश्रले बताए। स्कुटर फेला परे‌सँगै सवारी धनीलाई हस्तान्तरण गरिएको प्रहरी प्रभाग कपनले जनाएको छ। चाेरी नियन्त्रण गर्न प्रहरीकाे अथक प्रयास जारी छ ।...
सल्यानमा जिप दुर्घटनाग्रस्त, ८ जनाकाे ज्यान गयो

सल्यानमा जिप दुर्घटनाग्रस्त, ८ जनाकाे ज्यान गयो

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सल्यान - सल्यानमा जीप दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट बिहेको भोज खाएर सल्यान फर्किएकाहरु कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटनामा परेका हुन् ।प्रहरीका अनुसार मूलपानीनजिकै आज बिहान २ बजे तिर जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा एकजना गम्भीर घाईते भएका छन् । दुर्घटनामा मृत्यु भएका कसैको नाम खुल्न नसकेको ट्राफिक कार्यालय कपुरकोटका प्रहरी सहायक निरीक्षक डिल्लीप्रसाद आचार्यले जानकारी दिनुभयो ।अहिले ट्राफिक तथा इलाका प्रहरी कार्यालय कपुरकोट, लुहामको प्रहरीको टिम घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । प्रहरीका अनुसार गाडी सडकदेखि करिब दुई सय मिटर तल खोँचमा खसेको छ । गाडीमा नौ जना सवार रहेको प्रहरीको भनाइ छ ।...
मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि नेपालकाे शानदार जित

मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि नेपालकाे शानदार जित

banner-news-1, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ। राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मंगलबार साँझ भएको खेलमा नेपालले पाहुना टोली बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।खेलको १८ औँ मिनेटमा गोल गर्दै अञ्जन विष्टले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै खेलको २७ औँ मिनेटमा अञ्जनले दोस्रो गोल गरेका थिए भने खेलको ३८ औँ मिनेट तेस्रो गोल गरेका थिए। यससँगै उनले ह्याट्रिक पूरा गरे।पहिलो हाफसम्म नेपालले ३–० गोलको अग्रता बनाएको थियो। तर, खेलको ५७ मिनेटमा बंगलादेशले एक गोल फर्कायो। बंगलादेशका लागि साजाद हुसेनले गोल गरेका थिए।...
सशस्त्र प्रहरी प्रवक्तामा पुरुषाेत्तम थापा‌ नियुक्त

सशस्त्र प्रहरी प्रवक्तामा पुरुषाेत्तम थापा‌ नियुक्त

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - सशस्त्र प्रहरी बलको प्रवक्तामा बरिष्ठ उपरिक्षक (एसएसपी) पुरुषोत्तम थापा नियुक्त भएका छन् । आईजीपी राजु अर्यालले शुक्रवार थापालाई प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिएका हुन् ।यसअघि सशस्त्र प्रहरी बलको प्रवक्ता रहेका डीआईजी विदुर खड्कालाई गृह मन्त्रालयले नम्बर-५ विन्ध्याबासनी बाहिनी मुख्यालयमा काज सरुवा गरेको छ ।...
कर्मचारी सुरुवा नगर्न निर्वाचन आयाेगकाे निर्देशन

कर्मचारी सुरुवा नगर्न निर्वाचन आयाेगकाे निर्देशन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - निर्वाचन आयोगले विनाअनुमति कर्मचारीहरुको सरुवा रोक्न सरकारलाई निर्देशन दिएको छ । आयोगले असोज ६ गतेदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म आयोगको अनुमति नलिइ कुनै पनि कर्मचारीको सरुवा नगर्न र नगराउन सरकारलाई निर्देशन दिएको हो ।असोज ५ गतेसम्म सरुवा भइसकेका कर्मचारीलाई तत्काल रमाना दिइ असोज ९ गतेसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि आयोगले सरकारलाई निर्देशन दिएको छ ।सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा बाधा उत्पन्न हुनेतर्फसमेत आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमामार्फत धानाकर्षण गराइएको छ ।...
दार्चुलामा जिप दुर्घटनाग्रस्त, १‌ जनाकाे मृत्यु

दार्चुलामा जिप दुर्घटनाग्रस्त, १‌ जनाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
खलङ्गा । दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन् । उनको घट्नास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेले जानकारी दिए ।मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमालको मकरीगाडतर्फ जाँदै गरेको म१ज २३३ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौजना सवार रहेका अपिहिमाल गाउँपालिका–५ का वडाध्यक्ष राजेन्द्रसिंह धामीले बताए । तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् । घाइते पाँच जनाको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।...
बीरगंज : झुण्डिएको अवस्थामा एक युवती फेला

बीरगंज : झुण्डिएको अवस्थामा एक युवती फेला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
पर्सा - पर्साको वीरगञ्जमा एक युवतीले पासो लगाई आत्महत्या गरेकी छन् ।जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा भाडामा कोठा लिई बस्दैँ आएकी एक युवती झुण्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । फाइल फोटो आज बिहान उनी आफ्नै कोठाभित्र झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । हाल घटनाबारे विस्तृत विवरण आउँन बाँकी नै रहेको छ ।...