Sunday, May 31
Shadow

चाैबिस घण्टा नबित्दै प्रहरी निरीक्षक बस्यालकाे पहलमा चाेरी भएको स्कुटर फेला

काठ्माण्डौ – गए राति चाेरी भएको स्कुटर आज प्रहरीले फेला पारेको छ। मंगलबार दिउँसो करिब १२ बजे काठ्माण्डौकाे‌ पुरानो बानेश्वरबाट चाेरी भएको स्कुटर आज कपनबाट प्रहरीले फेला पारेको छ ‌।

चाैबिसै घण्टा नबित्दै प्रहरी निरीक्षक(इन्सपेक्टर) कृष्ण बस्यालकाे पहलमा बा ९५ प ४५६९ नम्बरकाे स्कुटर फेला‌ पारिएकाे हाे । प्रमाेद नारायण मिश्रकाे नाममा रहेकाे डिओ स्कुटर २४‌ घण्टा भित्र प्रहरीले फेला पारेको छ ।‌

सवारी धनी स्कुटर पुनः पाएर हर्षित भएका हुन्। मिश्रले प्रहरी निरीक्षक कृष्ण बस्याललाई हृदयदेखि धन्यवाद ज्ञापन गरेका हुन् । प्रहरी भनेकाे बस्याल जस्तो हुनुपर्ने सवारी धनी मिश्रले बताए।

स्कुटर फेला परे‌सँगै सवारी धनीलाई हस्तान्तरण गरिएको प्रहरी प्रभाग कपनले जनाएको छ। चाेरी नियन्त्रण गर्न प्रहरीकाे अथक प्रयास जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *