Thursday, October 29
Shadow

banner-news-1

For top banner

सिरहामा राष्ट्रपतिको पुतला दहन

सिरहामा राष्ट्रपतिको पुतला दहन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सिरहा– नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जनमत पार्टीले राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गरेको छ । आज बिहान सिरहामा पार्टीका नेता कार्यकर्ताहरूले पुत्ला दहन गरेको हो । विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति निर्णयलाई लिएर दलहरु दुई ध्रुवमा बाँडिएका छन् । सत्तारुढ दल र मधेसवादी दलहरुले राष्ट्रपतिको विरोध गरेका छन् भने नेकपा एमाले, राप्रपा नेपाललगायतका दलहरु राष्ट्रपतिको पक्षमा देखिएका छन् । राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरुले आन्दोलनको चेतावनी दिइरहेका छन् ।...
विभिन्न सवारी दुर्घटनामा ६ जनाको मृत्यु

विभिन्न सवारी दुर्घटनामा ६ जनाको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका-५ स्थित सडकमा प्र.३–०२–०१२ प ८१२२ नम्बरको मोटरसाइकल मंगलबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका-४ बस्ने २१ वर्षीय दिल्लिराम खाती रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । झापाको शिवसताक्षी नगरपालिका-१० सैनिक चोकस्थित सडकमा बा.१४ च ९१०८ नम्बरको कार मंगलबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा कार चालक सप्तरी लेगडा बस्ने ४४ वर्षीय बलराम यादव र कारमा सवार सुनसरी इटहरी उपमहानगरपालिका-१० बस्ने ३० वर्षीया गीता चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन...
सेनाकाे हेलिकप्टरले गाेली चलाउँदा कम्तिमा ६ जना बालबालिकाकाे मृत्यु

सेनाकाे हेलिकप्टरले गाेली चलाउँदा कम्तिमा ६ जना बालबालिकाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट
यांगुन- म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा कम्तिमा ६ जना बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरिरहेको कारणले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ । गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ । सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन् । आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको छ । मध्य सागिङ क्षेत्रको लेट यट कोन गाउँमा रहेको विद्यालयमा सेनाले गोली चलाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।रिपोट अनुसार सेनाको हेलिकप्टरले गाउँको बौद्ध विहारमा रहेको विद्यालयमा गोली प्रहार गरेको थियो। केही बालबालिकाको सेनाको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो भने आक्रमणमा घाइते बनेका केही बालबालिकाको उपचारका क्रममा मृत्युभएको थियो ।...
डेंगु कारण नेपालमा २० जनाकाे मृत्यु

डेंगु कारण नेपालमा २० जनाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - नेपालमा गएको पाँच साताको अवधिमा डेंगु संक्रमण कारण २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार श्रावण महिनायता २० जनाको ज्यान भएको हो ।७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जना संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै बाग्मती प्रदेशमा १२ हजार ४०१ जना डेंगु संक्रमित भएका छन् । यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ४२२ जनामा संक्रमित हुँदा १ नम्बर प्रदेशमा ५०४ जना संक्रमित भएका छन् ।यस्तै क्रमशः सुदुरपश्चिम प्रदेशमा ४९३, गण्डकी प्रदेशमा ३२२, मधेश प्रदेशमा २४२ र कर्णाली प्रदेशमा २०३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।...
धमाधम फरार प्रतिवादी पक्राउ गर्दै राैतहट प्रहरी , थप ४ जना पक्राउ

धमाधम फरार प्रतिवादी पक्राउ गर्दै राैतहट प्रहरी , थप ४ जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जिल्ला प्रहरी कार्यालय राैतहटले एक पछि अर्काे फरार प्रतिवादीहरुलाई‌ पक्राउ गर्दै छन् । प्रहरीले थप ४ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय राैतहटकाे एक बिज्ञप्ति अनुसार शनिबार देखि आइतबार सम्म‌ प्रहरीले ४ जना फरार प्रतिवादीहरुलाई पक्राऊ गरेकाे छ। पक्राउ पर्नेमा चोरी मुद्दामा समानित रौतहट जिल्ला अदालतबाट २०७२ साल भदौ १० गते फैसला भएको लगत नं.१४०८ का फरार प्रतिवादी जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.५ वस्ने लखिन्द्र ठाकुर हजाम , सवारी ज्यान मुद्दामा फरार प्रतिवादी जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.५ वस्ने शिव बिश्वकर्मा , वन मुद्दामा फरार प्रतिवादी जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.५ वस्ने खजान्ती साह कानु र ज्यान मार्ने उधोग मुद्दामा वारदात पश्चात फरार रहेका प्रतिवादी जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.७ बनबहुअरी वस्ने समरुल मियाँ दर्जी रहेकाे ज...
फरार प्रतिवादी राजदेवीबाट पक्राउ

फरार प्रतिवादी राजदेवीबाट पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जिल्ला प्रहरी कार्यालय राैतहटले धमाधम फरार प्रतिवादीहरुलाई पक्राउ गर्ने कार्यलाई तिव्रता दिएको छ । डाँका चाेरी मुद्दा वारदातपछि फरार एक प्रतिवादी राैतहट प्रहरीले पक्राउ गरेकाे छ ‌। दिवाकर कुमार प्रसाद केशरीले जाहेरी दिएका थिए । पक्राउ पर्नेमा जिल्ला रौतहट राजदेवी नगरपालिका वडा नं.८ बस्ने श्याम कुमार महतो रहेकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता (डिएसपी) सुनिल मल्लले जानकारी दिएका छन्। फरार रहेका प्रतिवादी श्याम आफ्नो घर ठेगानामा लुकी छिपी वसेको अवस्थामा प्रहरीले उनलाई फेला पारेकाे छ । उनलाई पक्राउ गरी सम्मानित रौतहट जिल्ला अदालत समक्ष पेश गरिईएको प्रहरीले जनाएको छ ‌।...
अछामकाे पहिराेमा पुरिएर १२ जनाकाे मृत्यु

अछामकाे पहिराेमा पुरिएर १२ जनाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
अछाम - अछाममा पहिरोले पुरिएर १२ जनाकोमृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको हो। फाइल फोटो सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार कमलबजार नगरपालिकामा पहिरोले घर पुरिदा बेपत्ता भएका ९ जनाको शव भेटिएको छ। उनले तुर्माखाँद गाउँपालिकामा २ र ढकारी गाउँपालिकाका एक जनाको शव फेला परेको बताए। यता ११ जना बेपात्ताको खोजी कार्य भइरहेको उनले बताए। अन्य ११ जना घाइतेको भने उद्धार गरिएको छ।...
मेयर बालेनमाथि साढे ७ लाख रुपैयाँकाे जरिवाना

मेयर बालेनमाथि साढे ७ लाख रुपैयाँकाे जरिवाना

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - निर्वाचन आयोगले गरेको निर्णय अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले साढे ७ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसहित १ लाख २३ हजार ६२४ उम्मेदवारले निर्धारित समयमै खर्च विवरण नबुझाएको वा ढिलो गरी बुझाएपछि आयोगले जरिवाना तोकेको हो ।काठमाडौं महानगरका प्रमुख शाहले निर्वाचन खर्च विवरण मतपरिणाम सार्वजनिक भएको ३० दिन भन्दा ढिलो जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाएका थिए । खर्च विवरण नबुझाउने र ढिला बुझाउनेलाई आयोगले निर्धारण गरेको निर्वाचन खर्च सीमाको आधार जरिवाना गर्ने निर्णय गरेको हो ।६ वटा महानगरमध्ये लतिपुरका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख अञ्जली शाक्य बज्राचार्य र पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले मात्रै मत परिणाम सार्वजनिक भएको ३० दिनभित्रै खर्च विवरण पेस गर्नु भए...
आज विश्वकर्मा पूजा मनाईदै

आज विश्वकर्मा पूजा मनाईदै

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन्।विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ। बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगेर सेलाउने गरिन्छ। आज पूजा गरी आइतबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ। आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ।द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा ...
नक्कली प्रमाणपत्रकाे मुद्दामा राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर दाेषी ठहर

नक्कली प्रमाणपत्रकाे मुद्दामा राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर दाेषी ठहर

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेका राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृतलाई अदालतले दोषी ठहर गरेको छ । अनुसन्धान अधिकृत तारा बहादुर कुँवरलाई शुक्रबार बिशेष अदालतले दोषी ठहर गरेको हो ।अख्तियार दुरुयोग अनुसन्धान आयोगले ३१ जेठ २०७५ मा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । उनले माध्यमिक शिक्षा परिषद् ,उत्तरप्रदेश भारतबाट आईए उत्तिण गरेको नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएका थिए । जसमा बिशेषका न्यायाधीहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुशी प्रसाद थारुको इजलाशले उनलाई दोषी ठहर गरेको हो ।राष्ट्रिय अनुसन्धान विभागमा धेरै जना राजनीतिक सोर्सफोर्स तथा आर्थिक चलखेलका आधारमा जागिर खाने भएकाले नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्दछन् । अहिले पनि पदमा रहेका केही व्यक्तिहरुको प्रमाणपत्र नक्कली रहेको स्रोत बताउँछ । दृष्टि न्यूज...