Thursday, April 16
Shadow

मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि नेपालकाे शानदार जित

मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ। राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मंगलबार साँझ भएको खेलमा नेपालले पाहुना टोली बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

खेलको १८ औँ मिनेटमा गोल गर्दै अञ्जन विष्टले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै खेलको २७ औँ मिनेटमा अञ्जनले दोस्रो गोल गरेका थिए भने खेलको ३८ औँ मिनेट तेस्रो गोल गरेका थिए। यससँगै उनले ह्याट्रिक पूरा गरे।

पहिलो हाफसम्म नेपालले ३–० गोलको अग्रता बनाएको थियो। तर, खेलको ५७ मिनेटमा बंगलादेशले एक गोल फर्कायो। बंगलादेशका लागि साजाद हुसेनले गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *