Thursday, April 16
Shadow

हुलास स्टील्स द्वारा सिमरा पथलैया सडकखण्डमा वृक्षारोपण

१४ श्रावन बारा : हुलास स्टिल दिवसको अवसरमा हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले सोमबार विभिन्न कार्यक्रम गरी मनाएको छ । हुलास स्टील्सले सिमरा पथलैया सडक खण्डमा वृक्षारोपण गरेको छ ।हुलास दिवसको अवसर पारेर हुलास स्टील्सले सोमबार वृक्षारोपण गरेको छ । हुलास स्टील्सले आफ्नो सामाजिक उतारादायित्व अनुसार सोमबार करिब १२ सय बिरुवा पथलैया चौक सम्म रोपेको छ । हुलास स्टील्स बाट फलाम उत्पादन गर्ने क्रममा उधोग बाट निस्किने प्रदुषणलाई कम गर्नको लागि करिब १२ सय बिभिन्न किसिमको बोत बिरुवा रोपेको हुलास स्टील्स सिमराले जनाएको छ ।हुलास स्टील्सले प्रत्येक बर्ष हुलास सिवासको अवसर पारेर बिभिन्न किसिमको कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको छ ।

 

हुलास स्टील्स को मुख्य गेट अगाडी बाट बृक्षारोपन सुरु गरेको र पथलैया चौक सम्म बृक्षा रोपन गरिएको उधोगले जनाएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकालाई हरियाली प्रवर्धन नीतिका साथै वातावरणीय संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले हुलास स्टील्सले वृक्षारोपण गरेको हुलास स्टील्सका सिनियर चिफ मयनेजर लक्ष्मन गिरीले बताए ।हुलास स्टील्सले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले वृक्षारोपण गर्दै वृक्षारोपण कार्यक्रमको सुरुवात गर्नु भएको थियो ।

 

वृक्षारोपण कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले हुलास स्टील्स हुलास दिवसको अवसर पारेर आयोजना गरेको वृक्षारोपण कार्यक्रम सराहनी रहेको र यसले बाताबरणमा प्रदुषणको मात्र समेत कम हुने बताउनुभयो । सफा र स्वच्छ वातावरण विकास गर्दै हरियाली प्रर्वद्धन र वायु प्रदुषण न्युनीकरण गर्न हुलास स्टील्सको वृक्षारोपण अभियानको थालनीले निकै मदत पुग्ने जीतपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताउनु भयो ।बारा पर्सा औधोगिक करिडोरका सभापति संजय साह लगाएत हुलास स्टील्सका कर्मचारीहरुले बृक्षारोपन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *