Sunday, May 31
Shadow

सिमरा पब्लिक स्कुल द्वारा कक्षा १२ को उत्कृष्ट विद्यार्थीलाई सम्मान

२४ श्रावन बारा : कक्षा १२ को हालै सार्वजनिक नतिजामा ३.९१ जीपीए हासिल गरी मधेश प्रदेश प्रथम हुन सफल छात्रा काजल कुमारी मण्डल लगाएत उत्कृष्ट नतिजा ल्याउने १४ जना विद्यार्थीहरुहरुलाई सिमरा पब्लिक स्कूल सिमराले सम्मान गरेको छ । सिमरा पब्लिक स्कूलले बिहिवार बिधयालय परिसर भित्र पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेर कक्षा १२ मा ए प्लस नतिजा ल्याएका बिद्यार्थीलाई पुरस्कृत गरेको छ । सिमरा पब्लिक स्कूलले ए प्लस जीपीए ल्याएर कक्षा १२ उतिर्ण भएका १४ जना बिद्यार्थीलाई १ बर्षको शुल्क ३० हजार बिद्यार्थीलाई सम्मान स्वरुप फिर्ता गरेको छ । विद्यालयले बिहिवार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मधेश प्रदेश टपर काजल कुमारी मण्डलले सानैदेखि मनमा दृढ इच्छा र लगनशीलताले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताइन्। विद्यालयको सुविधा सम्पन्न शैक्षिक वातावरण, शिक्षकहरुको उत्प्रेरणा , परिवारको साथ र साथीहरुको प्रोत्साहनले उत्कृष्ट नतिजा आएको भन्दै काजलले दृढ इच्छा शक्ति र निरन्तरको लगनशीलता भए सफलता हासिल हुने बताइन् ।

 

सिमरा पब्लिक स्कुलको प्रधानध्यापक बसन्त ढकालको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलको प्रमुख अतिथ्यतामा बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । बधाई ज्ञापन तथा सम्मान कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडलले उत्कृष्ट निजि बिद्यालयको रुपमा सिमरा पब्लिक स्कुलको नाम लिन पाउँदा निकै खुशी लागेको बताउनुभयो । उहाँले विद्यालयको शानलाई निरन्तर राख्न शिक्षक एवम् विद्यार्थीलाई महेन्त गर्न नछोड्न आग्रह गर्नुभयो । साथै उहाँले पछिल्लो समय कक्षा १२ पश्चात् उच्च शिक्षा अध्ययनका लागि विदेशीने परम्पराको अन्त्य गर्न समेत विद्यार्थीलाई अनुरोध गर्नुभएको थियो ।

 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्त ढकालले विद्यालयको निरन्तरको प्रयास र लगनशीलताले विद्यालयले उत्कृष्ट नतिजा प्रदान गर्न सफल भएको भन्दै आगामी दिनमा अझै मेहेन्त गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।जीतपुरसिमरा उपमहानगरपालिकाको कुनै पनि बिद्यालय बाट कक्षा १२ को परिक्षामा ए प्लस नतिजा ल्याएर उतिर्ण भएका बिद्यार्थीहरुको लागि सिमरा कलेजमा बिबिएसको लागि भर्ना शुल्क बाहेक कुनै पनि अन्य शुल्क नलाग्ने सिमरा कलेजका प्रमुख शालिकराम अधिकारीले घोषणा गर्नुभयो ।सिमरा पब्लिक स्कुल बाट २०८० सालको कक्षा १२ को परिक्षामा ७७ जना बिद्यार्थीमा ६९ जना बिद्यार्थी उतिर्ण भएको सिमरा पब्लिक स्कुलका प्लस टु कोर्डिनेटर सुमन भट्टराईले बताउनुभयो ।

 

सिमरा पब्लिक स्कुल बाट सुजल पौडेल ३.६२ ,स्वस्तिका श्रेष्ठ ३.६४ , सबीन घले ३.६४ ,इन्छु कुमारी संगतान ३.६४ , अंशु शर्मा बास्कोटा ३.६४ प्रजवन लामा ३.६५ , दिपा पाठक ३.६६ ,दिक्ष्या न्यौपाने ३.७० ,आशिका लामिछाने ३.७०, बिबश श्रेष्ठ ३.७० दिपक ठाकुर ३.७५ , राजन श्रेष्ठ ३.८१ र कृषा भट्ट ३.८८ जीपी ल्याएर मधेश प्रदेशमै दोश्रो स्थान हासिल गरेको सिमरा पब्लिक स्कुलले जनाएको छ ।उक्त बधाई ज्ञापन तथा सम्मान कार्यक्रमा जीतपुरसिमराका पहिलो सीए सरोज भट्टलाई बिद्यालयले सम्मान गरेको छ ।उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी लगाएत बिद्यालयका शिक्षक,शिक्षिका बिद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *