Thursday, September 10
Shadow

Author: Jeetpur Khabar

प्रथम केयर भिजन स्पेलिङ बी प्रतियोगितामा जीतपुर पब्लिक स्कुल प्रथम

प्रथम केयर भिजन स्पेलिङ बी प्रतियोगितामा जीतपुर पब्लिक स्कुल प्रथम

banner-news-1, मुख्य समाचार
१२ श्रावन । प्रथम केयर भिजन  स्पेलिङ बी प्रतियोगिता सम्पन्न भएको छ ।शनिवार बकुलिया क्याम्पसको सभाहलमा स्पेलिङ बी प्रतियोगिता सम्पन्न  भएको हो । स्पेलिङ बी प्रतियोगितामा जीतपुर पब्लिक स्कुल प्रथम भएको हो ।केयर भिजन बोर्डिङ स्कुलले आयोजना गरेको स्पेलिङ बी प्रतियोगितामा जीतपुर पब्लिक स्कुलका आयुस झा र सौरभ पटेल प्रथम स्थान हासिल गरेका हुन । ११ विद्यालय सहभागी प्रतियोगितामा १० विद्यालयका प्रतियोगीलाई पछि पारेर जीतपुर पब्लिक स्कुलले प्रथम स्थान हासिल गरेको केयर भिजन बोर्डिङ स्कुलका प्रधानाध्यापक प्रधुमन चौधरीले बताउनुभयो । प्रतियोगितामा सैन्ट पिटर्स एकेडेमी दोस्रो, अम्ब्रेला एकेडेमी तेस्रो र होलिराज ईंग्लिश बोर्डिङ स्कुल सान्तोना भएका छन् । प्रतियोगितामा जित हासिल गर्नेले प्रमाणपत्र प्राप्त गरेका छन् । केयर भिजन ईंग्लिश बोर्डिङ स्कुलको प्रधानध्यापक प्रधुमन चौधरीको अध्यक्षता तथा मधेश प्रदेशक...
क्वेस्ट फर्मास्यूटीकल औषधी उधोग प्रालिको सहयोगमा जीतपुरमा बृक्षारोपण 

क्वेस्ट फर्मास्यूटीकल औषधी उधोग प्रालिको सहयोगमा जीतपुरमा बृक्षारोपण 

banner-news-1, मुख्य समाचार
१० श्रावन। बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा ६ लेन सडकको छेउमा बिरुवा रोपिएको छ । वातावरणिय सन्तुलन कायम राख्न टेवा पुगोस् भन्ने हेतुले बाटोको छेउमा विभिन्न प्रजातिको बिरुवा रोपिएको हो । मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताको बिशेष उपस्थितिमा जीतपुर शान्ती टोल खेल मैदान देखि बिरुवा रोप्न सुरु गरिएको छ।   वृक्षरोपण कार्यक्रमको सुरुआत गर्दै मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले मोटर बाटो खन्दा वातावरणीय पक्षलाई जोगाउन नसक्दा हुने नोक्सानीलाई परिपूर्ति गर्न वृक्षरोपणले सहयोग पुग्ने विस्वाँस व्यक्त गर्नुभएको छ । वाताबरण संरक्षण र पैदल यात्रीलाई शितलता दिनेगरि सडक छेउमा बिरुवा रोप्ने र हरियाली सडक नामाकरण गर्ने वडाको सोच अनुसार क्वेस्ट फर्मास्यूटीकल औसधि उधोग प्रालिको सहयोगमा गरिएको वृक्षारोपण कार्य...
रौतहटमा पोको तस्करको रामराज,घुमुवाले आतंक मचाउदै

रौतहटमा पोको तस्करको रामराज,घुमुवाले आतंक मचाउदै

banner-news-1, मुख्य समाचार
रौतहट।श्रावण ०९। रौतहट संग साटिएको भारतीय खुला सिमानाकाबाट तस्करी भईरहेको जन–गुनासो फेरी बढ्दै गएका छन। भारत र नेपालको खुल्ला सीमा नाकाको दर्जनौं तस्करहरुले खुला सिमा नाकाको फाइदा उठाउँदै रौतहटको बिभिन्न चोर नाकाबाट कुख्यात तस्करीहरुले अहिले आफ्नो दोकान पुणह सुचारु गरेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटमा चैत महिनामा आएको प्रहरी उपरीक्षक दिलिप घिमिरेले पहिला फोकस तस्करी नियन्त्रणमा ध्यान दिएपनि रौतहटबाट घुमुवा परिचालन हुँदा गत जेष्ठको अन्तिम साता देखि पोको तस्करहरुको रामराज आएका छन्।     रौतहटमा बेलाबेलामा मातहतका ईन्चार्जहरुलाई ब्रिफिङ्ग गरेता पनि सादा पोसाकका घुमुवा परिचालन भए देखि सुरुमा आफ्नो कमाल हेराई अहिले पोको तस्करको बिगबिगी भएका छन्। पोको तस्करहरुले गर्दा रौतहटका ब्यपार दिनानुदिन धरापमा पर्दै गएको स्थानीय ब्यपारीहरुको जन-गुनासो गर्दै आएको छन्।   पछि...
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
०९ श्रावन ।काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो ।जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो ।   जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल बन्द भएको छ । आज ११ बजेर ११ मिनेटमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि उडान र अवतरण बन्द भएको हो ।उद्धार कार्य चलिरहेकाले अहिले उडान र अवतरण बन्द भएको विमानस्थल स्रोतले बतायो ।  ...
नक्कली नेपाली नोटसहित बारा बाट एक जना पक्राउ

नक्कली नेपाली नोटसहित बारा बाट एक जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मधेस प्रदेश, मुख्य समाचार
०५  श्रावन बारा  । बारा प्रहरीले नक्कली नेपाली नोटसहित  १ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय सिमरौनगढ बाट खटिएको प्रहरीको टोलिले सिम्रौनगढ नगरपालिका वडा नं. २ महुवाही बस्ने वर्ष ३५ का छठु गिरीलाई पक्राउ गरेको हो ।   बिहीबार प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिएको टोलीले महुवाहीस्थित सडक खण्डमा महुवाहीबाट नयकाटोल तर्फ जाँदै गरेको 'अन टेस्ट' बाइकमा नक्कली नोट ओसार पसार भइरहेको फेला पारेको थियो ।  गिरीको साथबाट नेपाली रु. १ हजार दरको  पचासी हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गिरीविरुद्ध खोटा मुद्रासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट दिन ८ म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले शुक्रबार जानकारी गराएको छ ।...
बाराकी सृष्टी यादवको कुशको शव बनाएर दाहसंस्कार 

बाराकी सृष्टी यादवको कुशको शव बनाएर दाहसंस्कार 

banner-news-1, मुख्य समाचार
०४ श्रावण ।बारा । बाराको कलैया उपमहानगरपालिका १४ कि सृष्टि यादवको आज दाहसंस्कार गरिएको छ ।त्रीशुली नदीमा बेपत्ता भएको एन्जल बसकी यात्रु सृष्टि यादवको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर शुक्रवार दाहसंस्कार गरेका छन् । घटनाको आठौं दिनसम्म स्थिती अज्ञात बनेपछि  सृष्टीको अभिभावकले कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् ।   सृष्टी पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरको रुपमा कार्यरत रहेकी थिईन् । उनि परीक्षा दिनका लागि काठमाडौंतर्फ जाँदै थिईन् ।उनी सवार रहेको एन्जल डिलक्स बस सिमलतालमा आएको लेदो सहितको पहिरोले नदिमा बगाए पछि उनी समपर्कबिहिन बनेकी थिईन।   असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमतालको पहिरोमा परी त्रिशूली नदीमा  गणपति डिलक्स र एन्जल डिलक्स बस नदिमाखसेको थियो । उक्त घटनामा ६५ यात्रुमध्ये ६२ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये हालसम्म २० जनाको शव फे...
जीतपुरसिमरा उपमहानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी चेतकुमार पोखरेललाई

जीतपुरसिमरा उपमहानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी चेतकुमार पोखरेललाई

banner-news-1, मुख्य समाचार
०३ श्रावन । बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको सरुवा भएको छ ।बैशाख २८ गते उपमहानगरमा हाजिर भएकी प्रमुख प्रशासकीय अधिकृत काफ्लेको सरुवा भए संगै उपमहानगरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा चेतकुमार पोखरेल आउँ लागेको छ । प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा सरुवा गरेको छ ।   उनको स्थानमा मन्त्रालयले शिक्षा समन्वय ईकाई धनुषामा हाल कार्यरत रहेका उअप्सचिव चेतकुमार पोखरेललाई प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए सम्मका लागि आर्थिक तथा प्रशासनिक जिम्मेवारी सहित मन्त्रालयले काम काग गर्नको लागि पठाएको छ ।उपमहानगरमा आउँ लागेको प्रमुख प्रशासकीय अधिकृत पोखरेल अढाई वर्ष उपमहानगरपालिकामा काम गरेर अनुभव बटुलेका प्रमुख प्रशासकीय अधिकृत हुन् ।लामो समय जीतपुरसिमरामा बसेर काम गरेका पोख...
सिमलताल पहिरो अपडेट : गणपति बसका चालक र सहचालकको शव भेटियो

सिमलताल पहिरो अपडेट : गणपति बसका चालक र सहचालकको शव भेटियो

banner-news-1
०१ श्रावण । चितवन– नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ ।  उनीहरु दुवैको शव घट्ना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, दुई जनाको शवको सनाखत मंगलबार उनीहरूका परिवारले गरेका हुन् ।   काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय किशोर कुमार चौधरी र सहचालक चन्द्रपुर नगरपालिका १० का ४८ वर्षीय ऋषि कुमार सिंह रहेका छन् । अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने नौ वटा शवको पहिचान भएको छ र आठ वटा शवको पहिचान हुन बाँकी रहेको छ । अझै ४५ यात्रुको अवस्था अज्ञान रहेको छ । पाँच दिनपहिले त्रिशूली नदीमा खसेका दुई वटा बस अहिले सम्म फेला परेका छ...
४ रूपैयाँले पेट्रोल र ३ रूपैयाँले  डिजलको मुल्य बढयो

४ रूपैयाँले पेट्रोल र ३ रूपैयाँले  डिजलको मुल्य बढयो

banner-news-1
३१ असाढ ।काठमाडौं – नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । बढेको मुल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ ।निगमले भारतबाट आएको नयाँ मुल्य सूची बढेर आएकोले मुल्य बढाउनु परेको जानकारी दिएको छ ।...
नारायणी नदीमा भेटिएको शव बेपत्ता बसका यात्रु भएको पुष्टि

नारायणी नदीमा भेटिएको शव बेपत्ता बसका यात्रु भएको पुष्टि

banner-news-2
२९ असाढ, चितवन । चितवनको भरतपुर महानगरपालिका–२८ स्थित नारायणी नदी किनारमा फेलापरेको शव सिमलतालमा पहिरोले बगाएको बसका यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले उक्त शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जानकारी दिए । “नदी किनारमा घोप्टो परेको अवस्थामा आज बिहान शव भेटिएको थियो ।   शवको साथमा केही कागजात पनि भेटिएकाले प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषिपल साहको रहेको पुष्टि भएको छ,” प्रहरी नायब उपरीक्षक रिजालले भने ।शव परीक्षणका निम्ति भरतपुर अस्पतालको शवगृहमा राखिएको उनले बताए । ऋषिपलले नेपालमा बसेर काम गर्दै आएका उनका दाइ सत्यपाल साहले बताए । सत्यपालले शनिबार बिहान फेलापरेको शव भाइ ऋषिपलको भएको पुष्टि गरे ।भारतको मोतिहारी, राजमुनुवा घर भएका २८ वर्षीय ऋषिपल काठमाडौंको जोरपाटीबाट रौतहटको गौर जान ग...