ठुलाे मात्रामा लागुऔषधसहित ३ जना नियन्त्रणमा
काठमाडौं - बुढानीलकण्ठ क्षेत्रमा लागुऔषध कारोबार गर्ने तीनजना पक्राउ परेका छन्। विशेष सूचना पश्चात तत्काल प्रहरी प्रभागका इन्सपेक्टर दीपेन्द्र चन्दको नेतृत्वमा खटिएको टोलिले धादिङका सुदर्शन दाहाल, काठमाडौँका संसार सिटौला र प्रबिना शाहीलाई पक्राउ गरेको छ ।उनीहरुको साथबाट २०३ एम्पुल डाईजापाम, फेनेरगन २१४ एम्पुल, नुफिन २०२ एम्पुल, निट्राजेपाम ७०९ ट्याब्लेट, ३ वटा मोबाईल फोन र ५० हजार नगद बरामद भएको प्रहरीले जनाएको छ ।लागु औषधसहित पक्राउमा परेका ब्यक्तिहरु उपर लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भई रहेको चन्दले बताए।...









