Thursday, September 10
Shadow

हात्तीको दाह्रा जस्तो देखिने बस्तुसहित ३ जना पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका- १६ माछापोखरी स्थितमा अबैध रुपमा हात्तीको दाह्रा जस्तो देखिने बस्तु सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हात्तीको दाह्रा जस्तो देखिने बस्तु ओसार पसार भई रहेको भन्ने गोप्य सुचनाको अधारमा प्रहरी वृत्त बालाजुबाट खटिएका प्रहरी अधिकृत समेतको टोलीले शंकास्पद व्यक्तिहरुको निग्रानी गर्ने क्रममा ३ जनालाई पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा जिल्ला काभ्रे पलानचोक मन्डन देवपुर गाउँपालिका – ८ घर भई काठमाण्डौ बस्ने बर्ष २२ को रुपेश कुँवर , गोरखा सिरानचोक गाउँपालिका – ८ घर भई हाल काठमाडौं बस्ने बर्ष २० को सबिन गुरुङ र धाद्धिङ निलकण्ठ नगरपालिका- ११ घर भई काठमाण्डौ मनमैजु बस्ने बर्ष ५२ को ओम नारायण श्रेष्ठ रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

शंकास्पद अवस्थामा फेला परेका व्यक्तिहरुको शरीर तथा झोला रितपुर्वक खानतलसी गर्ने क्रममा निजहरुले बोकेको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा हात्तीको दाह्रा जस्तो देखिने बस्तु थान – २ फेला परेकाे थियो ।

उनीहरू बाट हात्तीको दाह्रा जस्तो देखिने बस्तु लम्बाई १९.५ से.मि., गोलाई ६ से.मि.र तौल ०.७८५ ग्राम भएको थान – १ र लम्बाई १९.० से.मि., गोलाई ६ से.मि. र तौल ०.७६५ ग्राम भएको थान – १ बरामद गरिएको हाे।

पक्राउ परेका ब्यक्ति उपर ओखेटोपहार(हात्तीको दाह्रा) ओसार पसार सम्बन्धी कसूरमा प्रहरी वृत्त बालाजुमा राखी थप अनुसन्धान भई रहेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *