Monday, June 1
Shadow

बबरमहलमा धुँवा फाल्ने १५ सवारी साधन माथी कारबाही

काठमाडौँ । मापदण्डभन्दा बढी धूँवा फाल्ने १५ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन् । काठमाडौँको बबरमहलमा बुधवार गरिएको प्रदुषण चेकिङका क्रममा उनीहरु कारबाहीमा परेका हुन् । मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस ७ वटा, माइक्रोबस ५, पिकअप भ्यान २ र ट्रक १ गरी १५ वटा सवारी साधनका चालकहरू कारबाहीमा परेका हुन् ।

वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले २५ वटा सवारी साधनलाई चेक गर्दा मापदण्डभन्दा बढी धूँवा फाल्ने १५ वटा सवारी साधन फेला परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

कारबाहीमा परेकाहरुलाई सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरेसँगै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *