Thursday, April 16
Shadow

सूचना / प्रविधि

गाैर नगरपालिकाकाे राजस्व अब घरबाटै तिर्न मिल्ने

गाैर नगरपालिकाकाे राजस्व अब घरबाटै तिर्न मिल्ने

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सचतक नेपाल डेस्क, रौतहट । अब बिभन्न प्रकारकाे राजस्व माेबाइलबाटै भुक्तानी हुने भएकाे छ । गाैर नगरपालीकाले प्रबिधिकाेे तुलनामा राैतहटका अन्य सबै पालिकालाई पछाडी छाेड्ने भएका छन् । जिल्लामा मात्र नभएर प्रदेश २ मै गाैर नगरपालिका पहिलो विद्युतिय प्रबिधिबाट भुक्तानी गर्ने पालिका बन्न पुगेको छ । गाैर नगरपालिकाबाट काटिदै आएको विभिन्न प्रकारका सेवा वापतको राजस्व ( मालपोत कर , सम्पत्ति कर, घर बहार कर र व्यवसायी कर) हरु अब सजिलै ई-सेवा, खल्तीबाट नै भुक्तानी गर्ने भएकाे हाे । नगर प्रमुख अजय गुप्ताले मंलगवार नगरपालिकाको सभाकक्षमा एक औपचारिक कार्यक्रम बीच साे सेेवाकाे उद्घाटन गरेका थिए । सेवाग्राहीलाई थप सुख सुविधा उपलब्ध गराउन र लाइनमा बस्ने झनझटलाई अन्त्य गर्न याे सेवा सुचारु गरिएकाे नगरप्रमुख गुप्ताले बताए । सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा नगर निमित्त प्रमुख प्रशासकिय अधिकृत स...
पानी परेपछी तराईमा चिसो झन् बढ्यो

पानी परेपछी तराईमा चिसो झन् बढ्यो

banner-news-1, मुख्य समाचार, सूचना / प्रविधि
  पौष १४ , तराईको बिभिन्न भागमा बिहानै देखि हल्का पानी परे संगै चिसो झन बढेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण भईरहेको बर्साका कारण तराईका विभिन्न जिल्लामा चिसो बढे संगै शीतलहर र हुस्सु कुहिरोको प्रभाव बढेको हो । मंगलबार रातिदेखि नै देशका तराई , पहाडी तथा उच्च हिमाली भेगमा अन्य दिनभन्दा बढी वर्षा र हिमपात भएको छ। यो वर्षा र हिमपात बुधबार रातिसम्म जारी रहने पुर्व मौसम अनुमान महाशाखाका मौसमविद् राजु प्रधानले जानकारी दिए।...
स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सुरु

स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सुरु

मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क । आजदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सुरु हुने भएको छ । सात महिनाअघि स्थगित भएको सवारी चालक अनुमतिपत्रको छपाइ आजदेखि सुरु हुन लागेको यातायात व्यवस्था विभागले जनाएको छ । आज विभागमा आयोजना हुने एक कार्यक्रमबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले छपाइको सुरुवात गर्ने विभागका निर्देशक लोकनाथ भुषालले जानकारी दिए । उनका अनुसार विभागले मगाएको कार्ड स्पेशिफिकेसन अनुसारको गुणस्तर परीक्षण सम्पन्न गरी छपाइको काम सुरु गर्न लागिएको हो । आजदेखि चारओटा मसिनबाट स्मार्ट लाइसेन्स छपाइको काम सुरु हुनेछ । सबै मसिनले राम्रोसँग काम गरेको खण्डमा प्रतिमिनेट चार ओटाका दरले तीन सिफ्टमा दैनिक १० हजार छपाइ हुनेछ । त्यो हिसाबले अबको तीन महिनाभित्र ट्रायल पास गरेका चालकले स्मार्ट लाइसेन्स प्राप्त गर्नेछन् । हाल स्मार्ट लाइसेन्स नहुँदा सात लाखभन्दा बढीले रसिदकै भरमा स...
माघ १ देखि भन्सार कार्यालयमा अनलाइन सेवा सुरु हुने

माघ १ देखि भन्सार कार्यालयमा अनलाइन सेवा सुरु हुने

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
वीरगञ्ज । माघ १ गते देखि बिरगंज नाकाको दुई वटा भन्सार कार्यालयमा अनलाइन प्रणाली सेवा शुरू हुने भएको छ । भन्सार कार्यालयको पुरानो भन्सार र एकिकृत सुरक्षा जाँच चौकी (आइसिपी) मा पुस १ गते देखि यो सेवा शुरू गर्ने वीरगंज भन्सारको तयारी छ । त्यस पछि माघ १ गते सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयमा यो सेवा शुरू हुने भएको हो । वीरगंज भन्सार र सुख्खा बन्दरगाह भन्सारको सम्पूर्ण काम नगद तथा चेक रहित बनाउन यस्तो प्रविधि लागू हुन गइरहेको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । भन्सार विभागको योजना अनुसार बिरगंज भन्सार र बन्दरगाह भन्सारमा अनलाईन सेवाको लागि सबै पूर्वाधार तथा तयारी पूरा गरिएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । नेपाल विश्वमा नैं सबै भन्दा बढी कागजको प्रयोग गर्ने मुलुकमा पर्ने गरेको उनले स्पष्ट पारे । ब हरेक क्षेत्रमा कागजको प्रयोग कम गर्ने र नयाँ ...
आजबाट ई–पासपोर्ट वितरण सुरु

आजबाट ई–पासपोर्ट वितरण सुरु

ताजा-अपडेट, सूचना / प्रविधि
बुधबारदेखि भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) का लागि आवदेन सङ्कलन र वितरणकार्य सुरु गरिएको छ । यहाँ पहिलो पटक आजदेखि सुरु भएको ई–पासपोर्ट वितरण सङ्कलन कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुभारम्भ गरिन् । उनले राहदानी विभाग र ललितपुरबाट मात्रै सुचारु भएको विद्युतीय राहदानी वितरण अब भक्तपुरबाट पनि सुरु भएको बताइन् । उनले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को नयाँ आवेदन बन्द भइसकेकाले अब सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयमै आवेदन दिन मिल्ने र वितरण पनि त्यहीँबाट गर्ने गरी सेवा सुरु भएको जानकारी दिइन् । सेवाग्राहीले ३४ पृष्ठको राहदानीका लागि मात्रै आवेदन दिन पाउने छन् । यसका लागि रु पाँच हजार शुल्क लाग्ने र ढिलोमा १५ दिनभित्र राहदानी पाउन सकिने व्यवस्था गरिएको छ । विभागले ६६ पृष्ठको राहदानी रु १० हजार शुल्क तिरेर लिन सकिन व...
बाँके र बर्दियामा बाढी विपद्को कृत्रिम घटना अभ्यास

बाँके र बर्दियामा बाढी विपद्को कृत्रिम घटना अभ्यास

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर ३ । स्थानीय विपद् व्यवस्थापन समिति डुडवा र खजुरा गाउँपालिको आयोजनामा १ दिने बाढी विपद् आधारित कृत्रिम घटना अभ्यास शुक्रवार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा कृत्रिम घटना अभ्यास बाँके र बर्दिया जिल्लामा एकै पटक संचालन भएको थियो । विपद् प्रभावितहरुको तत्काल सूचना संकलन गरी सरोकारवाला निकायसम्म छिटो माध्यमबाट पुर्याउने र उक्त सूचनाको आधारमा मानवीय सहायता र खोज तथा उद्धार कार्य गर्न सहजता हुने अभिप्रायले नमुना अभ्यास गरिएको होे । उक्त क्रममा स्थानीय तहले तयार गरेको स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजनाको परीक्षण, स्थानीय विपद् व्यवस्थापन समितिको बैठक आयोजना, खोज तथा उद्धार टोली परिचालन, प्रारम्भीक दु्रत लेखाजोखा र मानवीय सहायताका कार्यहरु दु्रत गतिबाट गरिएको थियो । अनलाइन प्राविधिबाट संचालन भएको उक्त कार्यक्रममा गाउँपाल...
एम्बुलेन्स खरिदका लागि खेलिएको देउसीभैलोबाट साढे  सात लाख रुपियाँ संकलन

एम्बुलेन्स खरिदका लागि खेलिएको देउसीभैलोबाट साढे सात लाख रुपियाँ संकलन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, सूचना / प्रविधि
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २१ कात्तिक । कोहलपुर नगरपालिका वडा नं १४ मा रहेका युवाले समाज सेवा संस्था नेपाल मार्फत एम्बुलेन्स खरिदका लागि खेलेको देउसी र भैलोबाट हालसम्म साढे सात लाख रुपियाँ संकलन भएको छ । समाज सेवा संस्था नेपालले आफनो नेपाली संस्कृति जर्गेणा गर्दै एम्बुलेन्सको लागि यस पटक देउसी भैलो खेलेको छ । एम्बुुलेन्स खरिदका लागि खेलेको भैलो टिमले तीन दिनमै ७ लाख ५४ हजार ८९५ रुपियाँ संकलन गरिसकेको छ । विभिन्न व्यवसायीक तथा औद्योगिक प्रतिष्ठानहरुले त्यसका लागि ठुलो सहयोग गर्नु भएको संस्थाले जनाएको छ । देउसी भैलो खेलेर पिकनिक मनाउने तथा अन्य रमाइलो काममा खर्च गर्ने परम्परालाई तोडेर सो संस्थाले मानवीय सेवाका लागि देउसी भैलो खेलेको जनाईएको छ । संस्थाको पाचौ अधिवेशनमा घाटिको क्यान्सर पीडित मोतिलाल परियारलाई सो संस्थाले ६० हजार बढी आर्थिक सहयोग हस्तान्तरण पनि गरि सकेको छ । त्यसै गरि ...
हज व्यवस्थापनका सबै कार्य विद्युतीय सुचना प्रणालीमार्फत गरिने

हज व्यवस्थापनका सबै कार्य विद्युतीय सुचना प्रणालीमार्फत गरिने

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सिराज खान नेपालगञ्ज, कात्तिक १४ गते । मुस्लिम समुदायद्धारा सउदी अरबको मक्का मदिनामा हरेक वर्ष गरिने अनिवार्य धार्मिक कार्य हज को व्यवस्थापनका सम्पुर्ण प्रक्रियाहरुलाई विद्युतीय प्रणाली मार्फत गरिने भएको छ । सो का लागि केन्द्रिय नेपाल हज समितिले तयार गरेको ‘हज व्यवस्थापन सुचना प्रणाली’का बारेमा अहिले देशका विभिन्न जिल्लामा पुगेर सम्बन्धितलाई जानकारी गराउने कार्य गरिरहेको छ । सोही क्रममा नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गतको नेपाल हज समितिको सचिवालयले आइतवार नेपालगञ्जमा एक दिने क्षमता विकास कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर, दांग र सल्यान जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा ईलाका प्रशासन कार्यालयका फोकल पर्सन र कम्प्युटर अपरेटरको सहभागिता रहेको थियो । हजयात्रीको यात्रा व्यवस्थापनका सम्पुर्ण प्रक्रिया र कार्यलाई पुर्णत विद्युतीय प्रणाली...
वातावरण विभाग र ट्राफिक कार्यालय बाँकेको संयुक्त टोलीद्धारा सवारी प्रदुषण  परीक्षण

वातावरण विभाग र ट्राफिक कार्यालय बाँकेको संयुक्त टोलीद्धारा सवारी प्रदुषण परीक्षण

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
नेपालगञ्ज पाटी समाचार नेपालगञ्ज, कात्तिक १२ । बन तथा वातावरण मन्त्रालय बातावरण विभाग र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले शुक्रवार नेपालगञ्जमा सवारी साधनहरुको प्रदुषण परीक्षण गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक ऐन बहादुर मल्लका अनुसार बन तथा वातावरण मन्त्रालय बातावरण विभागका मेकानिकल अधिकृत विजय अधिकारीको उपस्थितिमा डिजेल तथा पेट्रोल सवारी साधनहरुको सवारी प्रदुषण परिक्षण गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुरमा सवारी प्रदुषण परिक्षण गर्ने क्रममा २७ वटा पेट्रोल सवारी साधन परिक्षण गर्दा ३ वटा सवारी साधन प्रदुषण परिक्षणमा फेल भएको र २७ वटा डिजेल सवारी साधन परिक्षण गर्दा १३ वटा सवारी साधन प्रदुषण परीक्षणमा फेल भएको जिल्ला ट्राफिक प्रमुख मल्लले बताउनुभयो । उहाँले पहिलो पटक सम्झाई बुझाई गरि पठाइएको र क्रमश अन्य दि...
नेपालमा पहिलो पटक इलेक्सन म्यानेजमेन्टको व्यावसायिक सुरुवात

नेपालमा पहिलो पटक इलेक्सन म्यानेजमेन्टको व्यावसायिक सुरुवात

सूचना / प्रविधि
काठमाण्डौ, ११ कात्तिक । नेपालमा चुनावी अभियान व्यवस्थापन ९इलेक्सन म्यानेजमेन्ट०को व्यवसायिक सुरुवात भएको छ । करिव एक वर्षदेखि कम्पनी स्थापना गरेर आन्तरिक अभ्यास तथा गृह कार्यमा रहेको युवाहरुको एक समुहले नेपालमै पहिलो पटक इलेक्सन म्यानेजमेन्टको व्यावसायिक सुरुवात गरेको हो बिभिन्न क्षेत्रका दक्ष युवा, विज्ञ तथा विदेशमा यस्तो अनुभव लिएकाहरुको टीम नै निर्माण गरेर प्रिज्मा टेक्नोलोजिज मार्फत् इलेक्सन क्याम्प म्यानेजम्यान्ट एजेन्सी सुरु गरेको छ । ‘विश्वका उत्कृष्ट राजनीति अभ्यास भएका देशमा यस्तो अभ्यास छ’ प्रिज्मा टेक्नोलोजिजका सीइयो तथा प्रिज्मा ग्रुपका अध्यक्ष राजेन्द्र चटौतले भने, करिव एक वर्षदेखि हामीले इलेक्सन क्याम्प म्यानेजेमेन्ट एजेन्सी सुरु गरेका छौं, हामीलाई जानकारी भएसम्म यो नेपालमै पहिलो पटक हो। छोटो समयमा जे जति काम गर्ने अवसर जुट्यो , हामीलाई त्यसले उर्जा थपेको छ। कल्पनानै नगरेका...