कृष्ण आदर्श स्कूलले ७५ जना विद्यार्थीलाई छात्रवृत्ति दिने
सच तक नेपाल न्युज डेस्क,
४ जेठ, रौतहट । शैक्षिक सत्र २०७९ को नयाँ भर्नाको लागि हेटौडाको एक स्कुलले ७५ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । हेटौंडा–९ लामसुरेस्थित श्री कृष्ण आदर्श इङ्ग्लिस बोर्डिङ स्कूलले ७५ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।
छात्रवृति अन्तर्गत ७५ प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई ९५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्राध्यापक नवीन केसीले जानकारी दिए । प्रधानाध्यापक केसीकाअनुसार छात्रवृत्ति कार्यक्रममा नयाँ भर्ना हुन आउने र विद्यालयमा अध्ययनरत दुवै तर्फका विद्यार्थीलाई समानरुपमा प्रतिस्पर्धाको अवसर प्रदान गरिने छ । साथै प्रवेश परीक्षा यहि जेठ ७ गते शनिबारका दिन विद्यालय प्राङ्गणमा सञ्चालन गरिनेछ बताए ।
१ सय पूर्णाङ्कको प्रवेश परीक्षामा वस्तुगत प्रश्न सोधिने छ । उक्त परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थ...









