Sunday, July 26
Shadow

नेपालमा पहिलो पटक इलेक्सन म्यानेजमेन्टको व्यावसायिक सुरुवात

काठमाण्डौ, ११ कात्तिक । नेपालमा चुनावी अभियान व्यवस्थापन ९इलेक्सन म्यानेजमेन्ट०को व्यवसायिक सुरुवात भएको छ । करिव एक वर्षदेखि कम्पनी स्थापना गरेर आन्तरिक अभ्यास तथा गृह कार्यमा रहेको युवाहरुको एक समुहले नेपालमै पहिलो पटक इलेक्सन म्यानेजमेन्टको व्यावसायिक सुरुवात गरेको हो
बिभिन्न क्षेत्रका दक्ष युवा, विज्ञ तथा विदेशमा यस्तो अनुभव लिएकाहरुको टीम नै निर्माण गरेर प्रिज्मा टेक्नोलोजिज मार्फत् इलेक्सन क्याम्प म्यानेजम्यान्ट एजेन्सी सुरु गरेको छ ।
‘विश्वका उत्कृष्ट राजनीति अभ्यास भएका देशमा यस्तो अभ्यास छ’ प्रिज्मा टेक्नोलोजिजका सीइयो तथा प्रिज्मा ग्रुपका अध्यक्ष राजेन्द्र चटौतले भने, करिव एक वर्षदेखि हामीले इलेक्सन क्याम्प म्यानेजेमेन्ट एजेन्सी सुरु गरेका छौं, हामीलाई जानकारी भएसम्म यो नेपालमै पहिलो पटक हो। छोटो समयमा जे जति काम गर्ने अवसर जुट्यो , हामीलाई त्यसले उर्जा थपेको छ। कल्पनानै नगरेका पंचायतदेखि चुनावमा उठेका , जितेका पुस्ताले समेत चासोले बुझ्न आउनुहुन्छ, अनुभव आदान प्रदान गर्नुहुन्छ , हौसला बढाएर जानुहुन्छ ।’
विगत केही वर्षदेखि नेपालको राजनीतिक अवस्था, मौलिकता, विगतका चुनावी परिणाम, पार्टी तथा बिभिन्न संघसंस्थाका चुनावी एजेण्डा तथा राजनीतिप्रतिको नागरिक धारणा बारे अध्ययन गरिरहेको केही संस्थागत चुनावमा अभ्यास पनि गरिसकेको यो समूहले जनाएको छ ।
‘यो बीचमा हामीले बिगतका चुनाव र प्रचार अभियान, घोषणा पत्र, तिनमा नागरिकको आकर्षण बारे गहन् अध्ययन गर्यौ,’ चटौतले भने, ‘पैसा भए चुनाव सजिलै जितिन्छ भन्ने मनोविज्ञान विकास हुँदै गएको पाइन्छ ।
उनका अनुसार साझेदारी गर्ने व्यक्ति, पार्टी वा संगठनलाई चुनावी मुद्दा, नारा, कार्यक्रम, प्रचारसामग्री निर्माण र चुनाव सम्बन्धी सम्पूर्ण गतिविधिमा प्रत्यक्ष सहयोग पुर्याउने छ ।
फिल्ड सर्भे, गराउण्ड एनालाइसिस, डाटा एनालाइसिस, डेमोग्राफिक सर्भे, सोसियो ईकोनिमिक सर्भे, पब्लिक सेन्टिमेन्ट एनालाईसिस,आर्टिफिसियल ऐन्टिलिजेन्स, पोलिसी मेकिङ्ग तथा डिजिटल प्लेटफर्मको प्रयोगमार्फत् उम्मेदवारलाई चुनावमा सफल बनाउने रणनीति तय गरिने यो समुहले जनाएको छ ।
‘हामी सुक्ष्म किसिमले उम्मेदवारका लागि मार्ग निर्माण गछौं । जसले उम्मेदवारलाई सफलता हासिल गर्न सक्षम बनाउँछ , चटौतले भने, हामी नेपालका राजनीतकर्मीका एजेण्डा र नारा मात्रै हेरौं न, आवश्यकता एकातिर उम्मेदवार अर्कैतिर हुन्छन् ।
सभ्य चुनाव र राजनीतिक संस्कार निर्माणका लागि पनि आफूहरुले यस्तो कार्य थालनी गरेको यो समुहको दाबी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *