Saturday, September 12
Shadow

ताजा-अपडेट

लेखा समूहका करिब ४ सय कर्मचारीको सरुवा

लेखा समूहका करिब ४ सय कर्मचारीको सरुवा

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका करिब चार सय कर्मचारीको सरुवा गरेको छ । कार्यालयले बिहीवार सरुवाको निर्णय गरेको हो । कार्यालयका अनुसार ४७ उपसचिव र ११७ शाखा अधिकृत, २२५ लेखापालको सरुवा भएको छ । निर्वाचन आचारसंहिता अन्त्य भएसँगै ठूलो सङ्ख्यामा सरुवा गरिएको हो ।
कुहिरो र शितलहर कारण राैतहटकाे जनजीवन प्रभावित

कुहिरो र शितलहर कारण राैतहटकाे जनजीवन प्रभावित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव राैतहट - विगत दुई तीन दिनदेखि एक्कासि बढेकाे चिसोको कारण राैतहटको जनजीवन प्रभावित बनेको छ । बाक्लो कुहिरोसँगै शितलहर बढेपछि राैतहट लगायत ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको हो ।शितलहरसँगै चिसो हावाको कारणले जाेडाे अत्यधिक मात्रामा बढेको छ । चिसो बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहलमा घटेकाे छ । यस क्षेत्रमा लाग्ने बाक्लो कुहिरोका कारणले ग्रामिण क्षेत्रमा यातायातका साधन सञ्चालन ‌समेत प्रभावित बनेको छ । चिसो हावासँगै जाडाे बढेपछि सुत्केरी, बालबालिका, बृद्ध, असक्त, अपाङ्ग, दमका रोगीहरु पीडित भएका छन् । चिसोको कारण मुसहरवस्ती लगायत न्यून आर्थिक अवस्थाका व्यक्ति बढी प्रभावित हुने गरेका छन् ।ग्रामिण भेगमा दाउरा नहुँदा स्थानीयहरु गोबरको गुइँठा, परालको जोहो गर्न लागेका छन् । बाक्लो कुहिरोका कारणले तेलहन, दलहन, आलु खेती लगायतमा नकारात्मक असर पर्नुका साथै पशु चौपायाहरु पनि प्र...
गाउँमा गाँजाकाे बेचबिखन गर्ने एक‌ वृद्ध महिला पक्राउ

गाउँमा गाँजाकाे बेचबिखन गर्ने एक‌ वृद्ध महिला पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट‌ - प्रहरीले बिहीबार २.५ किलाे लागुऔषध (गाँजा) सहित एक जना वृद्ध महिलालाई पक्राउ गरेको छ। गाउँकाे एउटा घरमा लागु औषध गाँजा लुकाई छिपाई राखेको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरीले बिहीबार करिब ३ बजेको समयमा जिल्ला रौतहट माधवनरायण नगरपालिका- ५ मिठुअवा एक जनाकाे घर तलासी गरेकाे थियाे । तलासी गर्दै जाँदा साे गाउँकै स्व- प्रेम साहको श्रीमती अंदाजी बर्ष ५२ की सितापती देवी साहले आफ्नो घरमा लुकाइछिपाई राखेको २.५‌ किलाे प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय राैतहटका सुचना अधिकारी (डिएसपी‌) उमाशंकर प्रसाद यादवले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिनुभयो। गाँजा बेचबिखन भइरहेको सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घरमा लागु औषध (गाँजा) फेला पारी निज सितापती भन्ने लोलावती देवी समेतलाई नियन्त्रणमा लिएको प्रहर...
९ लाख ९७ हजार बराबरको अवैध लत्ताकपडा चन्द्रपुरमा प्रहरीद्वारा बरामद

९ लाख ९७ हजार बराबरको अवैध लत्ताकपडा चन्द्रपुरमा प्रहरीद्वारा बरामद

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - प्रहरीले बिहीबार राैतहटकाे चन्द्रपुरबाट भन्सार छली‌ गरी भित्र्याइएको अवैध लत्ताकपडा वेवारिसे अवस्थामा बरामद गरिएको छ ‌। जिल्लाकाे चन्द्रपुर नगरपालिका -६, तल्लाेबजार स्थित भीत्रि सडक खण्डमा भारतबाट भन्सार छली नेपाल तर्फ भित्र्याई ल्याएको अन्दाजी मुल्य ९ लाख ९७ हजार ८५० बराबरकाे लेडिज उलन कुर्ता, जेन्स कुर्ता सुरुवाल र लेहेङगाहरु वेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय राैतहटका नवनियुक्त सुचना अधिकारी (डिएसपी)‌ उमाशंकर प्रसाद यादवले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर, रौतहटबाट संयुक्त रुपमा खटीएको प्रहरी गस्ती टोलीले साे अवैध लत्ताकपडा बरामद गरेको उल्लेख छ। बरामद भएको अवैध लत्ताकपडालाई आवश्यक कारवाहीका लागि आज (शुक्रबार) राजश्व कार्यालय पथलैया बारामा बुझाईएको व्यहोरा जिल्ला प्रहरी कार्यालय राैतहटले जना...
ट्रककाे ठक्करबाट इलामकी एक युवतीकाे मृत्यु

ट्रककाे ठक्करबाट इलामकी एक युवतीकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
झापा- झापाको मेचीनगर नगरपालिका–१३, चारआली बजारमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । इलामको रोङ गाउँपालिका–६ की २३ वर्षीया उषा राईको मृत्यु भएको हो ।ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।हिजो बेलुका करिब साढे ८ बजे ना८ख ३३३६ नम्बरको ट्रकले मे७प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक सकुशल रहेको र ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीचौकी चारआलीले जनाएको छ ।...
३६ वर्षपछि अर्जेन्टिनालाई पुनः तेस्रो विश्वकप उपाधि

३६ वर्षपछि अर्जेन्टिनालाई पुनः तेस्रो विश्वकप उपाधि

खेलकुद, ताजा-अपडेट
४ पुस - लियोनल मेसीको प्रेरणादायी प्रदर्शनप्रेरित अर्जेन्टिनाले आइतबार राति सम्पन्न नाटकीय फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै तेस्रोपटक विश्वकपको उपाधि जित्न सफल भएको छ ।अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । पछिल्लोपटक अर्जेन्टिनाले सन् १९८६ मा विश्वकपको उपाधि जितेको थियो । अर्जेन्टिनाले मेक्सिकोमा सम्पन्न १९८६ को विश्वकपमा पहिलोपटक उपाधि जितेको थियो ।आइतबार राति कतारको लुसैल रंगशालामा सम्पन्न फाइनलको निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएपछि खेल थप समयमा धकेलिएको थियो । थप समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल पेनाल्टी समयमा धकेलिएको थियो ।फ्रान्सका काइलियन एमबाप्पेले ह्याट्रिक गरेपनि अर्जेन्टिनाको जितलाई रोक्न सकेनन् । एमबाप्पे सन् १९६६ पछि विश्वकपको फाइनल ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । १९६६ को विश्वकपमा इङ्ल्यान्डका जिओफ हर्...
राैतहट १ का सांसद नेपालद्वारा ७ वटा पालिकामा स्वास्थ्य उपकरण वितरण

राैतहट १ का सांसद नेपालद्वारा ७ वटा पालिकामा स्वास्थ्य उपकरण वितरण

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालद्वारा रौतहट क्षेत्र नं. १ का ७ वटा स्थानीय निकायलाई स्वास्थ्य उपकरण बितरण गरेका छन् ।अध्यक्ष नेपालले रौतहटका गौर नगरपालिका, राजदेवी नगरपालिका यमुनामाई गाउँपालिका, दुर्गाभगवाती गाउँपालिका, माधवनरायण नगरपालिका, गढ़ीमाई नगरपालिका र गरुडा नगरपलिकालार्ई एक–एक थान भिडियो अल्ट्रा साउन्ड हस्तान्तरण गरेका हुन् ।प्रति वटा १५ लाख ६५ हजार ९६ रुपैयाँ ३३ पैसा मूल्यका सामाग्रीहरू एक करोड ९ लाख ५ हजार ६ सय ७४ रुपैयाँ बराबरका सामाग्रीहरु हस्तान्तरण भएका हुन् । हस्तान्तरित सामाग्रीले त्यस क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण सहयोग प्रदान गर्ने बताइएको छ । हस्तान्तरण गरिएको उपकरण सानो भिडियो एक्स रे भएको र यसको कार्टुनभित्र ट्यावलेट आकारको एक्सरेसहित मनिटर एक थान, प्रिन्ट एक थान, प्रोव एक थान र भिडियो एक्स रे मेसिन झोलामा ...
चितवनबाटै सवारी लाइसेन्सको लागि ट्रायल दिन पाइने

चितवनबाटै सवारी लाइसेन्सको लागि ट्रायल दिन पाइने

ताजा-अपडेट, मुख्य समाचार
चितवन - चितवनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको लागि बाँकी प्रक्रिया अघि बढेको छ । अख्तियारमा रोकिएको फाइल यातायात कार्यालय भरतपुरमा आएसँगै शुक्रबार आर्थिक प्रस्तावको फाइल खोलिएको छ ।जिल्ला प्रशासन कार्यालयमा आर्थिक प्रस्ताव पेश गर्ने महालक्ष्मी ट्रायल सेन्टर र सद्गुरुका प्रतिनिधि समेतको उपस्थितीमा फाइल खोलिएको हो । अब आर्थिक प्रस्ताव मूल्याकंन समितिको बैठक बसेर दुईमध्ये एक ट्रायल सेन्टरलाई लाइसेन्सको प्रयोगात्मक परीक्षा स्थलका रुपमा छनौट गर्ने यातायात कार्यालय चितवनका प्रमुख कालिबहादुर भुजेलले जानकारी दिए ।आर्थिक प्रस्तावको फाइल खोलेको १५ दिनभित्र मूल्यांकन समितिको बैठक बस्नुपर्ने कानुनी व्यवस्था छ । समितिले कुनै एउटा ट्रायल सेन्टर छनौट गरेपछि आशयको सूचना प्रकाशित गर्छ । यसमा कार्यालयले छनौट भएको ट्रायल सेन्टरको नाम सार्वजनिक गरी सम्झौताका लागि बोलाउँछ । स्रोतका अनुसार प्रयोगात...
हेम्जामा जीप दुर्घटनाग्रस्त, १ जनाकाे मृत्यु

हेम्जामा जीप दुर्घटनाग्रस्त, १ जनाकाे मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
कास्की - कास्कीको पोखरा महानगरपालिका–२५, हेम्जास्थित हनुमानचोकमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।दुर्घटनामा जीपमा सवार म्याग्दीको मंगला गाउँपालिका–१, मजुलाका ४७ वर्षीय गजेन्द्र पुन र तनहुँ घर भई पोखरा–१०, शिवचोक बस्दै आएकी ३७ वर्षीया वसन्ती मगर घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा लगिएको थियो । उपचारका क्रममा मगरको मृत्यु भएको जनाइएको छ ।गए राति करिब सवा १ बजे ग२च २६८४ नम्बरको जीप अनियन्त्रित भई सडकछेउको विद्युत्को पोलमा ठोक्किएको थियो । चालक फरार रहेकाले खोजीकार्य भइरहेको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।...
साउदीमा १८१ जनाले पाए एक्जिट भिसा

साउदीमा १८१ जनाले पाए एक्जिट भिसा

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
दोहा – साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप १८१ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् । रियादस्थित नेपाली दूतावासले विभिन्न अवधिमा रियाद र दमामबाट पक्रिया थालिएकामध्ये १८१ जनाको भिसा साउदी सरकारले उपलब्ध गराएको जनाएको छ।दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नवनाएका वा नवीकरण नगरेका वा हुरूब लगाएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।यसैगरी, साउदी जवाजतको नयाँ नियम अनुसार हुरूब लागेकाहरूले एक्ज...