Saturday, September 12
Shadow

ताजा-अपडेट

ठुलाे संख्यामा वायुसेवाले माग्यो कर्मचारी

ठुलाे संख्यामा वायुसेवाले माग्यो कर्मचारी

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
काठमाडौँ - नेपाल वायुसेवा निगमले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। निगमले चौथो तहदेखि सातौँ तहसम्मका लागि आवेदन आह्वान गरेको हो।रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ। २१ दिनभित्र आवेदन दिनु पर्ने निगमले जनाएको छ।बिज्ञापन :...
भाेली देखि गाैर- बैरगनिया  सिमा नाका बन्द रहने <br>

भाेली देखि गाैर- बैरगनिया सिमा नाका बन्द रहने

ताजा-अपडेट, मुख्य समाचार
राैतहट- जिल्लाकाे मुख्य गाैर- बैरगनियाँ सिमा नाका दिन दिनसम्म बन्द रहने जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।नगरपालिका आम‌ निर्वाचन- २०२२ लाई लक्षित गर्दै सिमा नाका सिल गर्न भारत सरकारले आग्रह गरेको छ। जसका राैतहट‌ जिल्लाकाे मुख्य सिमा नाका गाैर- बैरगनियाँ तिन दिनसम्म बन्द हुने भएको छ। सिमा नाका शुक्रबार बिहान ६ बजे देखि आईतबार मतदान सम्पन्न नभएसम्म बन्द रहने जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ। रौतहट जिल्लासंग जोडिएका सिमा नाकाहरु समेत सिल रहेको व्यहोरा जिल्ला प्रहरी कार्यालय राैतहटले सूचित गरेको छ।...
राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

खेलकुद, ताजा-अपडेट
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिनुभएको छ । मुख्य प्रशिक्षक प्रभाकरले बिहीबार राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । राजीनामा दिनु अघि नै प्रभाकर स्वदेश फर्किसक्नुभएका भारतीय प्रशिक्षक प्रभाकरको राजीनामा क्यानले स्वीकृत समेत गरेको छ । तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको हो। क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो । तर, सम्झौता अघि नै प्रभाकरले राजीनामा दिनुभएको हो । प्रभाकरको नेतृत्वमा नेपालले पछिल्लो समय खराब प्रदर्शनलाई निरन्तरता दिएको थियो । यस्तै पछिल्लो समय प्रभाकर र राष्ट्रिय टिमका खेलाडीको सम्बन्धमा समेत दरार आएको थियो ।  ...
ईशनाथ नगरपालिकालाई एक करोड मूल्य बराबरको जग्गा दान गर्ने नवनिर्वाचित शोभादेवीको घोषणा

ईशनाथ नगरपालिकालाई एक करोड मूल्य बराबरको जग्गा दान गर्ने नवनिर्वाचित शोभादेवीको घोषणा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेमचन्द्र झा रौतहट। मधेस प्रदेश सभा सदस्यमा नवनिर्वाचित शोभादेवी साहले एक करोड रुपैया को बराबरको जग्गा ईशनाथ नगरपालिकालाई दान गर्ने घोषना गरेकी छिन् । उनले ईशनाथ नगरपालिकालाई वडा कार्यालय र स्वास्थय चौकी बनाउन दुई कठ्ठा १६ धुर जग्गा दान निर्णय रहेको बताएकी छिन् । ईशनाथ नगरपालिका वडा नम्बर २ औरैयाका स्थानियले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सो घोषणा गर्नु भएको हो ।जनता समाजवादी पार्टीका तर्फबाट समानुपातिकमा निर्वाचित भएपछि पहिलो पटक आफ्ना गाउँ पुगेर करिब एक करोड रुपैया मोल पर्ने जग्गा निशुल्क दिने धोषणा गरेपछि स्थानिय हर्षित भएको वडा अध्यक्ष धर्मेन्द्र साहले बताए ।सो वडा कार्यालय बनाउन चालु आर्थिक वर्षमा ४० लाख बजेट राखेको वडा अध्यक्ष साहले जानकारी दिनुभयो । ईशनाथ नगरपालिका वडा नम्बर २ औरैया गाउंको विचमा रहेको सो जग्गा तर्फ ईसारा गर्दै प्रदेश सदस्य साह यसमा वडा कार्यालय र ...
परिवारिक वातावरणकाे थ्रि स्टार रेष्टुरेन्ट आज सञ्चालन हुदै

परिवारिक वातावरणकाे थ्रि स्टार रेष्टुरेन्ट आज सञ्चालन हुदै

banner-news-1, अन्य, ताजा-अपडेट
राैतहट‌ - स्वादिष्ट भाेजन सबैलाई प्रिय हुन्छ । परिवारसँग भाेजन अथवा स्वादिष्ट खाजा खानुकाे मज्जा छुट्टै हुन्छ। स्वादिष्ट भाेजन र फरक स्वादसँगै जिल्लाकाे सदरमुकाम गाैर नगरपालिका स्थित भन्सार राेडमा एउटा नयाँ रेष्टुरेन्ट सञ्चालनमा आउँदैछ। आज बिहान ११ बजे देखि उद्घाटन हुदै। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाैर नगरपालिकाका नगरप्रमुख शम्भु शाह पाल्नु हुनेछ। रेष्टुरेन्ट नयाँ तरिकाबाट सञ्चालन हुन लागेकाे रेष्टुरेन्टका सञ्चालक रुपेश यादवले बताउनुभयो। साथै सम्पुर्ण नगरवासीलाई आज (बुधबार) बिहान ११ बजे उपस्थितिका लागि अनुरोध गरेका छन् ।...
युवायुवती प्रेममा, प्रहरीकाे सेटिङमा थुनिए युवाकाे बुवा

युवायुवती प्रेममा, प्रहरीकाे सेटिङमा थुनिए युवाकाे बुवा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव सर्लाही - प्रेम हुनु सामान्य छ । प्रेममा भागेकाे घटनापनि आज भाेली सबैले सुन्न पाएकै हाे । सर्लाहीका एक युवायुवती भारतमा पढ्दै थिए। पढ्दै जाँदा दुबैबिच प्रेम भयाे । जसपछि दुवै आफ्नो सहमतिले भागेर बिहे गरे । केटाकेटीकाे दुबै बालिक थिए जसकारण बिहे गरे । सन्तान आफ्नै सहमतिले बिहे गर्दा दु:ख युवा र युवती दुवैपक्षलाई हुन्छ । तर युवती बुवा भने आवेशमा आए । युवती बुवा धनि थिए । उनले पैसाकाे चलखेल गरेर युवाकाे घरमा प्रहरी पठाए । युवा त भेटिन् जसपछि उनले युवाकाे बुवालाई पैसाकाे माध्यमबाट थुन्न लगाए । एक सप्ताह जति थुनिए पछि युवाकाे बुवा रिहा भए । तर हालसम्म युवायुवती फेला पर्न सकेनन्। जसपछि पुन: युवतीकाे बुवाले उजुरी दिएर युवाकाे बुवालाई थुनामा राख्न लगाए । आइतबार थुनिएका पिडित माेहित महताेलाई हिरासतमा राखेकाे २४ घण्टा भन्दा बढी भयाे ‌। बिना अपराध प्रहरीले कसैलाई २४ घन्टा भन्दा बढी थुन्न ...
सडक दुर्घटनामा एक व्यापारिककाे मृत्यु, निश्पक्ष छानविनकाे माँग गर्दै गरुडाका व्यापारी

सडक दुर्घटनामा एक व्यापारिककाे मृत्यु, निश्पक्ष छानविनकाे माँग गर्दै गरुडाका व्यापारी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - एक व्यापारिककाे मृत्यु पछि गरुडा नगरपालिकाका स्थानीयहरु धर्नामा उत्रिएका छन्। प्रहरीका साेमबार बिहान सवारी दुघर्टनामा परि गरुडाका स्थानीय व्यापारी राजनारायण साहकाे मृत्यु भएको हाे । प्रहरीले मृत्युकाे कारण अझै स्पष्ट खुलाउन सकेकाे छैन। गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनि जयसवालकाे नेतृत्वमा व्यापारिककाे घटना बारे स्पष्ट र निश्पक्ष छानबिन हुनुपर्ने माँग गर्दै स्थानीयहरु धर्नामा उत्रिएका छन्। फाइल फोटो प्रहरीले मृत्युकाे कारण सडक दुर्घटना भनेपनि समय, स्थान र सवारी साधन बारे रहस्य खुलाउन सकेको छैन। उच्चस्तरीय छानबिनकाे माँग गर्दै त्यहाँका स्थानीयहरुले २ बजे सम्म धर्ना दिएका हुन् । फाइल फोटो प्रहरीले धाईते साहलाई उपचार समेत नगराएको त्यहाँका स्थानीयहरुकाे आरोप छ । उपचारकाे अभावमा समेत मृत्यु भएको धर्ना दिएका व्यापारीहरुकाे भनाई छ । प्रहरी लापरबाहीकाे रबैया प्रति उनीहरूल...
सिरहामा मतपेटिका खोसाखोस भएपछि तीन राउन्ड हवाई फायर

सिरहामा मतपेटिका खोसाखोस भएपछि तीन राउन्ड हवाई फायर

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सिरहा । जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस भएपछि सिराहामा प्रहरीले हवाई फायर गरेको छ ।सिराहाको कर्जन्हा नगरपालिकाका ६ को जनता मावि बडहरामाल दुबै पार्टीका कार्यकर्ताले मतपेटिका खोसाखोस गरेपछि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको हो ।स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । मतपेटिका तानातानले केहीबेर तनाव भए पनि अहिले भने मतदान सुचारु भएको छ ।...
गृह नगरबाट नेकपा एसका अध्यक्ष नेपालले मतदान गरे

गृह नगरबाट नेकपा एसका अध्यक्ष नेपालले मतदान गरे

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन्। उनले रौतहट सदरमुकाम गौर श्रीराम जानकि कन्या आधारभुत विधालयमा रहेको मतदान केन्द्रबाट पहिलो मतदाताको रुपमा मतदान गरेका हुन्। नेता नेपालको मतदाता क्रम सङ्ख्या ४५५ रहेको छ। उनी सङ्गै श्रीमती गायत्री नेपालले पनि मतदान गरेकी छिन्।...
बम विस्फोट भएपछि गुलरियाको एक ठाउँमा मतदान रोकियो

बम विस्फोट भएपछि गुलरियाको एक ठाउँमा मतदान रोकियो

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
बर्दिया । मतदान केन्द्र नजिक बम विस्फोट भएपछि गुलरियाको एक ठाउँमा मतदान रोकिएको छ ।गुलरिया नगरपालिका २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रको मतदान रोकिएको हो ।मतदानस्थल नजिकै बक विस्फोट भएकाले मतदान रोकिएको प्रहरीले जनाएको छ ।