Saturday, September 12
Shadow

ताजा-अपडेट

हातहतियारसहित एक भारतीय युवा पक्राउ

हातहतियारसहित एक भारतीय युवा पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
बारा । प्रहरीले हतियारसहित एक जना भारतीय युवालाई पक्राउ गरेकाे छ ।भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्लाको मोतिहारी नगरपालिका-१६ का ४० वर्षीय चन्दन कुमारलाई जिल्लाको सीमावर्ती नाका गुलरियाबाट सशस्त्र प्रहरीले पेस्तोल र त्यसमा लाग्ने गोलीसहित उनलाई आइतबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेको निजका साथबाट एक थान पेस्तोल, म्याग्जिन र ७ राउन्ड गोली सशस्त्र प्रहरीले बरामद गरेको छ ।प्रहरीका अनुसार दाहिने कम्मरमा होस्टाइल भित्र मोडल नं २०२२ आर एफ आई लेखिएको ३ राउण्ड गोली लोड भएको पेस्तोल तथा आफ्नो, पत्नीको र दाइको भारतीय आधार कार्ड र ११ हजार २ सय ७० भारतीय रूपैयाँ लगाएत एउटा मोबाइल समेत उनको साथबाट सशस्त्र प्रहरीले बरामद गरेको छ ।पक्राउ परेका कुमारलाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखी यसबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।...
भारतबाट इन्धनको मूल्य बढेर आए पनि नेपालमा यथावत् रहने

भारतबाट इन्धनको मूल्य बढेर आए पनि नेपालमा यथावत् रहने

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार हिजो आईओसीले मट्टितेलबाहेकका इन्धनको नयाँ मूल्य पठाएको हो ।पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसाले मूल्य बढेर आएको निगमले जनाएको छ । भारतबाट मूल्य बढेर आए पनि नेपालमा भने यथावत् नै रहने निगमले जनाएको छ ।स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । अहिले मट्टितेलबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भए पनि नेपालमा भने नबढाइएको निगमले जनाएको छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८ तथा डिजल र मट्टिते...
मधेश प्रदेशमा प्रदेशसभाकाे पहिलो अधिवेशन आज

मधेश प्रदेशमा प्रदेशसभाकाे पहिलो अधिवेशन आज

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
जनकपुर - मधेस प्रदेशसभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ । नवनिर्वाचित प्रदेशसभाको पहिलो अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेको अध्यक्षतामा सुरु हुन लागेको अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूचीमा चार वटा विषय रहेका प्रदेशसभा सचिव रञ्जितकुमार यादवले जानकारी दिए । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ । त्यस्तै प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेश गर्नुका साथै नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन हुने सचिव यादवले बताए । बैठकमा अधिवेशन प्रारम्भ भएको अवसरमा प्रदेशसभामा रहेका दलका प्रतिनिधिले वक्तव्य दिने र नियमावलीको नियम ७ बमोजिम सभामुखको निर्वाचनको मिति तोक्नेसम्बन्धी प्रस्त...
रौतहटमा लागुऔषधको बिगबिगी, ९१ किलो गाँजा बरामद

रौतहटमा लागुऔषधको बिगबिगी, ९१ किलो गाँजा बरामद

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव, रौतहट । गाँजा नेपालमा प्रतिबन्धित लागुऔषध हो । सिमावर्ती जिल्ला रौतहटमा लागुऔषध गाँजाको तस्करी बढ्दै गएको छ । आइतबार प्रहरीले गोप्य सुचनाको आधारमा ९१ किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले रौतहटको राजपुर नगरपालिका–१ पिपरा भगवानपुर स्थित पिपरा टोलबाट १३ पोकाेमा राखिएको ९१ किलो गाँजा एउटा बोलेरोबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक उमाशंकर प्रसाद यादवले प्रेश विज्ञप्ति मार्फत जानकारी गराउनु भयो । सुचनाको आधारमा प्रहरीले आज करिब ११ बजेको समयमा जेएच १० एक्स ४२१२ नम्बरको सेतो बोलेरोलाई खानतलासी गर्दा गाँजा फेला पारेको छ । त्यस्तै सोही स्थानबाट अन्दाजी १० मिटर दक्षिण तर्फ बेवारिसे अवस्थामा रहेको बिआर ३० यू ०४७४ नम्बरको मोटरसाइकल समेत प्रहरीले फेला पारेको छ । फेला परेको लागुऔषध, गाँजा लोड रहेको बलोरो र मोटरसाइकललाई जिल्ला प्रहरी क...
गरुडामा करेन्ट लागेर एक जनाको मृत्यु

गरुडामा करेन्ट लागेर एक जनाको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - करेन्ट लागेर रौतहटको गरुडामा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गरुडा नगरपालिका वडा नम्बर ७ दोस्तीयाँ पिपरियाका ३० वर्षीय राम तिलक पटेल रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक वरुण सिंहले जनाएको छ । प्रहरीका अनुसार तरहरी खाेलामा माछा मार्ने क्रममा शुक्रबार करिब साँझ ४:३० बजेतिर पटेल करेन्ट लागेर गम्भीर घाइते भएका थियो ।गम्भीर घाइते भएको उनलाई तत्कालै घटनास्थलबाट उद्धार गरि उपचारको लागि गरुडा ४ स्थित हेल्थ ल्यान्ड होस्पिटलमा ल्याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।मृत्यु पछि पोष्टमार्टमका लागि मृतकको शव जिल्ला प्रादेशिक अस्पताल गौर पठाइएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।हाल घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
प्रहरी कर्मचारी र थुनुवाहरुका लागि नि:शुल्क स्वास्थ्य शिविरकाे आयाेजना

प्रहरी कर्मचारी र थुनुवाहरुका लागि नि:शुल्क स्वास्थ्य शिविरकाे आयाेजना

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - सुरक्षाका लागि दिनरात खटिएका प्रहरी कर्मचारी र थुनुवाहरुकाे स्वास्थ्य परीक्षणका लागि प्रहरी कार्यालय राैतहटले नि:शुल्क शिविरकाे आयाेजना गरेकाे छ । फाइल फोटो बढ्दै गएको चिसाेयाममा जिल्लाकाे विभिन्न ठाउँमा कार्यरत प्रहरी कर्मचारी र कैदमा रहेका थुनुवाहरुकाे स्वास्थ्य परीक्षणका लागि आज जिल्ला प्रहरी कार्यालय राैतहटकाे प्रांगणमा एकदिने शिविर आयोजना भएको हो । प्रहरी कार्यालय राैतहट र समुदाय प्रहरी सेवा केन्द्र गाैरले साे स्वास्थ्य शिविरकाे आयाेजना गरेकाे हाे । फाइल फोटो प्रादेशिक अस्पताल गाैरका स्वास्थ्य कर्मचारीहरुले स्वास्थ्य परीक्षणमा सहयोग गरेका थिए। फाइल फोटो साे शिविरमा प्रहरी उपरीक्षक बिरबहादुर बुढामगर, प्रहरी नायब उपरीक्षक उमाशंकर यादव, प्रहरी निरीक्षक दिनेश बहादुर कुवंर, प्रहरी निरीक्षक राकेश राइ , प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही साथै ट्राफिक प्र...
मधेश प्रदेशका १०४ सांसदले शपथ लिए

मधेश प्रदेशका १०४ सांसदले शपथ लिए

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
जनकपुरधाम - मधेस प्रदेशका सांसदहरूले पद तथा गोपनियताको शपथ लिएका छन्।मधेसमा १०७ जना सांसद छन्। तीमध्ये आज १०४ जनाले शपथ लिएका हुन्। शपथमा एक संसद अनुपस्थिति थिए भने दुई संसदको शपथ सर्वोच्च अदालतले रोकिदिएको थियो। माओवादीका रज्जी हैदर र माला कर्णको शपथ रोकिएको प्रदेश सभाका निमित्त सचिव रंजित यादवले जानकारी दिए ।शुक्रबार ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका सांसद गोविन्द न्यौपानेले नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाएका हुन्। उनी ७१ वर्षका भए।मधेसमा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादी केन्द्रका ९, नेकपा (एकीकृत समाजवादी) का ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र नागरिक उन्मुक्ति पार्टीका १ तथा स्वतन्त्र ५ जना सांसद छन्। प्रदेश सभा सचिवालयका अनुसार ३८ जना सांसदले मातृ भाषामा शपथ ल...
काेराेना बढेपछि बीरगन्ज नाकामा उच्च सर्तकता

काेराेना बढेपछि बीरगन्ज नाकामा उच्च सर्तकता

ताजा-अपडेट, मुख्य समाचार
पर्सा - छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ। इनरुवा नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ।यसैबीच वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हेल्थ डेस्कको निरीक्षण गरेका छन्। उनले वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन निर्देशन पनि दिए।हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य उपकरण, मास्क, स्यानिटाइजर लगायतका सामग्रीको कुनै कमी हुन नदिने गरी चुस्त राख्न पनि आग्रह गर्दै आवश्यक परेका सामग्री महानगरबाट लिन पनि उनले आग्रह गरे।...
११८ कार्टुन मदिरा बाेकेकाे गाडी‌ सशस्त्र प्रहरी बेलबिछवाकाे नियन्त्रणमा

११८ कार्टुन मदिरा बाेकेकाे गाडी‌ सशस्त्र प्रहरी बेलबिछवाकाे नियन्त्रणमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - गएराति सशस्त्र प्रहरी बल बेलबिछवाले अबैध मदिरा बाेकेकाे गाडी नियन्त्रणमा लिएको छ। आइतबार राति करिब ९‌ बजेकाे समयमा रौतहट जिल्लाको राजदेवी-९ ब्रहम्पुरी स्थित बि.ओ.पि.बेलबिछवाबाट सशस्त्र प्रहरी निरीक्षक उमेश ढकालको कमाण्डमा खटिएका टाेलीले ११८ कार्टुन साेफी मदिरा बरामद गरेको छ। बि.ओ.पि. र प्रहरी चाैकी बेलबिछवाकाे संयुक्त टाेलीले नेपालबाट भारत तर्फ जादै गरेको बिआर २९ एस ९४०४ नम्बरकाे भारतीय बाेलेराे राेकी चेकजाँच गर्दा अन्दाजी मूल्य १ लाख २० हजार बराबरको ११८ कार्टुन साैफी मदिरा बरामद भएको हाे । प्रहरी चौकि बेलबिछवा बाट प्र.स.नि. श्री किशोर ठाकुर र सशस्त्र प्रहरी निरीक्षक उमेश ढकालको कमाण्डमा टाेलीले‌ अन्दाजी मूल्य ५ लाख बराबरको बाेलेराे गाडी र १ लाख २० हजार बराबरको साैफी कुल ६‌ लाख २०‌ हजार बराबरको मदिरा र गाडी‌ नियन्त्रणमा लिएको छ। चेकजाँच गर्ने क्रममै चालक फरार भएको समेत प्...
एमाले र माओवादी बीच सहमति, प्रचण्ड र ओली आलोपालो प्रधानमन्त्री बन्ने

एमाले र माओवादी बीच सहमति, प्रचण्ड र ओली आलोपालो प्रधानमन्त्री बन्ने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ ।माओवादीले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमति भएको हाे ।आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको छलफलमा प्रचण्ड र ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो । अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । १६६ सांसदको समर्थन जुटाएको नेताहरुको दाबी छ ।...