Sunday, July 26
Shadow

९ लाख ९७ हजार बराबरको अवैध लत्ताकपडा चन्द्रपुरमा प्रहरीद्वारा बरामद

राैतहट – प्रहरीले बिहीबार राैतहटकाे चन्द्रपुरबाट भन्सार छली‌ गरी भित्र्याइएको अवैध लत्ताकपडा वेवारिसे अवस्थामा बरामद गरिएको छ ‌।

जिल्लाकाे चन्द्रपुर नगरपालिका -६, तल्लाेबजार स्थित भीत्रि सडक खण्डमा भारतबाट भन्सार छली नेपाल तर्फ भित्र्याई ल्याएको अन्दाजी मुल्य ९ लाख ९७ हजार ८५० बराबरकाे लेडिज उलन कुर्ता, जेन्स कुर्ता सुरुवाल र लेहेङगाहरु वेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय राैतहटका नवनियुक्त सुचना अधिकारी (डिएसपी)‌ उमाशंकर प्रसाद यादवले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभयो।

जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर, रौतहटबाट संयुक्त रुपमा खटीएको प्रहरी गस्ती टोलीले साे अवैध लत्ताकपडा बरामद गरेको उल्लेख छ।

बरामद भएको अवैध लत्ताकपडालाई आवश्यक कारवाहीका लागि आज (शुक्रबार) राजश्व कार्यालय पथलैया बारामा बुझाईएको व्यहोरा जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *