Tuesday, August 11
Shadow

मुख्य समाचार

ठुलाे मात्रामा लागुऔषधसहित ३ जना नियन्त्रणमा

ठुलाे मात्रामा लागुऔषधसहित ३ जना नियन्त्रणमा

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - बुढानीलकण्ठ क्षेत्रमा लागुऔषध कारोबार गर्ने तीनजना पक्राउ परेका छन्। विशेष सूचना पश्चात तत्काल प्रहरी प्रभागका इन्सपेक्टर दीपेन्द्र चन्दको नेतृत्वमा खटिएको टोलिले धादिङका सुदर्शन दाहाल, काठमाडौँका संसार सिटौला र प्रबिना शाहीलाई पक्राउ गरेको छ ।उनीहरुको साथबाट २०३ एम्पुल डाईजापाम, फेनेरगन २१४ एम्पुल, नुफिन २०२ एम्पुल, निट्राजेपाम ७०९ ट्याब्लेट, ३ वटा मोबाईल फोन र ५० हजार नगद बरामद भएको प्रहरीले जनाएको छ ।लागु औषधसहित पक्राउमा परेका ब्यक्तिहरु उपर लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भई रहेको चन्दले बताए।...
निरा आचार्यको हत्यामा संलग्न विक झापाबाट पक्राउ

निरा आचार्यको हत्यामा संलग्न विक झापाबाट पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले झापाबाट विनोद विकलाई पक्राउ गरेको छ ।एआईजी किरण बज्राचार्यको नेतृत्वमा गठित समितिका एक उच्च अधिकृतले अनुसन्धानले सकारात्मक मोड लिएको बताउँदै थप विवरण केही समयपछि सार्वजनिक गर्ने जनाए ।८ वैशाखमा कपनस्थित सरस्वतीनगरको व्यस्त सडकमै सञ्चालन गरिएको भाँडा पसलभित्रै अन्धाधुन्ध चक्कु प्रहारबाट बाग्लुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीया आचार्यको हत्या भएको थियो ।उनले सरस्वतीनगरमा ‘निरु किचेन’ नामको भाँडा पसल चलाउँदै आएकी थिइन् । दिउँसो ३ बजेतिर आचार्यले सञ्चालन गर्दै आएको भाँडा पसलकै काउन्टरमा उनको घाँटी तथा शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेर हत्या गरिएको थियो ।यस घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआइजी किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय अनुसन्धान समिति बनेको थ...
बुद्ध एयरले नयाँ जहाज भित्र्यायाे

बुद्ध एयरले नयाँ जहाज भित्र्यायाे

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । कम्पनीले शुक्रबार १५औँ एटिआर–७२ जहाज भित्र्याएको हो ।बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पु¥याएर एक महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्नेछ । ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र भाडादर पनि स्वतः सस्तो हुने भएकाले ७२ सिटे जहाज भित्र्याइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।योसँगै बुद्ध एयरका १५ एटिआर जहाज पुगेका छन् । यीमध्ये १२ एटिआर-७२ र तीन एटिआर-४२ जहाज छन् । यसअघि बुद्धसँग भएका दुई बिचक्राफ्ट क्यानाडाको कम्पनीलाई बेचेको थियो ।नयाँ जहाज थपिएपछि हाल दैनिक दुईवटा उडान हुँदै आएको धनगढी र सुर्खेत गन्तव्यमा एउटा उडान थप्ने कम्पनीको योजना छ । त्यसैगरी सङ्खुवासभाको तुम्लिङटारमा एटिआर-७२ जहाजबाट उडान भर्ने तयारी छ । कम्पनीले छिट्टै थप ...
१८ जना एसपी एसएसपीका लागि सिफारिस

१८ जना एसपी एसएसपीका लागि सिफारिस

ताजा-अपडेट, मुख्य समाचार
काठमाडाैं - बढुवा समितिकाे सचिवालयले जनपद तर्फ का १८ जना प्रहरी उपरीक्षकलाई प्रहरी बरिष्ठ उपरीक्षक पदका लागि सिफारिस गरेको छ। शुक्रबार बढुवा समितिकाे बैठकबाट उक्त सिफारिस गरिएको हाे ।
नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्यसम्पादन सम्झौताको  समीक्षा कार्यक्रम सम्पन्न

नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्यसम्पादन सम्झौताको समीक्षा कार्यक्रम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरीको कार्ययोजना, २०७९ र चालु आ.व. २०७९/०८० को वार्षिक कार्य सम्पादन सम्झौताको २०७९ साल चैत महिनासम्मको कार्य प्रगति समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय सम्पन्न भएको छ ।कार्यक्रमलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरीले संचालन गर्ने हरेक क्रियाकलापको प्रभावकारिता मापन गर्दै कामको गुणस्तर बढाउँदै लैजानुपर्ने बताउनुभयो । समग्रमा प्रहरीप्रतिको दृष्टिकोण नागरिक र सामाजमा सकारात्मक बनाउन, नागरिकको विश्वास जगाउन र त्यो विश्वासलाई थप अभिवृद्धि गर्न प्रहरीले सीमान्तकृत वर्ग र निम्नस्तरका नागरिकप्रति अझ आत्मीय हुँदै नागरिक सेवामा समर्पित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । नेपाल सरकार र प्रहरी संगठनको लक्ष्य प्राप्तिको लागि सबै प्रहरी कर्मचारीहरूले आफ्नो काम, कर्तव्य र जिम्मेवा...
हत्या अभियोगमा फरार एमाले सांसद महताे उद्याेग समितिमा सिफारिस

हत्या अभियोगमा फरार एमाले सांसद महताे उद्याेग समितिमा सिफारिस

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं । हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी संसदको उद्योग तथा वाणिज्य समिति सदस्यमा सिफारिस भएका छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यमा सांसद कोइलीलाई मनोनयनका लागि प्रस्ताव गरेका हुन् । सांसद कोइरी प्रतिनिधिसभा बैठकमा ३ पटक उपस्थित भएका थिए । त्यसपछि उनी संसदमा उपस्थित भएका छैनन् ।सांसद कोइरीविरूद्ध २०७२ भदौ २५ गते सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको आरोपमा उच्च अदालत जनकपुरबाट थुनामा राखी पुर्पक्ष गर्न आदेश भएको थियो । त्यसपछि सांसद कोइली प्रहरीको फरार सूचीमा छन् ।...
रास्वपाका दुवै नवनिर्वाचित सांसदले लिए सपथ, यादवकाे अनुपस्थित

रास्वपाका दुवै नवनिर्वाचित सांसदले लिए सपथ, यादवकाे अनुपस्थित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन्।उनीहरूलाई प्रतिनिधिसभा कानून समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन्।यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन-२ र वाग्ले तनहुँ-१ बाट निर्वाचित भएका हुन्।शपथग्रहण समारोहमा बारा-२ बाट निर्वाचित सांसद उपेन्द्र यादव भने उपस्थित भएनन्।...
बाटाे नबनेर वर्षाैदेखि पिडा खेप्दै स्थानीय

बाटाे नबनेर वर्षाैदेखि पिडा खेप्दै स्थानीय

ताजा-अपडेट, मुख्य समाचार
गाैर - राैतहट जिल्लाकाे सदरमुकाम स्थित गाैर नगरपालिका-३ मा करिब १०० लामाे बाटाे वर्षाै देखि अलपत्र अवस्थामा रहेको छ । वर्षाै देखि बाटाे नबनेकाे कारण वडा नं ३ का स्थानीयबासी पिडित बनेका हुन् । सदरमुकाम गौरकाे मुख्य चाेक बिपिचाेक काे दक्षिण तर्फ अवस्थित करिब १०० मिटर बाटाे बर्षाै देखि अलपत्र अवस्थामा रहेको छ। अलपत्र अवस्थामा रहेको उक्त बाटाे र ढल समेतकाे निकास नभएको कारण त्यहाँका बासीहरु एक आपसमा झैझगडाकाे विवाद समेत खेप्नु परेकाे हाे । स्थानीय निकायले समेत चासाे नदिँदा स्थानीयहरु पिडित बनेका छन्। गौर नगरपालिका ३ स्थित चन्देश्वर राउतको घर अगाडि वर्षाै देखि दुबै तर्फबाट बाटो सडक मिचेर घर बनाएको कारण सडक सांगुरो भएर अबरुद्ध भएको छ । सांगुरो भएकाे कारण आवतजावत गर्ने सर्वसाधारणलाई समेत कठिनाइ भएको छ ‌। यसरी अबरुद्ध गरिएको सडक कहिले फराकिलो हुनेछ र यहाँको विवाद समाधान हुने भनेर बासिन्दाहरु चिन्त...
माेटरसाइकलकाे ठक्करबाट चितवनमा एक पैदलयात्रुकाे मृत्यु

माेटरसाइकलकाे ठक्करबाट चितवनमा एक पैदलयात्रुकाे मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
चितवन - मोटरसाइकलको ठक्करबाट चितवनको भरतपुर महानगरपालिका-२८, साझापुरमा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् ।गए राति ना२२प ६८०० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।मोटरसाइकल चालक भरतपुर-२७ का ३४ वर्षीय शिवनारायण महतो पनि घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
हात्तीको दाह्रा जस्तो  देखिने बस्तुसहित ३ जना पक्राउ

हात्तीको दाह्रा जस्तो देखिने बस्तुसहित ३ जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - काठमाडौं महानगरपालिका- १६ माछापोखरी स्थितमा अबैध रुपमा हात्तीको दाह्रा जस्तो देखिने बस्तु सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हात्तीको दाह्रा जस्तो देखिने बस्तु ओसार पसार भई रहेको भन्ने गोप्य सुचनाको अधारमा प्रहरी वृत्त बालाजुबाट खटिएका प्रहरी अधिकृत समेतको टोलीले शंकास्पद व्यक्तिहरुको निग्रानी गर्ने क्रममा ३ जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा जिल्ला काभ्रे पलानचोक मन्डन देवपुर गाउँपालिका - ८ घर भई काठमाण्डौ बस्ने बर्ष २२ को रुपेश कुँवर , गोरखा सिरानचोक गाउँपालिका - ८ घर भई हाल काठमाडौं बस्ने बर्ष २० को सबिन गुरुङ र धाद्धिङ निलकण्ठ नगरपालिका- ११ घर भई काठमाण्डौ मनमैजु बस्ने बर्ष ५२ को ओम नारायण श्रेष्ठ रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। शंकास्पद अवस्थामा फेला परेका व्यक्तिहरुको शरीर तथा झोला रितपुर्वक खानतलसी गर्ने क्रममा निजहरुले बोकेको झोला भित्र लुक...