Tuesday, August 11
Shadow

मुख्य समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण: तत्कालीन गृहमन्त्री खाँण तानिए

नक्कली भुटानी शरणार्थी प्रकरण: तत्कालीन गृहमन्त्री खाँण तानिए

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न मुख्य व्यक्तिहरुलाई जोगाउने र कतिपय असम्बन्धित एमाले नेताहरुलाई प्रतिशोधको शैलीमा फसाउने चलखेल प्रष्ट देखिएको भन्दै प्रधानमन्त्री प्रचण्डसँग जवाफ मागेका छन् ।प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष ओलीले अहिले भइरहेको छानबिन, पक्राउ परेका व्यक्ति र उनीहरुले दिएका बयानसमेत साटफेर भएको भरपर्दो ‘सूचना शेयर’ गरेपछि २०७९ चैत १३ मा अभियुक्त सानु भण्डारीले दिएको बयान ‘होल्ड’ गरेर नयाँ प्रक्रियाबाट छानबिन थालिएको खुलेको छ ।यो प्रकरणमा सबैभन्दा निर्णायक भूमिका खेल्ने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई जोगाउन खोजिएको पाइएपछि शीर्ष राजनीतिक तहमा हलचल पैदा भएको हो । विभिन्न व्यक्तिसँग पैसा उठाएका मुख्य अभियुक्तहरुले बादल गृहमन्त्री भएका बेला काम नहुँदै सरकार ढलेपछि बालकृष्ण खाँण गृहमन्त्री भएपछि ...
ब्राउन सुगर तस्करी गर्ने दिदीबहिनी विमानस्थलबाट पक्राउ

ब्राउन सुगर तस्करी गर्ने दिदीबहिनी विमानस्थलबाट पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । स्यानेटरी प्याडभित्र लुकाएर लागुऔषध ब्राउन सुगर तस्करी गर्ने दिदीबहिनी झापामा पक्राउ परेका छन् । भद्रपुरबाट काठमाडौं आउन लाग्दा भद्रपुर विमानस्थलमा प्रहरीले सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी सन्ध्या श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको हो । सोनीले प्याडभित्र लुकाएर ७६ ग्राम लागुऔषध तस्करी गर्न लागेको प्रहरीले जनाएको छ । विमानस्थलको चेकिङमा उनी पक्राउ परेकी हुन् । हैटौंडा घर भएका उनीहरु बुद्ध एयरको उडानबाट काठमाडौं आउन लागेका थिए । उनीहरुलाई परिचालन गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
मणिपुरमा देख्नासाथ गोली हान्न आदेश, राज्यभर कर्फ्यु

मणिपुरमा देख्नासाथ गोली हान्न आदेश, राज्यभर कर्फ्यु

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
नयाँ दिल्ली। मणिपुरमा अल ट्राइबल स्टुडेन्ट्स युनियनद्वारा आयोजित एक र्‍याली हिंसात्मक बनेपछि प्रशासनले देख्नासाथ गोली चलाउने आदेश सुरक्षाकर्मीलाई दिएको छ।राज्यका अधिकांश जिल्लामा कर्फ्यु लगाइएको छ। स्थिति नियन्त्रणमा लिन सेना र असम राइफल्सका जवानहरूलाई तैनाथ गरिएको छ।यसअघि सेनाले राज्य प्रहरीसँग मिलेर धेरै ठाउँमा हिंसा नियन्त्रण गरेको र गस्ती पनि गरेको बताएको थियो।बुधवारदेखि तत्काल लागू हुने गरी पाँच दिनका लागि राज्यभर मोबाइल तथा इन्टरनेट सेवा निलम्बन गरिएको छ।तर, यो व्यापक हिंसाका सम्बन्धमा सामाजिक सञ्जालमा शेअर भएका तस्बिर र भिडियोमा धेरै ठाउँमा घर जलेको देख्न सकिन्छ । भिडियोमा केही व्यक्तिहरू चुराचांदपुरमा एउटा हतियार पसलमा घुसेर बन्दुक लुट्दै गरेको देख्न सकिन्छ।मिडियामा आइरहेका समाचार अनुसार यो हिंसामा अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भइसकेको छ।केन्द्रीय गृहमन्त्री अमित शाहले बिहीवार...
फुली लगाउने गृहसचिवकै हातमा प्रहरीकाे हत्कडी

फुली लगाउने गृहसचिवकै हातमा प्रहरीकाे हत्कडी

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । गत वर्ष नेपाल प्रहरीका महानिरीक्षकलाई फुली लगाइदिने तत्कालिन गृहसचिव टेकनारायण पान्डे बुधबार प्रहरी हिरासतमा पुगेका छन् । भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं ठगीको घटनामा उनको समेत संलग्नता पुष्टि भएको हो ।गत वर्ष १९ बैशाखमा पान्डेले आइजिपीमा नियुक्त भएका धिरजप्रताप सिंहलाई गृह मन्त्रालयमा फुली लगाइदिदै बधाई दिएका थिए । पछिल्लो समय उनी उपराष्ट्रपति कार्यालयमा कार्यरत थिए ।गृहमै हुँदा लोभमा फस्दा उनी अहिले प्रहरी हिरासतमा पुगेका हुन् । अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहसँग उनले पनि लाभ लिएको पुष्टि भएको थियो । पक्राउ परेका सानु भन्डारीसँग उनले पैसा लिएको पुष्टि भएपछि प्रहरीले पक्राउ पूर्जीका लागि अदालतलाई लेखेको थियो । अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनी आफै प्रहरी कार्यालय पुगेका थिए, जहाँ उनलाई हिरासतमा लिइएको हो ।यसरी कुनै दिन आइजिपीलाई फुली ल...
नेपाल प्रहरीका क्रिकेट खेलाडीहरु सम्मानित

नेपाल प्रहरीका क्रिकेट खेलाडीहरु सम्मानित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी हालै सम्पन्न “एसीसी प्रिमियर कप-२०२३” लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका ६ जना क्रिकेट खेलाडीहरूलाई सम्मान गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रमबीच उहाँहरूलाई प्रशंसापत्र तथा नगद पुरस्कारद्वारा सम्मान गर्नुभएको हो । सम्मानित हुने खेलाडीहरूमा प्रहरी कर्मचारीहरू नेपाल पुलिस क्रिकेट टिमका क्याप्टेन दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी एवम् नेपाल प्रहरीमा आवद्ध करण केसी र गुल्सन झा रहेका छन् ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी संगठन र राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी भई हालै सम्पन्न भएको एसीसी प्रिमियर कप-२०२३ मा उत...
कानुनको दायरा भित्र रहेर काम गर्न भर्चुअलबाट डिआईजी भट्टराईको निर्देशन

कानुनको दायरा भित्र रहेर काम गर्न भर्चुअलबाट डिआईजी भट्टराईको निर्देशन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
जनकपुर । मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी जनक भट्टराईले मधेश प्रदेश मातहत सबै जिल्ला प्रहरी कार्यालयहरुलाई भर्चुअल माध्यमबाट वार्षिक कार्यसम्पादन सम्झौताको प्रगति समिक्षा तथा साप्ताहिक प्रगति समिक्षाका साथै निर्देशन सम्बोधन गर्नु भएको हो ।वार्षिक कार्यसम्पादन सम्झौता समिक्षा अन्तर्गत चैत्र महिनासम्म मातहतबाट भएका कार्यहरुको समिक्षा गर्नु भएको साथै निर्देशन सम्बोधनको क्रममा डिआईजीले कार्यसम्पादन सम्झौता अनुरुप लक्ष्य प्राप्त गर्न नसकेका कार्यालयहरुलाई लक्ष्य प्राप्तिका लागि गर्नु पर्ने कार्यहरुलाई उच्च प्राथमिकतामा राखी कानुनको परिधी र संगठनको सिद्धान्तभित्र रहेर काम गर्न निर्देशन समेत दिनु भएको थियो । साप्ताहिक प्रगति समिक्षा अन्तर्गत अघिल्लो हप्ता र गत हप्तामा भएका प्रगतिबारे समिक्षा गर्नु भई निर्देशन सम्बोधनको क्रममा जिल्ला प्रहरी प्रमुखहरु तथा मातहत ईलाका र प्रहरी चौकीहरुको निरीक...
२१ ठाउँमा थपिए बिओपी, जनशक्ति अझै बाँकी

२१ ठाउँमा थपिए बिओपी, जनशक्ति अझै बाँकी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सङ्गठनमा राजनीतिक हस्तक्षेप नभएको बताएका छन् । सोमबार सशस्त्र प्रहरी मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अर्यालले राजनीतिक हस्तक्षेप नभएको दाबी गरेका हुन् ।सशस्त्र प्रहरी नियमावली र कार्यविधि अनुसार सरुवा र बढुवा गरेको अर्यालले बताए । उनले भने, ‘योग्यता र क्षमता अनुसार सरुवा र बढुवा गरेका छौँ ।’सशस्त्र प्रहरीको जनशक्ति कम भएको उल्लेख गर्दै आईजीपी अर्यालले थोरै जनशक्तिको बावजुद पनि सिमानामा बिओपीको सङ्ख्या थप्ने बताए । अर्यालले भने–‘जनशक्ति नथपिए पनि बोर्डर आउट पोस्ट थपेका छौँ ।’संरचनात्मक कार्य अन्तर्गत सशस्त्र प्रहरीले सीमा सुरक्षा चौकीहरू थप गर्दै लाने योजना बनाएको छ । पछिल्लो समय झापा, बारा, दाङ, बर्दिया र दार्चुला लगायतका २१ ठाउँमा बिओपी स्थापना गरिएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार बिओपीको सङ्ख्या २ सय २९ पुगेको छ ।...
सिक्रीका कारण निर्ममतापूर्वक आचार्यको हत्या !

सिक्रीका कारण निर्ममतापूर्वक आचार्यको हत्या !

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । गत बैसाख ७ गते सरस्वतीनगर स्थित व्यवसायी निरा पाण्डे आचार्यको निर्ममता पूर्वक हत्या भयो । मृतकको प्रारम्भिक रिपोर्टका आधारमा शरीरभर १७/१८ स्थानमा छुरी घोपेको देखिएपछि प्रहरी झस्किएको थियो । यो लुटपाटको उद्देश्यले मात्र नभई ठूलो रिसाइबीले हत्या हुन सक्ने प्रहरीको अनुमान थियो । तर आज प्रहरीले पत्रकार सम्मेलन गर्दै चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका आचार्यको हत्या रिसाइबीको कारण नभई लुटपाटकै उद्देश्यले भएको बताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुनको सिक्री लुट्ने उद्देश्यले हत्या भएको देखिएको बताए ।हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट अभियुक्त विनोद विकलाई शनिबार पक्राउ गरेको थियो । अभियुक्तले गलाको सिक्रीका साथै काउन्टरमा भएको ११/१२ हजार रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक...
बिहे गर्न अस्वीकार गरेपछि प्रेमी केटाकै घर पुगेर गरिन् आत्महत्या

बिहे गर्न अस्वीकार गरेपछि प्रेमी केटाकै घर पुगेर गरिन् आत्महत्या

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै एक बीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठले प्रेमी सुजन ढकालको घरमै गएर आत्महत्या गरेकी छन् । केटा पक्षको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरेकी हुन् ।३४ वर्षीय अनुमा श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा बोहोराटारस्थित प्रेमी सुजन ढकालको घरमा शव भेटिएको प्रहरीले जनाएको छ । शनिवार अपराह्न ३ः५२ बजे अनुमाले आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । नारायणगढमा रहेका मृतक अनुमाको परिवार काठमाडौँ आएपछि शनिवार राती मुचुल्का तयार पारी शव उठाइएको छ ।उनका प्रेमी भनिएका सुजन ढकाल कान्ति वाल अस्पतालका डाक्टर हुन् ।...
२ महिला लागुऔषध र नगदसहित ईमाडाेलबाट पक्राउ

२ महिला लागुऔषध र नगदसहित ईमाडाेलबाट पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
ललितपुर । महालक्ष्मी नगरपालिका-६ ईमाडोल सितल हाईटबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । दोलखा विभु घर भई ललितपुर सितल हाईट बस्ने ४५ वर्षीय पेम्बा शेर्पा र बिमला थापा क्षेत्रीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले गाँजा ३ किलो र नगद १ लाख १३ हजार रूपैयाँसहित उनीहरुलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई उक्त लागूऔषध र नगदसहित फेला पारी पक्राउ गरेको हो ।ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.६ सितलहाईट स्थितमा रहेको पेम्बा शेर्पाले संचालन गरेको शेर्पा कटेज एण्ड रेस्टुरेन्टमा लागु औषधको कारोबार हुदै छ भन्ने बिशेष सुचनाको आधारमा ललितपुर प्रहरीले छापामारको हो ।प्रहरीले महालक्ष्मी नगरपालिका वडा नं ६ सितलहाईट स्थित कृष्ण महर्जनको जग्गा जिल्लादोलखा बिगु ७ घर भएकी बर्ष ४५ की पेम्बा शेर्पाले भाडामा लिई टहरा निर्माण गरी र पश्चिम दक...