Tuesday, August 11
Shadow

मुख्य समाचार

श्रीमतीकाे हत्या गरेर फरार भएका व्यक्ति १८ वर्षपछि सिआईबीकाे फन्दामा

श्रीमतीकाे हत्या गरेर फरार भएका व्यक्ति १८ वर्षपछि सिआईबीकाे फन्दामा

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - श्रीमतीको हत्यापछि फरार भएका आरोपीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १८ वर्षपछि पक्राउ गरेको छ ।रुपन्देहीको सैनामैना नगरपालिका–स्थित बुद्धनगर घर भएका खुमे दर्जी उर्फ गोपाललाई काठमाडौँबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका सूचना अधिकारी (एसपी) सञ्जय सिंह थापाले जानकारी दिए ।२०६१ मङ्सिरमा दर्जीले चिर्पट प्रहार गरेर ४० बर्सिया राधिका दर्जीको हत्या गरेका थिए । मादक पदार्थ सेवन गरेको विषयमा विवाद हुँदा हत्या भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि भारतमा गएका खुमे त्यहाँ ३० वर्ष बसेका थिए । त्यसपछि काठमाडौँमा आएर जमुना दर्जीसँग चौथो विवाह गरेको बसेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।काठमाडौँको क्षेत्रपाटीमा बस्ने खुमे दर्जीले आफ्नो वास्तविक परिचय लुकाएर दीपक रानाको नामले चिनाउने गरेका थिए । आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय बुटवल...
रूपन्देहीमा घुमुवाको सिन्डिकेट तोडिए पनि केहि अझै पैसा असुलिमा

रूपन्देहीमा घुमुवाको सिन्डिकेट तोडिए पनि केहि अझै पैसा असुलिमा

ताजा-अपडेट, मुख्य समाचार
रूपन्देही । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुंवरले पदबाहली गरेसंगै र लुम्बिनी प्रदेशमा उमेश राज जोशीले नेतृत्व लिए संगै स्थानीय प्रहरीमा परिवर्तनका केही संकेतहरू देखिन थालेका छन् । बर्षाै देखि जरा गाडेर बसेका केही बदनाम घुमुवाहरू लखेटिएका भए पनि अझै केही भने मातहतका थाना चौकीमा बसेर आफ्नो असुली धन्दा चलाई रहेकै छन् । रूपन्देहीमा घुमुवाका रूपमा होस या मातहतका सीमावर्ती तस्करी हुने नाकामा बसेर बदनाम भएका असई कमल भट्टराई रोल्पा लखेटिएका छन् । उनलाई कसैले हल्लाउन सकेको थिएन ।नवजनप्रहार साप्ताहिकले उनको असली धन्दाको उजागर गरे पछि डिआइजी जोशीले छानबिन गरे पश्चात् उनलाई नेटो कटाएका हुन ।तर उनकै छत्रछायामा भैरहवामा लामो समयदेखि बसिरहन सफल अन्य भने अझै रूपन्देहीमा नै कार्यरत रहिरहेका छन् । हवल्दार जन्तलाल गुप्ता असई कमल भट्टराई जिल्लामा घुमुवा हुदा घुमुवा नै तस्करीको नाकामा जादा त्यही जाने गरिरह...
फायर ब्रिगेड बिहिन राैतहट जिल्ला

फायर ब्रिगेड बिहिन राैतहट जिल्ला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - १८ वटा पालिका भएकाे राैतहट जिल्ला वारुणयन्त्र बिहिन बनेकाे छ । राैतहटकाे गाैर नगरपालिकामा रहेकाे वारुणयन्त्र (फायर बिग्रेड) पनि मंगलवार राती दुर्घटनाग्रस्त भएको छ । गौर नपाको ना.१ ग. ७८८ नम्वरको बारुण यन्त्र गढवामा दुर्घटना हुँदा चालक करिम सहित पाँच जना घाईते भएका थिए। दुर्घटनाग्रस्त वारुणयन्त्र घाइतेहरुकाे उचित उपचारपछि सबैकाे स्वास्थ्य अवस्था सामान्य छन् । एउटै बाटाेकाे लागि कराेडाै खर्चिने पालिकाहरु एउटा वारुणयन्त्र खरिद गर्न नसकेकाे निकै दुखद हाे । १८ वटा पालिकामा चपुर मा एउटा वारुणयन्त्र भएपनि अन्य पालिका वारुणयन्त्र बिहिन बनेकाे छ ‌। केही पालिकाले वारुणयन्त्र खरिद गर्ने प्रतिबद्धता गरेपनि हालसम्म कुनै प्रक्रिया अघि सर्न सकेकाे छैन । जिल्ला समन्वय समितिका प्रमुख रामअयोध्या राय यादवका अनुसार सबै पालिका आफ्नै बजेट र समस्यामा भएपनि ठुलाे चुनौती भनेकाे वारुणयन्त्र हाे ‌।...
लुम्बिनी प्रदेशको नवनियुक्त मुख्यमन्त्री चाैधरीकाे आज सपथ समारोह

लुम्बिनी प्रदेशको नवनियुक्त मुख्यमन्त्री चाैधरीकाे आज सपथ समारोह

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
लुम्बिनी - लुम्बिनी प्रदेशको नवनियुक्त मुख्यमन्त्री कांग्रेसका डिल्लिबहादुर चौधरीले आज सपथ ग्रहण गर्दै छन्। बिहिबार नियुक्त मुख्यमन्त्री चौधरीले आज सपथ लिन लागेका हुन्।  प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई सम्बिधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेको थिए। चौधरी प्रदेश सभाको बहुमत ५३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्री लिला गिरिले गत सोमबार प्रदेश सभामा विश्वासको मत नपाएपछी प्रदेश प्रमुख शेरचनले मंगलबार नयाँ सरकार गठनका लागि आव्हान गरेका थिए।...
आगजनी गरेको आरोपमा जडिबुटीबाट एक जना पक्राउ

आगजनी गरेको आरोपमा जडिबुटीबाट एक जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
गुल्मी - जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ । इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिए ।उनले १० वैशाखमा जडीबुटी उद्यानमा आगो लगाएको प्रमाणित भएपछि पक्राउ गरिएको हो । गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आगजनीमा संलग्न बस्नेतमाथि अनुसन्धान थालिएको छ । लुम्बिनी प्रदेश सरकार र डिभिजन वन कार्यालय गुल्मीको एक करोडभन्दा बढी लगानीमा जडीबुटी उद्यान निर्माण गरिएको थियो ।उक्त वन उद्यानमा रोपण गरिएका एक सयभन्दा बढी विभिन्न प्रजातिका बहुमूल्य जडीबुटी आगलागीबाट जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ । आधा हेक्टर वन क्षेत्रमा आगलागी भएको थियो । वन ऐन, २०७६ अनुसार वन क्षेत्रमा आगजनी गर्ने व्यक्तिलाई ६० हजार जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने प्रावधान रहेको छ...
डिआईजी भट्टराईकाे सर्लाही अनुगमन ( फाेटाे फिचर )

डिआईजी भट्टराईकाे सर्लाही अनुगमन ( फाेटाे फिचर )

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सर्लाही - मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले सर्लाही अनुगमन गर्नु भएको छ ‌। बिहिबार डिआइजी भट्टराई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सिमाना र मातहत ईकाईका प्रमुखहरुको उपस्थितिमा जिल्लाकाे परिस्थितिबारे जानकारी लिनुभयाे । अहिले बदलिदो परिवेश अनुसार नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्ने, सिमा क्षेत्रमा हुने चोरी, तस्करी विरुद्ध कडाईका साथ प्रस्तुत भई काम गर्ने विषय लगायत सामसामयिक विषयहरुमा उच्च मनोवलका साथ त्रृटी रहित ढंगबाट कार्य सम्पादन गर्ने भनी निर्देशन सम्बोधन गर्नुभयो ‌ । मधेश प्रदेशमा धनुषा,सिरहा, सप्तरी,महाेत्तरी,बारा, पर्सा, सर्लाही र धनुषा गरी ८ वटा जिल्लाहरू छन् ‌ । प्रदेशका ८ वटा जिल्लाहरु डिआइजी जनक भट्टराईकाे भुमिका अहम रहेने अपेक्षा गरिएको छ।...
शाखा अधिकृत र सहयोगी घुसकाे ४७ हजार रकमसहित अख्तियारकाे फन्दामा

शाखा अधिकृत र सहयोगी घुसकाे ४७ हजार रकमसहित अख्तियारकाे फन्दामा

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । उद्योग बिभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापा घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार अपराह्न ४ बजे नियन्त्रणमा लिएको छ ।अधिकृत घिमिरे र थापाले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।कार्यालय सहयोगी थापालाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ र घिमिरेलाई ३७ हजार ५ सय ३५ रुपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।...
ललितपुरबाट नक्कली नाेट छाप्ने प्रिन्टरसहित २ जना पक्राउ

ललितपुरबाट नक्कली नाेट छाप्ने प्रिन्टरसहित २ जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
ललितपुर । सामान्य प्रिन्टरबाटनै नक्कली नेपाली नोट प्रिन्ट गरेर बजारमा भित्र्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिका–३ स्थायी घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका– १३ झरुवारासी बस्ने वर्ष ३६ को जिवन भन्ने सुरेश तामाङले पाँच किलो ग्राम मैदा र दुई लिटर खाने तेल किनेर सो बापत जाली नेपाली रूपैया एक हजारको नोट दिएको भनि तत्काल जिल्ला ललितपुर गोदावरी नगरपालिका – १३ झरुवारासी स्थितमा किराना पसल गर्ने दिनेश तिमल्सिनाले फोन मार्फत प्रहरीलाई जानकारी गराएका थिए । जसपछि तिमल्सिनाको किराना पसल अगाडीबाट जिवनलाई खोटा नोटसहित नियन्त्रणमा लिएको थियो । उनको साथबाट प्रहरीले नेपाली रूपैया एक हजारको नोट १ थान, पाचँ सयको नोट १ थान र एक सयको नोट १ थान बरामद गरिएको हो । जिवनलाई नियन्त्रणमा लिई मुद्रा सम्वन्धी कसुरमा सम्मानित ललितपुर जिल्ला अदालतबाट पहिला पटक दिन ५ ...
एसईई दिएका नक्कली परीक्षार्थीहरु धराैटीमा रिहा

एसईई दिएका नक्कली परीक्षार्थीहरु धराैटीमा रिहा

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
विराटनगर । अर्काको नाममा एसईई परीक्षा दिएको आरोपमा पक्राउ परेका सबै परीक्षार्थी छुटेका छन् ।जिल्ला अदालत मोरङले १८ वर्ष उमेर पुगेका परीक्षार्थीलाई धरौटी र नाबालक परीक्षार्थीलाई अभिभावकको जिम्मा लगाउने आदेश दिएको हो ।जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इलजासले थुनछेक बहसपछि १८ वर्ष उमेर पुगेका १६० जना परीक्षार्थीलाई जनही ४० हजार रूपैयाँ धरौटीमा पूर्पक्षका लागि छाड्ने आदेश दिएको हो ।आदेशपछि १६० जना परीक्षार्थी धरौटी बुझाएर छुटेका छन् । ३४ जना नाबालक परीक्षार्थीलाई भने अभिभावकको जिम्मा लगाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।नक्कली परीक्षार्थी परिचालन गर्ने इन्स्टिच्युटका सञ्चालक धरानका सन्तोष राईलाई भने अदालतले दुई वटा मुद्दामा एक–एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।अर्काको नाममा परीक्षा दिएको आरोपमा मोरङका तीन वटा परीक्षा केन्द्रबाट गत चैत २२ र २३ गत...
दाङ : बञ्चराेबाट आफ्नै श्रीमानको हत्या

दाङ : बञ्चराेबाट आफ्नै श्रीमानको हत्या

ताजा-अपडेट, मुख्य समाचार
दाङ – दाङमा एक महिलाले बञ्चरो प्रहार गरी श्रीमानको हत्या गरेकी छन्।बंगलाचुली गाउँपालिका वडा नं. १ सिउजाडाँडामा ५७ वर्षीया केशरादेवी दमाइले ६४ वर्षीय श्रीमान रेशमबहादुर दमाइको हत्या गरेकी हुन्।जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार बिहीबार बिहान ९ बजेतिर आपसी विवाद हुँदा श्रीमतीले श्रीमानमाथि बञ्चरोले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले हत्या आरोपमा केशरादेवीलाई पक्राउ गरेको छ।घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय कमिरेचौरबाट प्रहरी सहायक निरीक्षक सहदेव योगीको कमाण्डमा टोली खटिएको थियो।घटनाको कारण खुलिनसकेको कार्यालयले जनाएको छ।...