Wednesday, August 5
Shadow

मुख्य समाचार

बम विस्फोटनमा परि ३० जना घाइते

बम विस्फोटनमा परि ३० जना घाइते

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क । पाकिस्तानको एउटा मस्जिदनजिकै भएको बम विस्फोटनको घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरुले अरु ५६ जना घाइते भएका र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । घाइतेहरुको अवस्था हेर्दा मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सकहरुले अनुमान गरेका छन् । देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने खैबर पख्तुन्ख प्रान्तको पेशावर सहरमा शुक्रबार घटना भएको प्रहरीले जनाएको छ।विस्फोटनको सूचना पाउने बित्तिकै सुरक्षाकर्मीहरु घटनास्थलमा पुगेका थिए । प्रहरीले तत्कालै घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएको थियो । सुरक्षाकर्मी तथा उद्धारकर्ताहरुले घटनामा पिडित भएकाहरुलाई तत्कालै उद्वार गरेर स्थानीय विभिन्न अस्पताल लगेका थिए ।...
गैर ढंगले गरिएको तोडफोडमा दुई जना पक्राउ

गैर ढंगले गरिएको तोडफोडमा दुई जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । रौतहट । जिल्लाको सदरमुकाम गौरमा रहेको जुद्ध उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरुले तोडफोड तथा आगजनी गरेका छन । गैर ढंगले गरिएको तोडफोडमा २ जना पक्राउ परेका छन् । विद्यालयले एउटै विद्यालयमा दुई थरीको शुल्क उठाएको विद्यार्थीहरुको भनाई छ । केही महिना पहिले विद्यालयले चर्को शुल्क उठाएको भन्दै आन्दोलित भएका थिए । आन्दोलन पश्चात विद्यालय प्रशासन, अभिवावक र विद्यार्थीहरुले बीच बसेको बैठकबाट ८ बुँदे माँग पुरा गर्ने निर्णय भएको थियो । विद्यार्थीका अनुसार शुल्क मिनाह भएपनि अवैध तरिकाले असुल गरेको शुल्क अझै फिर्ता पाउन सकेका छैनन् । विद्यार्थीहरुले गरेको हिंसात्मक रवैयालाई विद्यालय प्रशासनले आलोचना गरेका छन् । केहि विवाद परेमा तर्कले सामाधान तिर लाग्नुपर्नेमा विद्यार्थीहरुले हिंसालाई बढावा दिएको विद्यालय प्रशासनको भनाई छ । विद्यालयका शिक्षकहरुलाई समेत हातपात गरिएको प्रत...
गौरको जुद्ध विद्यालयमा तोडफोड तथा आगजनी

गौरको जुद्ध विद्यालयमा तोडफोड तथा आगजनी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सच तक नेपाल डेस्क, रौतहट । रौतहटको गौरमा रहेको जुद्ध उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरुले तोडफोड तथा आगजनी गरेका छन । सामुदायिक विद्यालयले अभिभावकहरुलाई ठग्दै अवैधरुपमा शुल्क उठाएको थियो । सो अवैधरुपमा ठगिएको शुल्क फिर्ता गर्ने सहितको विद्यार्थीहरुले ८ बुंदे माँग राखेका थिए । विद्यालयका प्रधानध्यापक चन्देश्वर राउतले सो ८ बुँदे माग पुरा गर्ने समेत वाचा गरेका थिए । तर वाचा पुरा भएन् । फलस्वरुप आज विद्यार्थीहरु आन्दोलित भइ आगजनी तथा तोडफोड गरेका छन् । दादागिरि शैलीमा शुल्क उठाएको विरोधमा आज विद्यार्थीहरुले तोडफोड तथा आगजनी गरेका हुन । अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही गरेको छ । तर रौतहटको गौरमा रहेको देशकै जेठो मध्येको एक जुद्ध उच्च माध्यमीक विद्यालयले विद्यार्थीहरुबाट गैरकानू...
ग्वार्कोमा स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु

ग्वार्कोमा स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । रौतहट । ललितपुरको ग्वार्कोमा बिहीबार बेलुकी स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट घर भई ललितपुरकै बालकुमारी बस्ने ६ वर्षीया अनुस्का जैसवाल रहेकी छिन् । बिहीबार बेलुकी ७ बजे पैदल हिडिरहेकी उनलाई नम्बर नखुलेको स्कुटरले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ग्वार्को स्थित बि एण्ड बि अस्पतालमा राती पौने १२ बजे मृत्यु भएको हो । दुर्घटना पश्चात् फरार भएका स्कुटर सहित चालकको खोजी भइरहेको प्रहरी प्रभाग मंगलबजारले जनाएको छ ।...
एमसीसीको विरुद्धमा ६ पार्टीले गरे खुलामञ्च्चमा जनसभा

एमसीसीको विरुद्धमा ६ पार्टीले गरे खुलामञ्च्चमा जनसभा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क । काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा आज शुक्रबार राजधानीको खुलामञ्चमा जनसभा गर्दैछन् । गत आइतबार संसदबाट एमसीसी अनुमोदन भएपछि चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका वाम पार्टीहरुले आज माइतीघर, कुपोन्डोल, त्रिपुरेश्वर र दरबारमार्गबाट र्‍याली निकालेर खुलामञ्चमा जनसभा आयोजना गर्न लागेका हुन् । बिहान ११ बजे र्‍याली सुरु हुने र १२ बजे सभा हुने जनाइएको छ । नेकपा,नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी एमसीसी सम्झौताविरुद्ध छन् । यो मोर्चाले २२ फागुनमा बुद्धिजीवीसँग अन्तर्क्रिया गर्दैछ भने २४ फागुनमा देशव्यापी विरोध प्रदर्शन र स...
युवा नेता राम बहादुर रायद्वारा महारुद्र यज्ञको उद्दघाटन

युवा नेता राम बहादुर रायद्वारा महारुद्र यज्ञको उद्दघाटन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल। सर्लाहीको बरहथवा नगरपालिका ३ ( हजरिया) मा श्री महारुद्र वावण अवतार (१५१ मुर्ति दर्शन ) एवम तेस्रो पन्च बार्षिक मेला महोत्सव २०७८ आज देखि शुरु भएको छ । आज ५०५१ कन्या कुमारीद्वारा कलश शोभा यात्रा निकाली यज्ञ शुरु भएको हो । बरहथवा नगरपालिकाले, यज्ञको आयोजना गरेको हो । सो यज्ञको आज बिधिवत रुपमा एमाले मधेस प्रदेश कमिटी सदस्य राम बहादुर राय यादवले उदघाटन गर्नु भएको छ । सन्त श्री राम रतन दास र शंकर भगवान मन्दिर बिकास समिती हजरियाको तत्वधानमा बरहथवा नगरपालिकाद्वारा आयोजित यज्ञमा एमाले मधेश प्रदेश कमिटी सदस्य तथा क्षेत्र न. ४ का एमाले नेता राम बहादुर राय ( राम बाबू )द्वारा यज्ञ स्थल सहित सर्लाही -४ क्षेत्रै भरी नै हेलिकप्टरबाट फुलको वर्षा गराईयो ।...
रामनगर गाउँपालिकाको अध्यक्षमा जसपाबाट मनोज यादवको चर्चा

रामनगर गाउँपालिकाको अध्यक्षमा जसपाबाट मनोज यादवको चर्चा

banner-news-1, मुख्य समाचार, राजनीति
सचतक नेपाल फागुन १६ , सर्लाही । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसंगै गाउँ गाउँमा चुनावी माहोल बनेको छ । सर्लाहीको राम नगर गाउँपालिकाको अध्यक्ष पदमा युवा , शिक्षित उम्मेदवार मनोज यादवको व्यापक चर्चा चुलिएको छ । हालको निर्वाचित गाउँपालिका अध्यक्ष -उपाध्यक्ष लगायतका जनप्रतिनिधिहरुले काम नगरेकोले नयाँ नेतृत्व ल्याउने नगरवासीको चाहना रहेको छ । युवाहरुमाझ लोकप्रिय नेता यादव अध्यक्षमा आउनुपर्ने युवा पुस्ताको माग पछी जनता समाजबादि नेपालको तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका हुन । यादव पछिल्लो समय गाउँलिकामा विभिन्न विकास निर्माणका कामहरु गराई जनतामा आशा जगाएका हुन् ।रामनगर गाउँपालिका को राजनीति मा राम्रो प्रभाव रहेको र रामनगर गाउँ पालिका मा विकासका कार्य मा धेरै सहयोग गरेको ले यादव अध्यक्ष मा चुनाव जित्ने लगभग निश्चित देखिन्छ।...
गोपाल सेवा समितिको सर्लाही जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न

गोपाल सेवा समितिको सर्लाही जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
  सचतक नेपाल फागुन १४ , गोपाल सेवा समितीको सर्लाही जिल्ला समेलन कार्यक्रम सम्पन्न भएको छ । सर्लाहीको बरहथवा नगरपालिका १३ बिनवाटोलमा शनिबार गोपाल सेवा समितिको जिल्ला समेलन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बक्ताहरुले यादवको गढ मानिने जिल्ला मध्ये एक रहेको सर्लाहीको जिल्ला समेलनमा न्यून उपस्थितले दु:ख व्यक्त गरे । सर्लाहिको जुनसुकै ठाउँमा यादव समाजको बाक्लो बसाई रहे ता पनि यादवको हक ,हितका लागि आयोजन गरिएको जिल्ला समेलनमा न्यून उपस्थित हुनु दुर्भाग्यपूर्ण रहेको बताए । बक्ताहरुले यादवहरु आफ्नो काममा उपस्थित नहुनु र अर्काको काममा सरिक हुन बानि परेको बताए । त्यसमा सुधार गर्नु अति आवस्यक रहेको धारणा राखेको थियो। कार्यक्रममा बिशिस्ट अथितिका रुपमा रहेका प्रदेश सभा सदस्य अशोक यादवले आफू यादव समुदायको सम्वर्दन र उत्थानका लागि हरदम तात्पर रहेको धारणा व्यक्त गरे । सदस्य यादवले भ...
विभिन्न पार्टी परित्याग गरि ३ सय जना एमालेमा प्रवेश

विभिन्न पार्टी परित्याग गरि ३ सय जना एमालेमा प्रवेश

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
फागुन १२ सर्लाही । सर्लाहीको बलरामा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेकपा एमालेमा प्रवेश गरेका छन । बलरा नगरपालिका १ वडा कमिटीद्वारा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रबेश कार्यक्रममा माओवादी केन्द्र परित्याग गरि गणेश गीरिको नेतृत्वमा ३०० भन्दा बढी नेकपा एमालेमा प्रबेश गरेका छन । नव प्रबेशी सबैलाई मधेश प्रदेश कमिटी सदस्य राम बाबू राय ( राम बहादुर )ले अबिर माला लागाई पार्टीमा स्वागत गरेका हुन ।...
रौतहटबाट १५ लाख २५ हजारको भन्सार छलिका चावल बरामद

रौतहटबाट १५ लाख २५ हजारको भन्सार छलिका चावल बरामद

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल । रौतहट प्रहरीले भारी मात्रामा भन्सार छलिका चावल बरामद गरेको छ ्। जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलिले गौर नपा १ नेपाल लौज्बाट भन्सार छली , चोरी, पैठारी गरि प्रदेश २-०३- ००१ च २१३८ नम्बरको पिक अप (बोलोरो)मा लोड गरि ल्याउदै गरेको करिब १५,२५००० बराबरको चावल बरामद गरेको हो । भारतबाट अबैध रुपामा भन्सार छलिगरि ल्याउदै गरेको चावल सहित गौर ७ बस्ने चन्दन पाण्डेलाई समेत पक्राउ  गरिएका छन । बरामद चावल , पिक अप गाडि सहित पाण्डेलाई आवस्यक कार्वाहीका लागि भन्सार कार्यलय बुझाईएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।...