Tuesday, July 28
Shadow

युवा नेता राम बहादुर रायद्वारा महारुद्र यज्ञको उद्दघाटन

सचतक नेपाल।

सर्लाहीको बरहथवा नगरपालिका ३ ( हजरिया) मा श्री महारुद्र वावण अवतार (१५१ मुर्ति दर्शन ) एवम तेस्रो पन्च बार्षिक मेला महोत्सव २०७८ आज देखि शुरु भएको छ । आज ५०५१ कन्या कुमारीद्वारा कलश शोभा यात्रा निकाली यज्ञ शुरु भएको हो ।

बरहथवा नगरपालिकाले, यज्ञको आयोजना गरेको हो । सो यज्ञको आज बिधिवत रुपमा एमाले मधेस प्रदेश कमिटी सदस्य राम बहादुर राय यादवले उदघाटन गर्नु भएको छ ।

सन्त श्री राम रतन दास र शंकर भगवान मन्दिर बिकास समिती हजरियाको तत्वधानमा बरहथवा नगरपालिकाद्वारा आयोजित यज्ञमा एमाले मधेश प्रदेश कमिटी सदस्य तथा क्षेत्र न. ४ का एमाले नेता राम बहादुर राय ( राम बाबू )द्वारा यज्ञ स्थल सहित सर्लाही -४ क्षेत्रै भरी नै हेलिकप्टरबाट फुलको वर्षा गराईयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *