Wednesday, August 5
Shadow

मुख्य समाचार

पाकिस्तान १३ वर्षपछि विजयी

पाकिस्तान १३ वर्षपछि विजयी

खबर बिषेश, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, ७ चैत । अफ स्पिनर निदा दारले आफ्नो खेल जीवनकै उत्कृष्ट बलिङ्ग गर्दै १० रन दिएर ४ विकेट लिएपछि पाकिस्तानले १३ वर्षपछि पहिलो पटक महिला विश्वकप क्रिकेटमा विजयी बनेकाे छ । र उसले वेष्ट इन्डिजको दुई खेल अघि नै सेमिफाइनल पुग्ने आशामा धक्का पुर्‍याएको छ । पाकिस्तानले वेष्ट इन्डिजलाई ८ विकेटले हराएपछि इंग्ल्याण्डको सेमिफाइनल पुग्ने आशा जीवित भएको छ । इंग्ल्याण्डले अब पाकिस्तान र बंगलादेशसँग खेल्न बाँकी छ । यी दुई खेल जितेमा वेष्ट इन्डिजलाई उछिन्दै सेमिफाइनमा पुग्ने अवसर इंग्ल्याण्डलाई छ । अष्ट्रलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । बाँकी ३ स्थानका लागि इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र भारतको संभावना छ । पाकिस्तानसँगै न्यूजिल्याण्ड र बंगलादेशको सेमिफाइनल खेल्ने संभावना सकिइसकेको छ ।...
प्रधानमन्त्री देउवा खोटाङ प्रस्थान गर्दै

प्रधानमन्त्री देउवा खोटाङ प्रस्थान गर्दै

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवा आज खोटाङको लागि प्रस्थान गर्नु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लगानीमा साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन गर्न उहाँ खोटाङ जान लाग्नु भएको हो । प्रधानमन्त्री देउवाले मध्याह्न साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रम सकिएलगत्तै उहाँ काठमाडौँ फर्कने कार्यक्रम छ । साप्सुखोलामा पक्की पुल गत साउनमा निर्माण गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको सिमानामा पर्ने उक्त पुल पाँच करोड ६० लाखमा निर्माण गरिएको हो । विसं २०७६ असार ११ गते शिलान्यास गरिएको सो पुल ४० मिटर लामो छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्र जोड्ने सबैभ...
एआईजी बढुवा सिफारिसविरुद्ध आयोगमा उजुरी

एआईजी बढुवा सिफारिसविरुद्ध आयोगमा उजुरी

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, रौतहट । नेपाल प्रहरीतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको छ । सिफारिस वरिष्ठता र कार्यक्षमताका आधारमा नभई राजनीतिक भागबन्डाको आधारमा भएको भन्दै असन्तुष्ट बनेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू लोकसेवा आयोग पुगेका छन् । नेपाल प्रहरीका तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा सिफारिस समितिले १ चैतमा मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सो सिफारिसप्रति असन्तुष्ट रहेका डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश अर्यालले सिफारिस विरुद्ध आइतबार लोकसेवा आयोगमा उजुरी दिनुभएको हो ।...
बैतडीमा ट्रक दुर्घटनामा परि एक जनाकाे मृत्यु

बैतडीमा ट्रक दुर्घटनामा परि एक जनाकाे मृत्यु

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, ७ चैत । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ६ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पाटनबाट घर पोत्ने रातो माटो लिएर फर्किरहेको से १ ख १२४२ नम्बरको मिनी ट्रक गएराति सडक नालीमा पल्टिएको हो। मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका ३ की २५ वर्षीया दुर्गा चन्द रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। चालक पाटन नगरपालिका ४ का वीरेन्द्र खत्री फरार रहेका छन्।...
रेडपान्डाको छालासहित ४ जना पक्राउ

रेडपान्डाको छालासहित ४ जना पक्राउ

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, ७ चैत । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित चारजनालाई पक्राउ गरेको छ । उनीहरूलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरस्थित अञ्जना होटेलबाट आइतबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ का हर्कबहादुर विक, विवेक बोहरा र त्रिपुरासुन्दरी–११ का रामकृष्ण शाही तथा ठूलोभेरी नगरपालिका–१ का सुकराम विक रहेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए । होटेलमा प्लास्टिकको बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरीले दुईथान रेडपान्डाको छाला समेत बरामद गरेको छ । पक्राउ परेका चारैजनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिमको पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने न्यौपानेले बताए । यसैबीच, प्रहरीले लागुऔषध चरेस तीन किलोसहित दुईजनालाई पक्र...
प्रहरीकाे ज्यान गएपछि प्रशासनद्वारा कर्फ्यू जारी

प्रहरीकाे ज्यान गएपछि प्रशासनद्वारा कर्फ्यू जारी

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । ७ चैत, माेरङ्ग । यौन दुर्व्यवहारको घटनालाई लिएर मोरङको लेटाङमा भएको झडपमा एक प्रहरीको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिका-५ खेरूवा क्षेत्रमा आज बिहान ७ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्म कर्फ्यू जारी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आदेश उल्लंघन नगर्न आग्रह गरेका छन् । कक्षा ६ मा अध्ययनरत एक छात्रालाई शिक्षकले यौन दुर्व्यवहार गरेपछि उनलाई प्रकाउ गर्न छाडेर उल्टै सुरक्षा दिएको भन्दै आक्रोशित स्थानीय प्रहरीमाथि जाइलागेका थिए । लेटाङ नगरपालिका-५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप छ । सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको घाँटीमा छुरा प्रहार भएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्...
banner-news-1, मुख्य समाचार
  कपिलवस्तु , चैत्र २ कपिलवस्तुको कृष्णनगरमा बसपार्कको उद्घाटन गरिएको छ जिल्लाको सबैभन्दा पुरानो बजारको रुपमा चिनने कृष्णनगरमा बसपार्कको उद्घाटन गरिएको हो l यहाँ अहिले सम्म बसपार्क नहुनाले सवारी साधन पर्किङ गर्नमा समस्या रहेको ले सावरी साधनहरू सडकमै पर्किङ हुँदै आएको थियो ! सवारीसाधन सडकमा पर्किङ गर्नाले बढी दुर्घटनाको पनि समस्या देखिको थियो l बसपार्क उद्घाटन कार्यक्रममा बोल्दै कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य सांसद अभिषेक प्रताप शाहले बसपार्क व्यवस्थापन भए कृष्णनगरको मुहार फेरिने बताउनुभयो । विगत लामो समय पश्चात् मात्र यहाँ बसपार्क स्थापना गर्न पाउँदा निकै खुसी महसुस भएको बताउनुभयो । आउने दिनमा बसपार्कलाई आफूले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । कार्यक्रममा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बसपार्क निर्माणमा नगरपालिकाले सहकार्य गर्ने बताउदै आफ्न...
राैतहटमा श्राेत नखुलेकाे रकम सहित एक भारतीय पक्राउ

राैतहटमा श्राेत नखुलेकाे रकम सहित एक भारतीय पक्राउ

banner-news-1, मुख्य समाचार
प्रेम यादव राैतहट । श्राेत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ परकाे छ । रौतहटको बौधीमाई नगरपालिका ९ सरमुजवाबाट स्रोत नखुलेको नगदसहित भारतको बिहार मोतिहारी थाना महुअवा घर भएका ४५ वर्षीय दिप नारायण प्रसादलाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल मल्लले जनकारी दिनुभयाे । शुक्रबार साँझ राैतहटकाे एस १ (पंकज कुमार सिंह) काे कमाण्डमा खटिएको ४ जना टोलीले सवारी चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर–०५ वाई २९६९ नम्बरको मोटरसाइकल रोकी चेक जाँच गर्दा उनको साथबाट स्रोत नखुलेको १८ लाख ७३ हजार ६ रुपैयाँ बरामद भएको डिएसपी मल्लले जानकारी दिनु भयाे । सवारी साधन चेकजाँच गर्ने क्रममा निज दिप सवार भएकाे माेटरसाइकलकाे सिट मुनि र हेलमेटबाट हुन्डी काराेवारकाे लागि नेपाल ल्याउँदै गरेकाे रकम फेला परेकाे हाे । माेटरसाइकल र रकम सहित कुल १९ लाख ७३ ...
दिपेन्द्र साह सहित २०० नेता कार्यकर्ता एमालेमा प्रबेश

दिपेन्द्र साह सहित २०० नेता कार्यकर्ता एमालेमा प्रबेश

banner-news-1, मुख्य समाचार, राजनीति
 सचतक नेपाल , जितेश यादव फागुन २५ , सर्लाहीको बलरामा विभिन्न पार्टी परित्याग गरि २०० भन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रबेश गरेको छ । बलरा नगरपालिका - ७ ( डुमरिया) मा आयोजित एक कार्यक्रमका बिच दिपेन्द्र शाह नेतृत्वमा २५० जना नेता कार्यकर्ता एमालेमा प्रबेश गरेका छन। एमाले प्रबेश गर्नेमा नेपाली कांग्रेस , लोसपा नेपाल , नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता रहेका छन । नव प्रबेशी सबैलाई नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य राम बहादुर रायले अबिर, माला लगाई पार्टीमा स्वागत गरेका हुन ।...
विकास र सुशासनका लागि जनप्रतिनिधि र कर्मचारी बीचको समन्वय जरुरि – मुख्यमन्त्री राउत

विकास र सुशासनका लागि जनप्रतिनिधि र कर्मचारी बीचको समन्वय जरुरि – मुख्यमन्त्री राउत

banner-news-1, मुख्य समाचार, राजनीति
सचतक नेपाल । मुख्यमन्त्री लालबाबु राउतले विकास र सुशासनका लागि जनप्रतिनिधि र कर्मचारी बीचको समन्वय आवश्यक रहेको बताउनु भएको छ । महोत्तरीको बर्दीवासमा आयोजित स्थानीयतहहरुका लागि नवप्रवर्तन साझेदारी कोष (आइपीएफ) कार्यान्वयन सम्बन्धि अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य नभए सम्म विकास र समृद्धि सम्भव नरहेको बताउनु भयो । जनताको आवश्यकता र मनोभाव बुझने जनप्रतिनिधि एवं कार्यान्वयन प्रक्रियाका जानकार कर्मचारीहरुबीच तालमेल भए मात्रै प्रदेशले विकास र सुशासनमा फडको मार्न सक्ने बताउनु भयो । स्थानीय तहहरुको आर्थिक सबलीकरणका लागी सरकारले ल्याएको नवप्रवर्तन साझेदारी कोषले विकासका र सुशासनका साथै तीन्र तहका सरकारबीच समन्वय र सहकार्यको कोशेढुंगा सावित हुने विश्वास वहाँले व्यक्त गर्नु भयो । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्...