Wednesday, August 5
Shadow

मुख्य समाचार

हेलिकप्टर चार्टर्ड गरेर नेता महतोलाई काठमाडौ लगियो।

हेलिकप्टर चार्टर्ड गरेर नेता महतोलाई काठमाडौ लगियो।

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सर्लाही । नेकपा माओवादी केन्द्र सर्लाहीका नेता फकिरा मह्तोको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर्ड गरी काठमाडौं लगिएको हो । शुक्रवार एअर डाइनेस्टिको हेलिकप्टर चार्टर्ड गरी महतोलाई काठमाडौं लगिएको संविधान सभा सदस्य शिव पुजन यादवले बताए। मुटुमा समस्या देखा परेपछी मलङ्ग्वामा उपचाररत नेता महतोलाई थप उपचारका लागि काठमाडौको गङ्गालाल मेमोरियल अस्पतालमा भर्ना गरिएको यादवले जानकारी दिए ।...
लागूऔषधसहित युवक पक्राउ

लागूऔषधसहित युवक पक्राउ

banner-news-1, मुख्य समाचार
सचतक नेपाल डेक्स सर्लाही । सर्लाही प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । नेपाल-भारत सीमास्थित मलंगवा नगरपालिका-८, बाट चेक जाचँका क्रममा लागूऔषधसहित प्रहरीले हरिपुर नगरपालिका–६, का २० वर्षीय रवीकुमार साहलाई पक्राउ गरेको हो । साह लागूऔषध लिएर अटोमा नेपालतर्फ आउँदै थिए । शंका लागेर चेकजाँच गर्दा उनकाे साथबाट लागूऔषध बामद भएकोे जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो । प्रहरीका अनुसार साहको साथबाट नाईट्राभेट ट्याब्लेट ३० पत्ता (९०० वटा), एक बोटल कफ-रेक्स र एक बोटल डाईलक्स–डिसी बरामद भएको हो । पक्राउ परेका साहविरुद्ध कारबाही अगाडि बढाइकाे जिल्ला प्रहरी कार्यलयका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।नव जनप्रहार...
पानी फ्याक्ट्रीमा आगलगी हुदा लखौको क्षति

पानी फ्याक्ट्रीमा आगलगी हुदा लखौको क्षति

banner-news-1, खबर बिषेश, मुख्य समाचार
सचतक नेपाल डेक्स सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका ९ पिडारिमा संचालित पानी कारखानामा आगलगी हुदा लाखौको क्षती भएको छ । हरिपुर नगरपालिका–९ पिडारी बस्ने रामबाबु साहले सन्चालन गरेको राजश्री प्रोडक्सन पानी फ्याक्ट्रीमा बिहिवार अबेर राति बिधुतको तार सर्ट भई आगलागि हुदा ३ वटा मेशिन र  ३ लाख ३० हजार नगद रुपैया सहित २३ लाख ३० हजार बराबरको समान जलेर नष्ट भएको सर्लाही प्रहरी जनाएको हो । आगलगीबाट भने मानविय क्षति नभएको र आगो स्थानीय र प्रहरीको संयुक्त सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।...
यी हुन राम नगर गाउँपलिका वडा नम्बर ३ को अध्यक्ष पदमा उमेदवारी दिने महिला

यी हुन राम नगर गाउँपलिका वडा नम्बर ३ को अध्यक्ष पदमा उमेदवारी दिने महिला

मुख्य समाचार, राजनीति
सचतक नेपाल , जितेश यादव  सर्लाही । सर्लाही जिल्लाका स्थानीय तहमा हालसम्म घोषित उमेदवारमध्ये कुनै पनि दलले महिलालाई वडा अध्यक्ष पदमा उमेदवार बनाएका छैनन् । प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र , लोसपा नेपाल र जनता समाजबादीले महिलालाई प्रमुख र उपप्रमुखमा मात्रै उमेदवार बनाएको पाइएको छ। तर जिल्लाको पश्चिमी भेगमा अवस्थित राम नगर गाउँपालिका -३ नम्बर वडाबाट मिना कुमारी सिंहले उम्मेदवारी दिने घोषणा गरेकी छिन । सिंहले नेपाली कांग्रेस पार्टीबाट राम नगर -३ को वडा अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेकी हुन । आफू २०४८ साल देखि नै नेपाली कांग्रेसमा सकृय रहेको हुनाले २०७९ बैशाख ३० मा हुन गैइरहेको स्थानिय तहको चुनावमा रामनगर गपा ३ को वडा अध्यक्ष पदमा उमेदवारी दिने बताईन । महिला शिक्षामा विशेष जोड दिने सिंह हालका जनप्रतिनिधिले वडामा गर्न नसकेको बिकास गरेर देखाउने प्रतिबद्...
रामनगरबासिका लागि डा. रायले ल्याये यस्तो अफर , नगर भरी रायको प्रसंशा

रामनगरबासिका लागि डा. रायले ल्याये यस्तो अफर , नगर भरी रायको प्रसंशा

मुख्य समाचार, राजनीति, विचार
सचतक नेपाल , सर्लाही ।  नेपालको इतिहासमा दोस्रो पटक २०७८ बैशाख ३० गते हुन गैरहेको स्थानिय तहको निर्वाचनमा उत्रिने अकान्क्षिहरु आ–आफ्नो चुनावी नारा लिएर उमेदवारी दिने घोषणा गरेका गरेका छन । सर्लाहीको २० वटा स्थानीय तह मध्ये राम नगर गाउँपालिकाका विभिन्न क्षेत्रमा उम्मेदवारी दिनेहरुले स्थानिय तहको विकासमा प्रतिबद्धता जनाएका छन् ।        यसैबीच राम नगर गाउँपालिका अध्यक्ष पदमा उमेदवारि दिने घोषणा गरेका डा. उमा शंकर राय यादवले आफ्ना प्रतिबद्धता( घोषणा पत्र) सार्वजनिक गरेका हुन । यादवले सार्वजनिक गरेको अवधारणा प्रतिबद्धता : १. म तलव , भत्ता , सेवा , सुबिधा , सुरक्षा केही लिने छैन । म निस्वार्थ रुपमा निशुल्क काम गर्ने छु । २. म कार्यभार समालेको पहिलो दिन र कार्यभार छाड्ने अन्तिम दिन आफ्नो नाममा भएको चल अचल सम्पती प्रमाण सहित सार्वजनिक गर्ने छु । ३. म पाच बर्षको अवधीभर पैसा कमाउने कु...
रौतहटको राजदेविमा नेता निवेश यादवको चर्चै चर्चा

रौतहटको राजदेविमा नेता निवेश यादवको चर्चै चर्चा

banner-news-1, मुख्य समाचार, राजनीति
माघ २४ , सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसंगै गाउँ गाउँमा चुनावी माहोल तातेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बैशाख ३० गते निर्वाचन गर्ने निर्णय गरेको छ । रौतहटको राजदेवी नगरपालिकामा मेयर पदमा युवा उम्मेदवार निवेश यादवको व्यापक चर्चा चुलिएको छ । हालको निर्वाचित मेयर-उपमेयर लगायतका जनप्रतिनिधिहरुले काम नगरेकोले नयाँ नेतृत्व ल्याउने नगरवासीको चाहना रहेको छ । यादव एमालेका रौतहट जिल्ला कमिटी सदस्य हुन, उनी  राजदेवीमा मेयरका प्रबल दाबेदार हुन् । युवाहरुमाझ लोकप्रिय नेता यादव मेयरमा आउनुपर्ने युवा पुस्ताको माग रहेको छ । यादव पछिल्लो समय नगरपालिकामा विभिन्न विकास निर्माणका कामहरु गराई जनतामा आशा जगाएका हुन् ।...
देवताल गापामा बर्थिङ्ग सेन्टर भवनको शिलान्यास।

देवताल गापामा बर्थिङ्ग सेन्टर भवनको शिलान्यास।

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल, कलैया । देवताल गाउँपालिका वडा नं ४ र ५ को लागि बर्थिङ्ग सेन्टर भवनको शिलान्यास गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंहले बिधिवत पुजा अर्चना गरी गरेका छन्। तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रिप्राढीको दक्षिण पट्टी ४ कोठ्ठे भवनको शुक्रबार शिलान्यास गरिएको छ। शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष सिँहले सँघियता आईसकेपछि सबै भन्दा पिछडिएको गाउँपालिका देवताल रहेको थियो। यहाँ कुनै पनि आन्तरिक आय स्रोत नभएको यस गाउँपालिका प्रमुखको रुपमा म आएपछि यस गाउँपालिकाको मुहार फेर्नमा लागि परेको बताएका छन्। तर कुनै पनि स्थानिय तहको बिकास कार्य पुर्ण रुपले गर्न ५ बर्ष अधिक नभएपनि आफुले र देवतालको क्रमचारीहरुले देखाएको लगनशीलताले आफु केहि गर्न सफल भएको बताएका छन्। यस गाउँपालिकामा एउटा पनि माध्यमिक बिधालय नभएकोले शिक्षक तथा आफ्नो प्रयासले दुईवटा माध्यमिक ...
गाैर ब्लड बैंककाे उद्घाटन कार्य सम्पन्न

गाैर ब्लड बैंककाे उद्घाटन कार्य सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क , राैतहट । रौतहटकाे गौर नगरपालिकाको आर्थिक तथा प्रविधिक लगानीमा ब्लड बैंक रक्त संचार भवनकाे निर्माण कार्य सम्पन्न भएकाे छ । नेपाल रेडक्रस सोसाइटी रौतहटको कार्यालयमा ब्लड बैंक रक्त संचार भवन निर्माण गरिएको छ । गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताको विशेष पहलमा रक्त संचार भवनकाे निमार्ण भएको हाे । २०७६ फाल्गुन १८ गते शिलान्यास गरिएकाे ब्लड बैंक भवनलाई आज नगर प्रमुख गुप्ताले उद्घाटन गरेका हुन् । राैतहटमा जिल्ला अस्पताल पनि अवस्थित छ । तर साे अस्पतालमा ब्लड बैंक छैन् । ब्लड अभावका करण सुत्केरी महिला,घटना दुर्घटना परेर धेरै जनाको ज्यान जोगाउन समस्या भुग्नु परिरहेको थियो । साे अभाव लाई पुरा गर्न गाैरमा ब्लड बैंकको स्थापना गरिएको नगर प्रमुख गुप्ताले बताए । रक्तदानले मानिसलाई दोस्रो जीवन दिनसक्ने भनाई छ । साे भनाईलाई वास्तविकमा चित्रण गर्न उक्त भवनको निर्माण गरिएको उनले ...
घुस सहित वडा सचिव साह पक्राउ

घुस सहित वडा सचिव साह पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेक्स माघ २० बारामा घुस सहित वडा सचिव पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिको टोलीले बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव विनोदप्रसाद साहलाई घुस रकम सहित पक्राउ गरेको छ । जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग पटक पटक घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ । साहलाई सेवाग्राहीबाट ३५ सय रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।...
आज साेनाम ल्हाेछार, देशभर सार्वजनिक बिदा

आज साेनाम ल्हाेछार, देशभर सार्वजनिक बिदा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, राैतहट । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । साेनाम ल्हाेछारकाे उपलक्ष्यमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएकाे हाे । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाताहरु बताउछन् । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस वर्ष बुधबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार...