Monday, August 10
Shadow

मुख्य समाचार

९ लाख ९७ हजार बराबरको अवैध लत्ताकपडा चन्द्रपुरमा प्रहरीद्वारा बरामद

९ लाख ९७ हजार बराबरको अवैध लत्ताकपडा चन्द्रपुरमा प्रहरीद्वारा बरामद

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - प्रहरीले बिहीबार राैतहटकाे चन्द्रपुरबाट भन्सार छली‌ गरी भित्र्याइएको अवैध लत्ताकपडा वेवारिसे अवस्थामा बरामद गरिएको छ ‌। जिल्लाकाे चन्द्रपुर नगरपालिका -६, तल्लाेबजार स्थित भीत्रि सडक खण्डमा भारतबाट भन्सार छली नेपाल तर्फ भित्र्याई ल्याएको अन्दाजी मुल्य ९ लाख ९७ हजार ८५० बराबरकाे लेडिज उलन कुर्ता, जेन्स कुर्ता सुरुवाल र लेहेङगाहरु वेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय राैतहटका नवनियुक्त सुचना अधिकारी (डिएसपी)‌ उमाशंकर प्रसाद यादवले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर, रौतहटबाट संयुक्त रुपमा खटीएको प्रहरी गस्ती टोलीले साे अवैध लत्ताकपडा बरामद गरेको उल्लेख छ। बरामद भएको अवैध लत्ताकपडालाई आवश्यक कारवाहीका लागि आज (शुक्रबार) राजश्व कार्यालय पथलैया बारामा बुझाईएको व्यहोरा जिल्ला प्रहरी कार्यालय राैतहटले जना...
ट्रककाे ठक्करबाट इलामकी एक युवतीकाे मृत्यु

ट्रककाे ठक्करबाट इलामकी एक युवतीकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
झापा- झापाको मेचीनगर नगरपालिका–१३, चारआली बजारमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । इलामको रोङ गाउँपालिका–६ की २३ वर्षीया उषा राईको मृत्यु भएको हो ।ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।हिजो बेलुका करिब साढे ८ बजे ना८ख ३३३६ नम्बरको ट्रकले मे७प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक सकुशल रहेको र ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीचौकी चारआलीले जनाएको छ ।...
राैतहट १ का सांसद नेपालद्वारा ७ वटा पालिकामा स्वास्थ्य उपकरण वितरण

राैतहट १ का सांसद नेपालद्वारा ७ वटा पालिकामा स्वास्थ्य उपकरण वितरण

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालद्वारा रौतहट क्षेत्र नं. १ का ७ वटा स्थानीय निकायलाई स्वास्थ्य उपकरण बितरण गरेका छन् ।अध्यक्ष नेपालले रौतहटका गौर नगरपालिका, राजदेवी नगरपालिका यमुनामाई गाउँपालिका, दुर्गाभगवाती गाउँपालिका, माधवनरायण नगरपालिका, गढ़ीमाई नगरपालिका र गरुडा नगरपलिकालार्ई एक–एक थान भिडियो अल्ट्रा साउन्ड हस्तान्तरण गरेका हुन् ।प्रति वटा १५ लाख ६५ हजार ९६ रुपैयाँ ३३ पैसा मूल्यका सामाग्रीहरू एक करोड ९ लाख ५ हजार ६ सय ७४ रुपैयाँ बराबरका सामाग्रीहरु हस्तान्तरण भएका हुन् । हस्तान्तरित सामाग्रीले त्यस क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण सहयोग प्रदान गर्ने बताइएको छ । हस्तान्तरण गरिएको उपकरण सानो भिडियो एक्स रे भएको र यसको कार्टुनभित्र ट्यावलेट आकारको एक्सरेसहित मनिटर एक थान, प्रिन्ट एक थान, प्रोव एक थान र भिडियो एक्स रे मेसिन झोलामा ...
चितवनबाटै सवारी लाइसेन्सको लागि ट्रायल दिन पाइने

चितवनबाटै सवारी लाइसेन्सको लागि ट्रायल दिन पाइने

ताजा-अपडेट, मुख्य समाचार
चितवन - चितवनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको लागि बाँकी प्रक्रिया अघि बढेको छ । अख्तियारमा रोकिएको फाइल यातायात कार्यालय भरतपुरमा आएसँगै शुक्रबार आर्थिक प्रस्तावको फाइल खोलिएको छ ।जिल्ला प्रशासन कार्यालयमा आर्थिक प्रस्ताव पेश गर्ने महालक्ष्मी ट्रायल सेन्टर र सद्गुरुका प्रतिनिधि समेतको उपस्थितीमा फाइल खोलिएको हो । अब आर्थिक प्रस्ताव मूल्याकंन समितिको बैठक बसेर दुईमध्ये एक ट्रायल सेन्टरलाई लाइसेन्सको प्रयोगात्मक परीक्षा स्थलका रुपमा छनौट गर्ने यातायात कार्यालय चितवनका प्रमुख कालिबहादुर भुजेलले जानकारी दिए ।आर्थिक प्रस्तावको फाइल खोलेको १५ दिनभित्र मूल्यांकन समितिको बैठक बस्नुपर्ने कानुनी व्यवस्था छ । समितिले कुनै एउटा ट्रायल सेन्टर छनौट गरेपछि आशयको सूचना प्रकाशित गर्छ । यसमा कार्यालयले छनौट भएको ट्रायल सेन्टरको नाम सार्वजनिक गरी सम्झौताका लागि बोलाउँछ । स्रोतका अनुसार प्रयोगात...
हेम्जामा जीप दुर्घटनाग्रस्त, १ जनाकाे मृत्यु

हेम्जामा जीप दुर्घटनाग्रस्त, १ जनाकाे मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
कास्की - कास्कीको पोखरा महानगरपालिका–२५, हेम्जास्थित हनुमानचोकमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।दुर्घटनामा जीपमा सवार म्याग्दीको मंगला गाउँपालिका–१, मजुलाका ४७ वर्षीय गजेन्द्र पुन र तनहुँ घर भई पोखरा–१०, शिवचोक बस्दै आएकी ३७ वर्षीया वसन्ती मगर घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा लगिएको थियो । उपचारका क्रममा मगरको मृत्यु भएको जनाइएको छ ।गए राति करिब सवा १ बजे ग२च २६८४ नम्बरको जीप अनियन्त्रित भई सडकछेउको विद्युत्को पोलमा ठोक्किएको थियो । चालक फरार रहेकाले खोजीकार्य भइरहेको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।...
ठुलाे संख्यामा वायुसेवाले माग्यो कर्मचारी

ठुलाे संख्यामा वायुसेवाले माग्यो कर्मचारी

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
काठमाडौँ - नेपाल वायुसेवा निगमले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। निगमले चौथो तहदेखि सातौँ तहसम्मका लागि आवेदन आह्वान गरेको हो।रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ। २१ दिनभित्र आवेदन दिनु पर्ने निगमले जनाएको छ।बिज्ञापन :...
भाेली देखि गाैर- बैरगनिया  सिमा नाका बन्द रहने <br>

भाेली देखि गाैर- बैरगनिया सिमा नाका बन्द रहने

ताजा-अपडेट, मुख्य समाचार
राैतहट- जिल्लाकाे मुख्य गाैर- बैरगनियाँ सिमा नाका दिन दिनसम्म बन्द रहने जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।नगरपालिका आम‌ निर्वाचन- २०२२ लाई लक्षित गर्दै सिमा नाका सिल गर्न भारत सरकारले आग्रह गरेको छ। जसका राैतहट‌ जिल्लाकाे मुख्य सिमा नाका गाैर- बैरगनियाँ तिन दिनसम्म बन्द हुने भएको छ। सिमा नाका शुक्रबार बिहान ६ बजे देखि आईतबार मतदान सम्पन्न नभएसम्म बन्द रहने जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ। रौतहट जिल्लासंग जोडिएका सिमा नाकाहरु समेत सिल रहेको व्यहोरा जिल्ला प्रहरी कार्यालय राैतहटले सूचित गरेको छ।...
ईशनाथ नगरपालिकालाई एक करोड मूल्य बराबरको जग्गा दान गर्ने नवनिर्वाचित शोभादेवीको घोषणा

ईशनाथ नगरपालिकालाई एक करोड मूल्य बराबरको जग्गा दान गर्ने नवनिर्वाचित शोभादेवीको घोषणा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेमचन्द्र झा रौतहट। मधेस प्रदेश सभा सदस्यमा नवनिर्वाचित शोभादेवी साहले एक करोड रुपैया को बराबरको जग्गा ईशनाथ नगरपालिकालाई दान गर्ने घोषना गरेकी छिन् । उनले ईशनाथ नगरपालिकालाई वडा कार्यालय र स्वास्थय चौकी बनाउन दुई कठ्ठा १६ धुर जग्गा दान निर्णय रहेको बताएकी छिन् । ईशनाथ नगरपालिका वडा नम्बर २ औरैयाका स्थानियले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सो घोषणा गर्नु भएको हो ।जनता समाजवादी पार्टीका तर्फबाट समानुपातिकमा निर्वाचित भएपछि पहिलो पटक आफ्ना गाउँ पुगेर करिब एक करोड रुपैया मोल पर्ने जग्गा निशुल्क दिने धोषणा गरेपछि स्थानिय हर्षित भएको वडा अध्यक्ष धर्मेन्द्र साहले बताए ।सो वडा कार्यालय बनाउन चालु आर्थिक वर्षमा ४० लाख बजेट राखेको वडा अध्यक्ष साहले जानकारी दिनुभयो । ईशनाथ नगरपालिका वडा नम्बर २ औरैया गाउंको विचमा रहेको सो जग्गा तर्फ ईसारा गर्दै प्रदेश सदस्य साह यसमा वडा कार्यालय र ...
युवायुवती प्रेममा, प्रहरीकाे सेटिङमा थुनिए युवाकाे बुवा

युवायुवती प्रेममा, प्रहरीकाे सेटिङमा थुनिए युवाकाे बुवा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव सर्लाही - प्रेम हुनु सामान्य छ । प्रेममा भागेकाे घटनापनि आज भाेली सबैले सुन्न पाएकै हाे । सर्लाहीका एक युवायुवती भारतमा पढ्दै थिए। पढ्दै जाँदा दुबैबिच प्रेम भयाे । जसपछि दुवै आफ्नो सहमतिले भागेर बिहे गरे । केटाकेटीकाे दुबै बालिक थिए जसकारण बिहे गरे । सन्तान आफ्नै सहमतिले बिहे गर्दा दु:ख युवा र युवती दुवैपक्षलाई हुन्छ । तर युवती बुवा भने आवेशमा आए । युवती बुवा धनि थिए । उनले पैसाकाे चलखेल गरेर युवाकाे घरमा प्रहरी पठाए । युवा त भेटिन् जसपछि उनले युवाकाे बुवालाई पैसाकाे माध्यमबाट थुन्न लगाए । एक सप्ताह जति थुनिए पछि युवाकाे बुवा रिहा भए । तर हालसम्म युवायुवती फेला पर्न सकेनन्। जसपछि पुन: युवतीकाे बुवाले उजुरी दिएर युवाकाे बुवालाई थुनामा राख्न लगाए । आइतबार थुनिएका पिडित माेहित महताेलाई हिरासतमा राखेकाे २४ घण्टा भन्दा बढी भयाे ‌। बिना अपराध प्रहरीले कसैलाई २४ घन्टा भन्दा बढी थुन्न ...
सडक दुर्घटनामा एक व्यापारिककाे मृत्यु, निश्पक्ष छानविनकाे माँग गर्दै गरुडाका व्यापारी

सडक दुर्घटनामा एक व्यापारिककाे मृत्यु, निश्पक्ष छानविनकाे माँग गर्दै गरुडाका व्यापारी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - एक व्यापारिककाे मृत्यु पछि गरुडा नगरपालिकाका स्थानीयहरु धर्नामा उत्रिएका छन्। प्रहरीका साेमबार बिहान सवारी दुघर्टनामा परि गरुडाका स्थानीय व्यापारी राजनारायण साहकाे मृत्यु भएको हाे । प्रहरीले मृत्युकाे कारण अझै स्पष्ट खुलाउन सकेकाे छैन। गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनि जयसवालकाे नेतृत्वमा व्यापारिककाे घटना बारे स्पष्ट र निश्पक्ष छानबिन हुनुपर्ने माँग गर्दै स्थानीयहरु धर्नामा उत्रिएका छन्। फाइल फोटो प्रहरीले मृत्युकाे कारण सडक दुर्घटना भनेपनि समय, स्थान र सवारी साधन बारे रहस्य खुलाउन सकेको छैन। उच्चस्तरीय छानबिनकाे माँग गर्दै त्यहाँका स्थानीयहरुले २ बजे सम्म धर्ना दिएका हुन् । फाइल फोटो प्रहरीले धाईते साहलाई उपचार समेत नगराएको त्यहाँका स्थानीयहरुकाे आरोप छ । उपचारकाे अभावमा समेत मृत्यु भएको धर्ना दिएका व्यापारीहरुकाे भनाई छ । प्रहरी लापरबाहीकाे रबैया प्रति उनीहरूल...