रौतहटमा लागुऔषधको बिगबिगी, ९१ किलो गाँजा बरामद
प्रेम यादव,
रौतहट । गाँजा नेपालमा प्रतिबन्धित लागुऔषध हो । सिमावर्ती जिल्ला रौतहटमा लागुऔषध गाँजाको तस्करी बढ्दै गएको छ ।
आइतबार प्रहरीले गोप्य सुचनाको आधारमा ९१ किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले रौतहटको राजपुर नगरपालिका–१ पिपरा भगवानपुर स्थित पिपरा टोलबाट १३ पोकाेमा राखिएको ९१ किलो गाँजा एउटा बोलेरोबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक उमाशंकर प्रसाद यादवले प्रेश विज्ञप्ति मार्फत जानकारी गराउनु भयो ।
सुचनाको आधारमा प्रहरीले आज करिब ११ बजेको समयमा जेएच १० एक्स ४२१२ नम्बरको सेतो बोलेरोलाई खानतलासी गर्दा गाँजा फेला पारेको छ । त्यस्तै सोही स्थानबाट अन्दाजी १० मिटर दक्षिण तर्फ बेवारिसे अवस्थामा रहेको बिआर ३० यू ०४७४ नम्बरको मोटरसाइकल समेत प्रहरीले फेला पारेको छ ।
फेला परेको लागुऔषध, गाँजा लोड रहेको बलोरो र मोटरसाइकललाई जिल्ला प्रहरी क...









