Monday, August 10
Shadow

मुख्य समाचार

सिरहामा मतपेटिका खोसाखोस भएपछि तीन राउन्ड हवाई फायर

सिरहामा मतपेटिका खोसाखोस भएपछि तीन राउन्ड हवाई फायर

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सिरहा । जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस भएपछि सिराहामा प्रहरीले हवाई फायर गरेको छ ।सिराहाको कर्जन्हा नगरपालिकाका ६ को जनता मावि बडहरामाल दुबै पार्टीका कार्यकर्ताले मतपेटिका खोसाखोस गरेपछि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको हो ।स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । मतपेटिका तानातानले केहीबेर तनाव भए पनि अहिले भने मतदान सुचारु भएको छ ।...
गृह नगरबाट नेकपा एसका अध्यक्ष नेपालले मतदान गरे

गृह नगरबाट नेकपा एसका अध्यक्ष नेपालले मतदान गरे

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन्। उनले रौतहट सदरमुकाम गौर श्रीराम जानकि कन्या आधारभुत विधालयमा रहेको मतदान केन्द्रबाट पहिलो मतदाताको रुपमा मतदान गरेका हुन्। नेता नेपालको मतदाता क्रम सङ्ख्या ४५५ रहेको छ। उनी सङ्गै श्रीमती गायत्री नेपालले पनि मतदान गरेकी छिन्।...
बम विस्फोट भएपछि गुलरियाको एक ठाउँमा मतदान रोकियो

बम विस्फोट भएपछि गुलरियाको एक ठाउँमा मतदान रोकियो

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
बर्दिया । मतदान केन्द्र नजिक बम विस्फोट भएपछि गुलरियाको एक ठाउँमा मतदान रोकिएको छ ।गुलरिया नगरपालिका २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रको मतदान रोकिएको हो ।मतदानस्थल नजिकै बक विस्फोट भएकाले मतदान रोकिएको प्रहरीले जनाएको छ ।
मतदानकाे‌‌ सुरुवातमै राैतहटमा गाेली चल्याे ‌

मतदानकाे‌‌ सुरुवातमै राैतहटमा गाेली चल्याे ‌

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन आज बिहानैदेखि देशभर जारी छ। निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गराउन देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान सुरु हुने क्रममा राैतहट जिल्लाको गुजरा नगरपालिका-४ मा रहेको मतदान केन्द्रमा गोली चलेको छ। बाहिरकाे भिड नियन्त्रण गर्न प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो। त्यस्तै गरुडा नगरपालिका अमरपट्टि मतदान केन्द्र मा २ राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिनुभयो। १६५ जना पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्।प्रदेश सभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। निर्वाचन सकिएर मतपेटिका संकलन हुनेबित्तिकै मतगणना सुरु गर्ने र तीन दिनभित्र प्रत्यक्षतर्फको गणना सक्ने आयोगको कार्यतालिका ...
अत्याधिक चिसो कारण हुम्लाकाे ४ मतदान केन्द्रमा सुरु भएन मतदान

अत्याधिक चिसो कारण हुम्लाकाे ४ मतदान केन्द्रमा सुरु भएन मतदान

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
हुम्ला – नाम्खा गाउँपालिका–६ का तीन मतदान केन्द्र र वडा–५ को मुचुमा चिसोका कारण मतदान सुरूआत हुन सकेको छैन ।अत्यधिक चिसोले नाम्खा–६ को तिल, जाङ, हलजी र वडा नम्बर–५ को मुचुमा मतदान हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । लिमिको हल्जी गाउँको सुनखानी, आधारभूत विद्यालयको मतदान केन्द्र, जाङ गाउँको भृकुटी आधारभूत विद्यालय मतदान केन्द्र, तिल गाउँको हिमशिखर आधारभूत मतदान केन्द्र र मुचुको खासरपानी आधारभूत मतदान केन्द्रमा चिसो मतदान हुने नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।५९ मतदान केन्द्रमध्ये ५५ मतदान केन्द्रमा मतदान सुरू भइसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त प्रमुख श्यामबहादुर रानाले जानकारी दिए । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान सुरू भइरहेको उनको भनाइ छ ।...
नमूना मतदान गाैर नगरपालिकामा सम्पन्न

नमूना मतदान गाैर नगरपालिकामा सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - मङ्सिर ४ मा हुने निर्वाचनलाई लक्षित गर्दै आज गाैरमा नमूना मतदान सम्पन्न गरिएको छ । जिल्ला निर्वाचन कार्यालय राैतहटको आयोजनामा गाैर नगरपालिकाकाे परिसरमा नमूना मतदान कार्यक्रम सम्पन्न भएको हो ।नमुना मतदान कार्यक्रममा सहभागी मतदाताले प्रदेश र प्रतिनिधिसभाको जस्तै प्रत्यक्ष र समानुपातिक गरि ४ पटक मतदान गरेका थिए । जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा दिने र मत बदर हुने अवस्थाको बारेमा बुझ्न नमुना मतदान गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बताउनुभयो।नमूना मतदान कार्यक्रममा राैतहटका जिल्लाका मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनी र निर्वाचन कार्यालयका अधिकारी छाेटेलाल दास, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, प्रहरी उपरीक्षक बिरबहादुर बुढामगर साथै सञ्चारकर्मीहरुकाे उपस्थिति रहेको थियो। फाइल फोटो नमुना मतदान गर्ने क्रममा सहभागी मतद...
गाैरमा एक भारतीय नागरिक मृत अवस्थामा फेला

गाैरमा एक भारतीय नागरिक मृत अवस्थामा फेला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - अधिक मदिरा सेवनबाट एक जनाकाे मृत्यु भएको छ । राैतहटकाे गाैर भन्सार कार्यालयकाे नजिक एक जना भारतीय नागरिक मृतक अवस्थामा शव फेला परेको छ। मृत्यु हुनेमा भारतकाे सितामढी जिल्ला स्थित बैरगिनिया-१९ डुमरवाना निवासी सुरज साह रहेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ। मृत्युकाे कारण स्पष्ट हुन सकेको छैन। तर स्थानीयका अनुसार मृतक भारतबाट गाैर पुगेर मंदिर सेवन गर्दै थियाे । अधिक मदिरा सेवनबाट मृत्यु भएको स्थानीयकाे भनाई छ। यता जिल्ला प्रहरी कार्यालय राैतहटले अधिकारीक पुष्टि नभएसम्म अझै मृत्युकाे कारण भन्न नमिल्ने बताउँछन्।...
पुलबाट खसेर एक जनाकाे मृत्यु

पुलबाट खसेर एक जनाकाे मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
झापा- झापाको मेचीनगरमा पुलबाट खसेर बुद्धशान्ति–५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको छ ।दोकानडाँडाबाट पूर्व मेचीनगर–३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताउनुभयो ।
दाङमा १ सय ४१ कैदीबन्दीले मतदान गर्न पाउने

दाङमा १ सय ४१ कैदीबन्दीले मतदान गर्न पाउने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
दाङ- जिल्लामा एक सय ४१ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । जिल्लाका दुई कारागारमा रहेका कैदीबन्दीमध्ये जम्मा एक सय ४१ जनाले अस्थायी मतदाताका रूपमा मतदान गर्न पाउने घोराही कारागार कार्यालयका प्रमुख वासुदेव खनालले जानकारी दिए ।तुलसीपुर कारागारबाट ९१ र घोराही कारागारबाट ५० जना मतदानमा सहभागी हुन पाउने भएका छन् । घोराही कारागारमा तीन सय ४९ कैदीबन्दी रहेको भए पनि मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेस गरेका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने उनले जानकारी दिए ।कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरूलाई मतदानको व्यवस्था गरिएको र त्यसका लागि मतदान गराउन कारागारमै कर्मचारी पुग्ने उनको भनाइ छ । जिल्लामा दुई ठाउँमा अस्थायी मतदानस्थल राखिने भएका छन् । त्यसमा घोराही कारागार कार्यालय र तुलसीपुर ...
चुनाबको मुखमा राैतहटमा जाली नोटको चलखेल, २ राउण्ड हवाई फायर 

चुनाबको मुखमा राैतहटमा जाली नोटको चलखेल, २ राउण्ड हवाई फायर 

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव रौतहट । जिल्लाको मौलापुर नगरपालिकाकाे एक ठाउँमा जाली नोटको कारोबार गर्दै आएका केही व्यक्तिहरु कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ गर्ने क्रममा प्रहरीले आत्मा रक्षाको लागि २ राउन्ड हवाई फायर समेत गरेको हाे । प्रहरीलाई बिहीबार करिब ६ बजेको समयमा मौलापुरको एक ठाउँमा जाली नोटको कारोबार भइरहेको खबर प्राप्त भयो । जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मौलापुरको प्रहरी माैलापुर नगरपालिका स्थित सोनरनिया मा पुग्यो । प्रहरी त्यहाँ पुग्दाँ रु १००० को दरले ८७ थान हजारको जाली नोट बरामद गर्यो । साथै घटनास्थलमै भएका ६ जनालाई प्रहरीले भन्दामा पार्यो । प्रहरी टोलीले बारा जिल्लाको आदर्श कोतवाल गा.पा ६ बस्ने २५ बर्षीय को सोनु भन्ने आनन्द कुश्वाहा, ४५ वर्षीय की प्रतिमा देवी कुश्वाहा , बर्ष २२ की अमृता कुमारी , १९ को बृज किशोर मुखिया , रौतहट मौलापुर न.पा ७ बस्ने अं. बर्ष २३ को रा...