Monday, August 10
Shadow

मुख्य समाचार

तेस्रो राष्ट्रपतिकाे रुपमा रामचन्द्र पौडेल निर्वाचित

तेस्रो राष्ट्रपतिकाे रुपमा रामचन्द्र पौडेल निर्वाचित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठ्माण्डौ - देशले तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेललाई पाएको छ । राष्ट्रपति पदका लागि बिहीबार भएको निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका पौडेल निर्वाचित हुनुभएको हो । ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका पौडेललाई संघीय संसदका २१४ सांसद र प्रदेशसभाका ३५२ सदस्यले मत दिनुभएको हो ।कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेलको पक्षमा मतदान गर्नुभएको थियो । एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत भार पाउनुभयो । उहाँलाई संघीय संसदका ९६ जना सांसद र प्रदेशसभाका १६२ सदस्यले मत दिनुभएको हो ।आज भएको निर्वाचनमा संघीय सांसदतर्फबाट १९ जना र प्रदेशसभातर्फबाट ३२ जना अनुपस्थित हुनुभएको थियो । राष्ट्रपति निर्वाचनमा कुल ८८२ मतदाता छन् । तर, मतदानमा भने ८३१ मत खसेको ...
ओखलढुंगामा जीप दुर्घटनाग्रस्त, २ जनाकाे मृत्यु, ८ जना घाइते

ओखलढुंगामा जीप दुर्घटनाग्रस्त, २ जनाकाे मृत्यु, ८ जना घाइते

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३, दियालेमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार बिहान ना१ज ८४७३ नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । स्थानीय भक्तबहादुर थापा र मीनबहादुर श्रेष्ठको मृत्यु भएको हो ।ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीका अनुसार दुर्घटनामा आठजना घाइते भएका छन् । हेलिकोप्टरमार्फत उद्धार गरेर घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाइएको उनले जानकारी दिइन् ।...
जसपा राैतहटकाे हाेली मिलन कार्यक्रम सम्पन्न

जसपा राैतहटकाे हाेली मिलन कार्यक्रम सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जनता समाजवादी पार्टी (जसपा) राैतहटले आयाेजना गरेकाे हाेली मिलन समारोह कार्यक्रम सम्पन्न भएको छ। माननीय रामकिशोर प्रसाद यादवकाे प्रमुख अतिथितामा सम्पन्न भएको हाे। त्यस्तै कार्यक्रमा बिशेष अतिथिका रुपमा विश्वनाथ पटेल, पुर्व राज्यमन्त्री याेगेन्द्र राय यादव, मधेश प्रदेशका राज्यमन्त्री अब्दुल कलाम आजाद ( फुलबाबु) ,प्रदेश सभा सदस्य शाेभा देवी साह सहित थिए ‌। जसपाकाे सरकार ५ वर्ष सम्म मधेश प्रदेश सरकारमा रह्ने पुर्व राज्यमन्त्री याेगेन्द्र राय यादवले बताउनुभयो। "असत्य माथि सत्यको विजयकाे सम्झनामा हाेली पर्व मनाउने गरिएको समेत उनले बताउनुभयो। कार्यक्रममा बिभिन्न पालिकाका नगरकमिटी सदस्यहरु, सञ्चारकर्मीहरु लगायत अन्य व्यक्तिहरुकाे उपस्थिति रहेको थियो। कार्यक्रमका सभापति श्यामबिहारी राय यादव हाेली बारे शुभकामना व्यक्त गर्दै जिल्लावासीलाई हाेली शान्तिपुर्ण ढंगले र रमे...
इच्छाविपरीत रंग नदल्न जिल्लावासीलाई सिडिओ मिश्रकाे अनुराेध

इच्छाविपरीत रंग नदल्न जिल्लावासीलाई सिडिओ मिश्रकाे अनुराेध

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - नेपालीकाे मुख्य मध्ये एक पर्व हाेली पनि पर्दछ । हाेलीकाे समयमा इच्छाविपरीत कसैलाई जबर्जस्ती रंग नदल्न जिल्ला प्रशासन कार्यालय (जिप्रका) राैतहटले अनुराेध गरेकाे छ। हाेली पर्वमा आपसी सद्भाव कायम रहाेस् भनी जिल्ला प्रशासन कार्यालय राैतहटले रंगकाे पर्वाेत्सवमा शुभकामना दिएका छन् । हाेलीकाे बहानामा जबरजस्ती रंग दल्ने , हानिकारक बस्तु अथवा, रंगकाे प्रयाेग, प्लास्टिकजन्य लाेला प्रयाेग गर्ने ,बाटाे हिड्ने जाे काेही व्यक्तिलाई रंग लगाउने जस्ता कार्य नगर्न प्रमुख जिल्ला अधिकारीले शुक्रबार विज्ञप्ति मार्फत सम्पुर्ण जिल्लावासीलाई अनुराेध गरेका छन्। बिज्ञप्ति हेर्नुहोस्:...
समनपुरमा फागु बैरिया मेला आजबाट प्रारम्भ

समनपुरमा फागु बैरिया मेला आजबाट प्रारम्भ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव,राैतहट - ऐतिहासिक समनपुरमा फागु बैरिया मेला २०७९ आजबाट शुरु भएको छ । प्रत्येक वर्षझै‌ यसवर्ष पनि फागु‌ बैरिया मेलाकाे आयाेजना भएको हाे ।राैतहट जिल्लाकाे मध्ये भाग र सर्लाहीसँग‌ जाेडीएकाे समनपुरमा आज मेलाकाे प्रथम दिन रहेको छ। हरेक वर्ष फागुन पुर्णिमाकाे अवसरमा आयाेजना हुने फागु बैरिया मेलाकाे यसवर्ष पनि धुमधामका साथ शुरुवात हुदैछ । फाेटाे फिचर मेलाकाे उद्घाटन गर्न क्षेत्र नं ४ का सांसद देव प्रसाद तिमिल्सिना सहितका टाेली पुगेको थिए । यसैबिच सम्मान पत्र बितरण समेत गरिएको छ। प्रमुख अतिथिबाट सम्मानपत्र बितरण गरिएको हाे । राैतहट जिल्लाकाे मध्ये भाग र सर्लाहीसँग‌ जाेडीएकाे समनपुरकाे पनि आफ्नै इतिहास रहेको छ । यद्यपी समनपुरकाे इतिहास कागजमा लेखिएका मसीझै लाेप हुदै गयाे । फाेटाे फिचर आजबाट ‌शुरु भएको मेला फागुन २३ सम्म हुने चल्नेछ । गढीमाई नगरपालिकाकाे आयाेजनामा ब्रिटिश...
जिससकाे पाँचाै जिल्ला सभा सम्पन्न

जिससकाे पाँचाै जिल्ला सभा सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जिल्ला समन्वय समिति (जिसस) राैतहटको पाँचौ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला सभा जिसस राैतहटका प्रमुख रामअयाेध्या राय यादवको अध्यक्षता एवम् प्रदेश सांसद कृष्ण यादवकाे प्रमुख आतिथ्यतामा बिहिबार सम्पन्न भएको हो । फाइल फोटो सभाले जिल्ला समन्वय समितिको आगामी नीति कार्यक्रम तथा बजेट समेतकाे चर्चा गरेको थियो । जिल्ला सभाका अवसरमा राैतहटका १८ वटा स्थानीय तहमध्ये उत्कृष्ट काम गर्ने स्थानीय तहलाई सम्मान समेत गर्ने जिससका प्रमुख राम अयाेध्याले जानकारी दिनुभयाे । कार्यक्रममा गाैर नगरपालिकाका नगरप्रमुख शम्भु शाह, बाैधीमाई नगरपालिकाका नगरप्रमुख प्रदिप यादव साथै समितिका अन्य सदस्यहरूको सहभागिता रहेको थियो । तस्बिरहरु: प्रेम यादव...
सवारी अनुमतिपत्रकाे सेवा उद्घाटन गर्न मुख्यमन्त्री यादव गाैरमा

सवारी अनुमतिपत्रकाे सेवा उद्घाटन गर्न मुख्यमन्त्री यादव गाैरमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव गाैर - सवारी चालक अनुमतिपत्र सेवा विस्तार सञ्चालन समुद्घाटन गर्न बिहिबार मधेश प्रदेशका मुख्यमन्त्री मान्निय सराेज कुमार यादव राैतहटकाे सदरमुकाम गाैर पुग्नु भएको छ। मधेश प्रदेशको मुख्यमन्त्री मा.सरोज कुमार यादवले रिवन काटी विधिवत रुपमा यातायात कार्यालय गौरमा सवारी चालक अनुमतिपत्र सेवाको उद्घाटन गरेका हुन् । आजबाट रौतहट जिल्लाका बासिन्दा सहित छिमेकी जिल्लाका सेवाग्राहीलाई समेत सवारी साधनको लाईसेन्स लिन सहज हुने भएको छ। यातायात व्यवस्था कार्यालय राैतहटमा बिलबुक नविकरण देखि सवारी अनुमति पत्र नवीकरण समेतकाे सेवा सञ्चालनमा आएको हो। राैतहटकाे गाैर नगरपालिकासँगै रहेकाे राजदेवी नगरपालिका वडा -२ स्थित हजािनियामा दरवार नजिक सन्धया एण्ड अभि ट्रायल एण्ड ड्राइभिङ्ग सेन्टर ट्रायल दिने व्यवस्थापन भएको यातायात कार्यालय राैतहटले जनाएको छ। राैतहट पहिलो पटक ट्रायल सेन्टरकाे उद्घाटन हुँ...
कार दुर्घटनामा एक जना पैदल यात्रुकाे मृत्यु

कार दुर्घटनामा एक जना पैदल यात्रुकाे मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
झापा – झापाको कन्काई नगरपालिका ३ नयाँ बस्तीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारी रहेकी छन् । उनलाई उपचारको लागि अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।बा १८ च २२ ४७ नम्बरको कारले पैदल हिँडिरहेकी भण्डारीलाई ठक्कर दिएको थियो । कारसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुरुङथाले जनाएको छ ।...
नागरिकता विवरण शंकास्पदमा डिआइजी‌ ज्ञवाली

नागरिकता विवरण शंकास्पदमा डिआइजी‌ ज्ञवाली

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - उमेर ढाँटेर नेपाल प्रहरीमा जागिर खाएको विषय प्रमाणसहित सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान अयोगले छानबिनका लागि केही प्रहरी नायब महानिरीक्षक (डीआईजी) को शैक्षिक प्रमाणपत्र र नागरिकता विवरण मागेको छ। अख्तियारले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै केही डीआईजीको शङ्कास्पद शैक्षिक प्रमाण पत्र र नागरिकता विवरणको जानकारी माग गरेको हो ।नागरिकतामा उमेर सच्याएको तथ्य सार्वजनिक भएसँगै डीआईजी अशोक सिंहले राजीनामा दिएपछि अन्य केही डीआईजीका समेत नागरिकता सच्चाइएको विवरण सार्वजनिक भएका थिए। नेपाल प्रहरीका डीआईजी श्यामलाल ज्ञवालीको नागरिकतामा उमेर सच्याएको विवरणसहितको उजुरी शनिबार मात्रै अख्तियारमा परेको छ। अख्तियारले सोमबार प्रहरी मुख्यालयसँग ज्ञवालीको नागरिकताको विवरण पठाउन पत्राचार गर्ने भएको स्रोतले जनायो। प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ज्ञवालीले दाजु ठाकुर ज्ञवाली प्रहरी मह...
डा. सज्जन स्वास्थ्य विभागकाे उपप्रमुखमा नियुक्त

डा. सज्जन स्वास्थ्य विभागकाे उपप्रमुखमा नियुक्त

ताजा-अपडेट, मुख्य समाचार
जनकपुरधाम । नेपाली कांग्रेसको स्वास्थ्य विभाग मधेस प्रदेशले चिकित्सक डा. सज्जन ठाकुरलाई स्वास्थ्य विभाग उपप्रमुखमा नियुक्त गरेको छ । नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित) को धारा १३ (११) (ग) बमोजिम महोत्तरी स्थायी ठेगाना भएका डा. ठाकुरलाई स्वास्थ्य विभाग उपप्रमुखमा नियुक्त गरिएको पत्रमा भनिएको छ । स्वास्थ्य प्रमुख शर्मिला थापाले आइतबार एक पत्र लेख्दै डा. ठाकुरलाई विभागको उप–प्रमुखमा नियुक्त गरिएको जानकारी दिनुभयो । ‘स्वास्थ्य विभागको साथै समग्र नेपाली कांग्रेस पार्टीलाई थप सुदृढ एवं गतिशील बनाउनमा तपाईँ डा. सज्जन ठाकुरको महत्वपूर्ण योगदान रहनेछ भन्ने विश्वास राखेको छु ।’पत्रमा उल्लेख छ । उनी सफल चिकित्सक संगसंगै राजनीतिमा पनि अव्वल पार्टीका एक कार्यकर्ताले बताए ।...