Thursday, April 16
Shadow

इच्छाविपरीत रंग नदल्न जिल्लावासीलाई सिडिओ मिश्रकाे अनुराेध

राैतहट – नेपालीकाे मुख्य मध्ये एक पर्व हाेली पनि पर्दछ । हाेलीकाे समयमा इच्छाविपरीत कसैलाई जबर्जस्ती रंग नदल्न जिल्ला प्रशासन कार्यालय (जिप्रका) राैतहटले अनुराेध गरेकाे छ।

हाेली पर्वमा आपसी सद्भाव कायम रहाेस् भनी जिल्ला प्रशासन कार्यालय राैतहटले रंगकाे पर्वाेत्सवमा शुभकामना दिएका छन् ।

हाेलीकाे बहानामा जबरजस्ती रंग दल्ने , हानिकारक बस्तु अथवा, रंगकाे प्रयाेग, प्लास्टिकजन्य लाेला प्रयाेग गर्ने ,बाटाे हिड्ने जाे काेही व्यक्तिलाई रंग लगाउने जस्ता कार्य नगर्न प्रमुख जिल्ला अधिकारीले शुक्रबार विज्ञप्ति मार्फत सम्पुर्ण जिल्लावासीलाई अनुराेध गरेका छन्।

बिज्ञप्ति हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *