Tuesday, June 2
Shadow

ओखलढुंगामा जीप दुर्घटनाग्रस्त, २ जनाकाे मृत्यु, ८ जना घाइते

काठमाडौं – ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३, दियालेमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

आइतबार बिहान ना१ज ८४७३ नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । स्थानीय भक्तबहादुर थापा र मीनबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीका अनुसार दुर्घटनामा आठजना घाइते भएका छन् । हेलिकोप्टरमार्फत उद्धार गरेर घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाइएको उनले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *