Thursday, April 16
Shadow

जसपा राैतहटकाे हाेली मिलन कार्यक्रम सम्पन्न

राैतहट – जनता समाजवादी पार्टी (जसपा) राैतहटले आयाेजना गरेकाे हाेली मिलन समारोह कार्यक्रम सम्पन्न भएको छ।

माननीय रामकिशोर प्रसाद यादवकाे प्रमुख अतिथितामा सम्पन्न भएको हाे। त्यस्तै कार्यक्रमा बिशेष अतिथिका रुपमा विश्वनाथ पटेल, पुर्व राज्यमन्त्री याेगेन्द्र राय यादव, मधेश प्रदेशका राज्यमन्त्री अब्दुल कलाम आजाद ( फुलबाबु) ,प्रदेश सभा सदस्य शाेभा देवी साह सहित थिए ‌।



जसपाकाे सरकार ५ वर्ष सम्म मधेश प्रदेश सरकारमा रह्ने पुर्व राज्यमन्त्री याेगेन्द्र राय यादवले बताउनुभयो। “असत्य माथि सत्यको विजयकाे सम्झनामा हाेली पर्व मनाउने गरिएको समेत उनले बताउनुभयो।

कार्यक्रममा बिभिन्न पालिकाका नगरकमिटी सदस्यहरु, सञ्चारकर्मीहरु लगायत अन्य व्यक्तिहरुकाे उपस्थिति रहेको थियो।

कार्यक्रमका सभापति श्यामबिहारी राय यादव हाेली बारे शुभकामना व्यक्त गर्दै जिल्लावासीलाई हाेली शान्तिपुर्ण ढंगले र रमेर मनाउन आग्रह गरेका छन्।

शुभकामना आदानप्रदान कार्यक्रम पक्षचात उपस्थितिगणले हाेली पनि मनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *