Monday, August 10
Shadow

मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड आज विश्वासकाे मत लिने

प्रधानमन्त्री प्रचण्ड आज विश्वासकाे मत लिने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठ्माण्डौ - प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले विश्वासको मत लिनेछन् । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । कुल २७५ सदस्यीय संसद्बाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मत चाहिन्छ । गएको पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते २६८ सांसदबाट विश्वासको मत पाएका थिए ।...
रास्वपाले प्रचन्डलाई विश्वासकाे मत दिने निर्णय

रास्वपाले प्रचन्डलाई विश्वासकाे मत दिने निर्णय

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठ्माण्डौ - रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। आइतबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सचेतक सन्तोष परियारले जानकारी दिए।प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिँदैछन्। उनलाई नेकपा एमाले, राप्रपा र नेमकिपाबाहेक सबै दलले विश्वासको मत दिने तयारी गरेका छन्।यसअघि आजै नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ।...
पाँच जना मन्त्रीकाे भरमा सरकार चलाउदै प्रधानमन्त्री प्रचण्ड

पाँच जना मन्त्रीकाे भरमा सरकार चलाउदै प्रधानमन्त्री प्रचण्ड

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - सत्ता पक्षीय दलहरूबीच असन्तुष्टि बढ्ने जोखिमका कारण प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच जना मन्त्रीको भरमा सरकार चलाइरहेका छन्।पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले झन्डै दुई महिनामा तीन वटा सहयात्री दलले छाडेपछि १६ वटा मन्त्रालयको जिम्मेवारी आफैले लिएर बसेका छन्।प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलका अनुसार सरकारले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुनेछ।उपराष्ट्रपतिको चुनाव सकिएपछि विश्वासको मत लिन तयार रहेको उनले जनकारी दिए।प्रतिनिधिसभाको बैठक चैत ५ गते राखिएको छ। त्यस बैठकसँगै विश्वासको मत लिने मितिबारे टुङ्गो लगाउने उनको भनाइ छ।अहिले नै मन्त्रिपरिषद् विस्तार गर्दा विवाद बढ्ने आशङ्काका कारण प्रधानमन्त्रीले महत्त्वपूर्ण मन्त्रालय पनि आफैले लिएर बसेको बताइन्छ। मन्त्रालय विभाजन विश्वासको मत लिइसकेपछि प्रधानमन्त्री एक ढ...
घाँटी रेटेर हत्या भएको अवस्थामा सुर्खेतमा शव फेला

घाँटी रेटेर हत्या भएको अवस्थामा सुर्खेतमा शव फेला

ताजा-अपडेट, मुख्य समाचार
सुर्खेत - सुर्खेतमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवाको शव फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका–१० मा एक युवाको शव घाँटी रेटिएकाे अवस्थामा फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिए।मंगलबार अपराह्न ४:३० बजेतिर ती युवाको शव भेटिएको हो। उनको परिचय खुल्न सकेको छैन। घटनास्थललाई प्रहरीले सुरक्षित गरेको छ।मृतक युवा अन्दाजी ३० वर्षका रहेको जनाइएको छ। यसअघि मृतक युवा राष्ट्रिय अनुसन्धान विभागका अधिकृत रहेको हल्ला फैलिएको थियो। तर, उनी विभागका अधिकृत नभएको विभाग स्रोतले जनाएको छ।...
विवाह भाेजमै धारिलो हतियारले घाइते बनाउने एक युवक पक्राउ

विवाह भाेजमै धारिलो हतियारले घाइते बनाउने एक युवक पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
वीरगञ्ज । बारामा विवाह भोजमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा फेटा गाउँपालिका–१ भलुहीका स्थानीय सुरज कुमार दास रहेका छन् ।बाराको विश्रामपुर गाउँपालिका–१ छतवा टोलमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।पक्राउ परेका उनीमाथि ज्यान मार्ने उद्योग मुद्दामा ४ दिनको म्याद अनुमति लिएर हिरासतमा राखी थप गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।सुरजले फागुन २८ गते स्थानीय रामविद्या महतोको घरमा बिवाह भोज चलिरहँदा राजकरणको टाउकोमा पछाडीबाट फलामको धारिलो कैचीले प्रहार गरेको प्रहरीको आरोप छ ।राजकरणलाई घाइते बनाएपछि सुरज भागेका थिए। घाइते राजकरण दासलाई उपचारको लागि पठाएर प्रहरीले सुरजको खोजी गरिरहेको थियो ।...
छोराकाे हत्याबारे न्याय खाेज्दै आमाबुबा

छोराकाे हत्याबारे न्याय खाेज्दै आमाबुबा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - छोराको हत्या भएको ७ महिना बितिसक्दा समेत प्रहरीले अनुसन्धान अगाडि नबढाएको भन्दै रौतहटका एक दम्पत्तिले जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि आमरण अनसन बस्ने घोषणा गरेका छन्।रौतहट जिल्लाको राजदेवी नगरपालिका ७ मुडलवाका कृष्ण यादवको २४ बर्षीय छोरा अभिमनुकुमार यादवको हत्या भएको ७ महिना बितिसक्दा पनि प्रहरीले अनुसन्धानमा चासो नदेखाएको भन्दै मृतकका आमा बुबाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय गौरको अगाडि नै आमरण अनशन बस्ने बताएका छन्।न्याय पाउनको लागि आफूहरुको ज्यान गए पनि आफूहरु लडिरहने मृतकका मातापिताले संचारकर्मीहरुसित बताएका छन् । छोराको हत्यारा पत्ता लगाउन न्यायको लागि दिनहुँ लगभग ६ महिनादेखि जिल्ला प्रहरी कार्यालय गौरमा धाइरहेको मृतकका ६० वर्षीय बुबा कृष्ण यादवले बताएका छन्।मृतकका बुबाका अनुसार छोराको गाउँकै एकजना केटीसँग प्रेम भएको थियो । त्यो केटीले मोबाइलमा फोन गरि सुनसरी जिल्लाक...
बिहेकाे प्रलाेभन दिई १५ लाख ठगी गर्ने एक युवती पक्राउ

बिहेकाे प्रलाेभन दिई १५ लाख ठगी गर्ने एक युवती पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
ललितपुर - अनलाइनमार्फत ठगी गरेको अभियोगमा एक जना युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अञ्जली विशुंखे छिन्।उनले सामाजिक सञ्जाल टिकटकबाट एक युवतीलाई फ्रेण्ड रिक्वेस्ट पठाई आफू इंगल्याण्डको नागरिक फ्रयांकलिन पाउल रहेको र नेपाल आई विवाह गरेर इंगल्याण्ड लैजाने भन्दै १५ लाख २० हजार रुपैयाँ ठगी गरेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।इंग्ल्याण्डका पुरुषको नाममा टिकटक आईडी बनाएर उनले नेपाली युवतीलाई नै ठगी गरेकी हुन्।विशुंखेले पीडितलाई तिम्रो नाममा जुत्ता, ब्याग, आईफोन, सुनका गहनाहरू ७० हजार अमेरिकी डलरको लगेज पठाएको छु भन्दै कुरियरले सम्पर्क गर्छ भनेर झुक्याएको पनि प्रहरीले जनाएको छ।उनले पीडितसँग पार्सलको डेलिभरी चार्ज, भन्सार शुल्क, बीमा शुल्क आदि शीर्षकको रकम भन्दै १५ लाख २० हजार रुपैयाँ पठ...
कारागारबाट बाहिर घुम्दै नाइके , अनुसन्धान थालियो

कारागारबाट बाहिर घुम्दै नाइके , अनुसन्धान थालियो

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । १५ वर्ष जेल चलान भएका व्यक्ति कारागारबाट बाहिर बजारमा घुम्दै गरेको खबर चर्चामा आएकाे छ। राैतहटकाे सदरमुकाम गाैर स्थित जिल्ला कारागार कार्यालयमा लागु औषध ब्राउन सुगर कारोबारमा १५ बर्ष जेल र ५ लाख जरिवाना सहित सजाय काटिरहेका व्यक्ति बाहिर घुमी रहेकाे दृश्यले पुनः प्रहरी माथि प्रश्न चिन्ह खडा गरेको छ। सजाय काटिरहेका बारा जिल्ला भटिनिया निवासी पवन कुमार यादव अहिले गौर कारागारको कैदी नाईके जेल भन्दा बाहिर कसरी पटक-पटक कारागारबाट खुल्याम बाहिर घुमि रहेका छन् भनेर सबैले समाजिक सञ्जालमा लेख्दैछन् ।गौर नगरपालिका भित्र महायज्ञमा पनि खुल्याम घुमिरहेका फोटो अहिले समाजिक संजालमा भाईरल बनेको छ । त्यस्तै होलीको दिन कुन नियम अनुसारलाई पाल्न गरेर जेल जीवन बिताइरहेका यादवले कारागारबाट बाहिर निस्केर आफ्नो घर बारा जिल्ला होली मनाउन गएको हो पनि खुलासा भएको हो । घर पुगेर पुनः जेल फर्किरहेको क्रममा रौत...
विवाद हुँदा राैतहटमा दुई जनाको मृत्यु

विवाद हुँदा राैतहटमा दुई जनाको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट । रौतहटको छुट्टाछुट्टै स्थानमा सामान्य विवाद हुँदा दुई जनाको मृत्यु भएको छ ।मदिरा सेवन गरेर सामान्य विवाद हुँदा राजदेवी र माैलापुर नगरपालिकामा एक-एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजदेवी नगरपालिका वडा नम्वर १ पथराभगवतीमा बिहीबार दिउँसो ३ बजेतिर २५ वर्षीय गजेन्द्र दासको मृत्यु भएको छ । ईशनाथ नगरपालिका ९ लवतानाका २० वर्षीय गणेश यादव र गजेन्द्र दासबीच बुधबार दिउँसो विवाद भएको थियो । गणेश यादवले गरेको निर्घात कुटपिटबाट गम्भीर घाइते भएका दासको बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।घटना पश्चात् फरार रहेकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढामगरले बताए ।त्यस्तै,जिल्लाको मौलापुर नगरपालिकाको पथराबुधराममा बिहीबार दिउँसो मदिरा सेवन गरेर स्थानीय संजय महतो र नरेश महतोबीच विवाद भएको थियो ।उनीहरुबीच भएको सामान्य विवाद चर्काेपछि संजयले गरेको चक्कु प्र...
आगलागीमा एकै घरका दुई बालबालिकाको मृत्यु

आगलागीमा एकै घरका दुई बालबालिकाको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
उदयपुर - उदयपुरको रौतामाई गाउँपालिका–८ मा आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा छोरी ६ वर्षीया जस्मिन र छोरा २ वर्षीय रोजनको मृत्यु भएको हो । शुक्रबार साँझ घरमा बिजुली सट भएर घरमा आगलागी हुँदा जलेर घटनास्थलमा नै उनीहरूको मृत्यु भएको हो । आगलागीको समयमा परिवारका अन्य सदस्य घरमा नभएको बखतमा आगलागी हुदाँ दुवै जनाको मृत्यु भएको हो भने आगलागीबाट घर, अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ...