Sunday, October 25
Shadow

अन्तर्राष्ट्रिय

चीनकाे एक भवनमा भीषण आगलागीपछि..

चीनकाे एक भवनमा भीषण आगलागीपछि..

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
एजेन्सी । चीनकाे एक भवनमा भीषण आगलागी भएको छ। शुक्रबार चीनको हुनान चाङ्शामा रहेको एउटा भवनमा आगलागी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।यस आगलागीमा परी के कति व्यक्ति घाइते भएलगायतका विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनाइएको छ।
तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको परराष्ट्रमन्त्री खड्काकाे दावी

तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको परराष्ट्रमन्त्री खड्काकाे दावी

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सिन्धुपाल्चोक । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन् । आइतबार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरूले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले नाका सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरूसँग पनि कुरा गरिरहेको जानकारी दिए ।उनले चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिवद्धता जनाउँदै यहि दसैं भन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने जानकारी गराए ।उनले सोमबार चिनियाँ जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मंगलबार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै सो भेटमा नाका सञ्चालनको बारेमा कुरा राख्ने बताए । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको नियन्त्र...
भारतीय सेना प्रमुख जनरल पाण्डेद्वाराजङ्गी अडुडाको निरिक्षण

भारतीय सेना प्रमुख जनरल पाण्डेद्वाराजङ्गी अडुडाको निरिक्षण

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क, २० भदौं, रौतहट । पाँच दिने नेपाल भ्रमणका रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले जङ्गी अडुडामा सम्मान गारतको निरीक्षण गर्नुभएको छ । नेपाली सेनाको एक टुकडीले आज विहान सैनिक मुख्यालय जङ्गी अड्डामा उनको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । त्यसअघि उहाँले सैनिकमञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रदाञ्जली अर्पण गर्नुभएको थियो । भारतीय स्थल सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणको सिलसिलामा आइतबार पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै काठमाडौं आइपुग्नुभएको हो । भारतीय स्थल सेनाध्यक्षको जिम्मेवारी सम्हालेपछि यो उहाँको पहिलो नेपाल भ्रमण हो । उहाँलाई आज राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यहीं उहाँले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । भ्रमणको दौरान प...
भारतीय सेनानी प्रमुख जनरल पाण्ड आज नेपाल भ्रमणमा आउँदै

भारतीय सेनानी प्रमुख जनरल पाण्ड आज नेपाल भ्रमणमा आउँदै

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
१९ भदाै, राैतहट । आज भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे नेपाल भ्रमणमा आउँदैछन् ।नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे पाँच दिने भ्रमणका लागि आज अपराह्न काठमाडौं आउन लागेका हुन् ।भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् । नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति शर्मा लगायतलाई भेटवार्ता गर्ने कार्यक्रम छ । उनको भ्रमणलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।अनलाईन खबर...
चाेरेकाे जहाज घण्टाै उडाएपछि …

चाेरेकाे जहाज घण्टाै उडाएपछि …

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
न्युयोर्क - अमेरिकाको उत्तरपूर्वी मिसिसिपीको टुपेलो सहरमा चोरेको जहाज घण्टौंसम्म आकाशमा घुमाएर जानीजानी दुर्घटना गराउन धम्की दिने पाइलटलाई हिरासतमा लिइएको छ।सहरको वालमार्ट स्टोरमा जानीजानी दुर्घटना गराउन धम्की दिने ती पाइलटले विमानलाई सुरक्षित रूपमा अवतरण गरेपछि हिरासतमा लिइएको गभर्नर टेट रिभ्सले जानकारी दिए।‘विमान अवतरण भएको छ। स्थिति समाधान भएको छ र कोही पनि घाइते भएका छैनन्। चरम सावधानीसाथ यो अवस्थालाई व्यवस्थापन गर्ने स्थानीय, राज्य र संघीय कानून प्रवर्तनलाई धेरै धेरै धन्यवाद ,’ गभर्नर रिभ्सले ट्वीट गरे।बिचक्राफ्ट किंग एयर ९० विमानलाई चालकले पाँच घण्टाभन्दा बढी समयसम्म उडाएका थिए, जसलाई प्रहरीले ‘खतरनाक अवस्था’ भनेर वर्णन गरेको थियो। प्रहरीले पाइलटको पहिचान वा उद्देश्यको बारेमा कुनै जानकारी दिएको छैन।यसअघि टुपेलो प्रहरी विभागले सम्भावित दुर्घटनाको सावधानीबारे सचेत गराउँदै नागरिकहरूलाई ...
चन्द्रमासम्म पुग्ने नासाकाे रकेट प्रक्षेपण अन्तिम चरणमा स्थगित

चन्द्रमासम्म पुग्ने नासाकाे रकेट प्रक्षेपण अन्तिम चरणमा स्थगित

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
न्युयोर्क–अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपण तयारी अन्तिम समयमा स्थगित गरेको छ । आर एस–२५ इन्जिनमध्ये एउटामा तापक्रम समस्या देखिएपछि रकेट प्रक्षेपण स्थागित भएको नााले जनाएको छ । उसले शुक्रबार अर्को प्रक्षेपण गर्न सक्ने जनाइएको छ ।आर्टमिस नाम दिइएको यस कार्यक्रमले मानवलाई पुनः चन्द्रमामा पु¥याउने लक्ष्य लिएको छ । स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो ।केनेडी अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार ८ बजेर ३३ मिनेटमा उक्त रकेट उडाउने तयारी थियो । तर, प्रविधिक समस्याका कारण प्रक्षेपण स्थगित गरिएको नासाले घोषणा गरेको छ ।...
नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरु अमेरिका जाँदै

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरु अमेरिका जाँदै

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१३ भदाै, राैतहट । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका जानुहुने भएको छ । इन्टरपोल बैठकमा भाग लिन उहाँहरु आज अमेरिका जान लाग्नुभएको हो । सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुव्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ । एक सातासम्म अमेरिका रहदाँ विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको छ ।...
सिरियाकाे बजारमा बिस्फोट हुँदा १५ जनाकाे मृत्यु

सिरियाकाे बजारमा बिस्फोट हुँदा १५ जनाकाे मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
एजेन्सी। सिरियामा विस्फोटनको घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूहले भिडभाड रहेको बजार क्षेत्रमा नै विस्फोटन गराएकाले ठूलो क्षति भएको जनाइएको छ । आक्रमणकारीले रकेट आक्रमण गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् । मृत्यु भएका मध्ये तीनजना बालबालिका पनि रहेका छन् । घटना अत्यन्त क्रुुर र निर्दयीपूर्ण रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । शुक्रबार भएको घटनामा परी अरु दर्जनौँ घाइते भएको जनाइएको छ । घाइतेहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।देशको उत्तरी क्षेत्रमा पर्ने अलबाब सहरमा घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । अमेरिकी समर्थन रहेको कुर्दिस लडाकाहरूको आक्रमणमा परी ११ जना सुरक्षाकर्मीको मृत्यु भएको भोलिपल्ट यो घटना भएको हो । शुक्रबार भएको घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेवारी भने लिएको छैन । सुरक्षाकर्मीहरूले घटनाका ...
काबुलको मस्जिदमा बम बिस्फोट हुदाँ २० जनाको मृत्यु

काबुलको मस्जिदमा बम बिस्फोट हुदाँ २० जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सचतक नेपाल, एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझको प्रार्थनाको क्रममा बम विस्फोट हुँदा एकजना प्रमुख धर्मगुरूसहित कम्तीमा २० जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् । एक प्रत्यक्षदर्शीका अनुसार विस्फोटनमा मौलवी मुल्ला अमिर मोहम्मद काबुली मारिए भने धेरै बालबालिका घाइते भएका छन् । तालिबानले सत्ता कब्जा गरेको एकवर्षपछि धार्मिकस्थलमा भएको यो भीषण एवम् जघन्य आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । इस्लामिक स्टेट समूहको स्थानीय सहयोगीले तालिबान र सर्वसाधारणलाई लक्ष्यित गर्दै देशका विभिन्न भागमा आक्रमण बढाएका छन् । गत साता पनि उक्त समूहले एकजना प्रमुख तालिबान धर्मगुरुको हत्या गरी त्यसको जिम्मेवारी पनि लिएको थियो । प्रत्यक्षदर्शीका अनुसार शहरको खेर खन्ना नजिकैको सिद्दिकिया मस्जिदलाई लक्षित गरी आत्मघाती आक्रमणकारीले विष्फोट गराएको थियो । विष्फोटमा ३० जना...
मुद्रा कराेबारकाे आराेपमा अमितलाई  जिल्ला अदालतबाट थुनामा राख्न आदेश

मुद्रा कराेबारकाे आराेपमा अमितलाई जिल्ला अदालतबाट थुनामा राख्न आदेश

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
२४ श्रावन, काठमाण्डाै - राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्राको कारोबार गरेको आरोप लागेका अमित श्रेष्ठलाई अदालतले थुनामा राख्न आदेश गरेको छ । मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायण सुवेदीले उनलाई थुनामा राख्न आदेश गरेका हुन् । नुवाकोट घर भएका श्रेष्ठलाई प्रहरीले क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा असार २९ मा पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध अवैध डलर कारोबार गरेको पुष्टि भएको भन्दै ४८ करोड ४ लाख ७२ हजार बिगो मागदाबी लिएर मुद्दा दायर गरेको थियो ।मोबाइल र ल्यापटपको फरेन्सिक जाँच रिपोर्ट अनुसार उनले राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्राको कारोबार गरेको देखिएको छ । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ । साभार ‌: राताेपाटी...