नेपाली कांग्रेसका दुई शीर्ष नेता भारत भ्रमणमा
सचतक नेपाल डेस्क,
२० श्रावन, रौतहट । नेपाली कांग्रेसका दुई शीर्ष नेता पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य सुजाता कोइराला अहिले भारत भ्रमणमा छन् । दुवै छुटाछुटै गएका हुन् । उनीहरू बेग्लाबेग्लै कार्यक्रममा सहभागी छन् ।
निधि र कोइरालाले भारतमा राजनीतिक भेटघाटसँगै अरू विभिन्न क्षेत्रका व्यक्तिहरूसँग पनि कुराकानी गरेका छन् । कोइरालाले बिहीबार भारतीय जनता पार्टीका नेता एवं रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेकी छन्। भेटवार्ताका तस्बिर सार्वजनिक गरे पनि सुजाताले भेटबारे अन्य कुरा खुलाएकी छैनन् ।
सुजाता फिल्मसम्बन्धी कार्यक्रममा भाग लिन भारत गएकी थिइन्। सो क्रममा उनले राजनीतिक भेटघाट पनि गरेकी हुन ।
निधि भने केही समयदेखि नै भारतमा छन्। निधिले सत्तारूढ दल भाजपाका विदेश विभाग प्रमुख बिजय चौथाइवालेसँग पनि भेटवार्ता गरिसकेका छन् ।
नयाँदिल्लीक...









