Saturday, September 12
Shadow

मुद्रा कराेबारकाे आराेपमा अमितलाई जिल्ला अदालतबाट थुनामा राख्न आदेश

२४ श्रावन, काठमाण्डाै – राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्राको कारोबार गरेको आरोप लागेका अमित श्रेष्ठलाई अदालतले थुनामा राख्न आदेश गरेको छ । मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायण सुवेदीले उनलाई थुनामा राख्न आदेश गरेका हुन् ।

नुवाकोट घर भएका श्रेष्ठलाई प्रहरीले क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा असार २९ मा पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध अवैध डलर कारोबार गरेको पुष्टि भएको भन्दै ४८ करोड ४ लाख ७२ हजार बिगो मागदाबी लिएर मुद्दा दायर गरेको थियो ।

मोबाइल र ल्यापटपको फरेन्सिक जाँच रिपोर्ट अनुसार उनले राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्राको कारोबार गरेको देखिएको छ । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

साभार ‌: राताेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *