Sunday, July 26
Shadow

अन्तर्राष्ट्रिय

क्रिसमसका मनाइदै फोटो सहित

क्रिसमसका मनाइदै फोटो सहित

banner-news-1, अन्तर्राष्ट्रिय, मुख्य समाचार
सच तक नेपाल डेस्क । डिसेम्बर २५ मा इसाई धर्मावलम्बीको पवित्र चाड क्रिसमस विश्वभरि मनाइँदैछ । तर कोरोनाभाइरसको महामारीका कारण लगातार दोस्रो वर्ष गिर्जाघर जाने मानिसको सङ्ख्या कम देखिएको छ । केन्याको नैरोबीस्थित गिर्जाघरमा प्रार्थना इसाई ननहरूले क्रिसमसको पूर्वसन्ध्यामा प्रार्थना गरेका छन् । ताइवानको ताइपेईमा पर्यटक र स्थानीय बासिन्दामाझ लोकप्रिय एउटा पुललाई क्रिसमसका लागि सजाइएको छ । पाकिस्तानको कराचीमा रहेको सेन्ट चर्चमा क्रिसमसको पूर्वसन्ध्यामा आयोजित प्रार्थनामा स्थानीय ईसाई परिवारका सदस्य सहभागी भए टर्कीको इस्तानबुलमा मैनबत्ती बालेर प्रार्थना गर्दै मानिसहरूले प्रार्थना गरेछन् । भ्याटिकनमा त्यस्तै सभाको अध्यक्षता गर्दै पोप फ्रान्सिस। कोभिडसम्बन्धी प्रतिबन्धका कारण उक्त प्रार्थनासभा निर्धारित समयभन्दा अगाडि नै गरिएको थियो । बाइबलमा जीजसको जन्मस्थान भनी ...
लुधियानाको अदालतमा बिस्फोट हुदाँ २ को मृत्यु

लुधियानाको अदालतमा बिस्फोट हुदाँ २ को मृत्यु

banner-news-1, अन्तर्राष्ट्रिय, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । भारतको पञ्जाब राज्यको लुधियानास्थित एक अदालतमा आज (बिहीबार) दिउँसो बिस्फोट भएको छ। लुधियाना अदालतको दोस्रो तलाको वासरूममा भएको बिस्फोटमा परी २ जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएको भारतीय संचार मन्ध्यमले जनाएको छ । घाइते चार जनाको अवस्था निकै गम्भीर रहेको जनाइएको छ। उक्त क्षेत्रमा प्रहरी र अग्नि नियन्त्रक अदालतमा पुगेका छन्। बिस्फोटको विषयमा थप अनुसन्धान भैरहेको छ।...
पाकिस्तानमा दुर्घटना, तीनको मृत्यु एक घाइते

पाकिस्तानमा दुर्घटना, तीनको मृत्यु एक घाइते

banner-news-1, अन्तर्राष्ट्रिय, मुख्य समाचार
सच तक नेपाल डेस्क । पाकिस्तानको उत्तरपश्चिमी भागमा भएको सडक दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार बिहान जानकारी दिएका छन् । कार र ट्रक एक आपसमा ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । उद्धारकर्मीहरूले घाइतेहरूलाई अस्पताल पुर्यााएका छन् र घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटना इस्लामाबाद(पेशावर मोटरवेको उत्तरपश्चिमी अटक इन्टरचेन्ज नजिक भएको हो। हालै, पाकिस्तानको ठूलो भाग, विशेष गरी खुला क्षेत्रहरूमा बाक्लो कुहिरो लागेको छ जसले सडक दुर्घटनाहरू बढाएको छ। यसैबीच, कमजोर मर्मत गरिएको सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको लापरवाही पाकिस्तानमा सडक दुर्घटनाका अन्य प्रमुख कारणहरू हुन्।...
दुई महिनापछि शुटिङ्गमा फर्किए शाहरुख

दुई महिनापछि शुटिङ्गमा फर्किए शाहरुख

अन्तर्राष्ट्रिय, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । बलिउड अभिनेता शाहरुख खान दुई महिनापछि सुटिङ सेटमा फर्किएका छन् । छोरा आर्यन खान लागूऔषध मुद्दामा मुछिएपछि उनी सुटिङको क्यामराबाट टाढिएका थिए । उनले बुधबार मुम्बईमा फिल्म ‘पठान’को छायांकन सुरु गरेका छन् । सुटिङमा फर्किएको शाहरुखको तस्बिरमा उनले कालो रंगको टी-सर्ट र लामो कपालका साथ देख्न सकिन्छ । आर्यन लागूऔषध मुद्दापछि सुटिङ सेटमा सुरक्षालाई बढाइएको छ । उनी मुम्बईमा आगामी २० दिनसम्म सुटिङ गर्नेछन् । शाहरुखले निर्देशकलाई विदेशमा सुटिङ गर्नका लागि सर्त राखेका छन् । उनले सुटिङको हरेक साता मुम्बई फर्कन पाउने गरी समय तालिका मिलाउन निर्देशकलाई भनेका छन् । उनको बुझाईमा यो समयावधिमा अन्य कलाकारले आफ्नो काम गर्न पाउनेछन् । यो फिल्मको सुटिङ यसअघि स्पेनमा हुने तयारी थियो । तर अक्टोबरमा आर्यन लागूऔषध मामलामा मुछिएपछि फिल्मको सुटिङलाई सारिएको थियो । फिल्ममा शाहरुखसँगै दीपिका...
अमेरिका: आधीँ कारण ७० जनाको मृत्यु थप पुग्ने अनुमान

अमेरिका: आधीँ कारण ७० जनाको मृत्यु थप पुग्ने अनुमान

अन्तर्राष्ट्रिय, मुख्य समाचार
संयुक्त राज्य अमेरिकाको कन्टकी राज्यमा शुक्रवार राति आएका घातक आँधीका कारण त्यहाँका ७० जनाभन्दा बढीको ज्यान गएको अधिकारीहरूले बताएका छन् । तर मृतकको सङ्ख्या १०० भन्दा बढी पुग्न सक्ने कन्टकीका गभर्नर एन्डी बिशिअरले बताएका छन्। उनले टोर्नेडो भनिने उक्त आँधीबेहरीलाई राज्यको इतिहासकै सबैभन्दा नराम्रो भनेका छन् । राष्ट्रपति बाइडनले शुक्रवारको आँधी अमेरिकामा आएका ठूलामध्ये एक भएको टिप्पणी गरेका छन् । मेफील्ड सहरस्थित एउटा मैनबत्ती कारखानाभित्र दर्जनौँ मानिसको मृत्यु भएको छ । त्यहाँ कार्यरत ११० जनामध्ये ४० जनाभन्दा बढीलाई जीवितै उद्धार गरिएको थियो। उक्त आँधीबेहरीका कारण अन्य राज्यमा पनि कम्तीमा १२ जनाको ज्यान गइसकेको छ। कन्टकीमा गभर्नरले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । राष्ट्रपति जो बाइडनले एउटा सङ्घीय आकस्मिक विपद् घोषणापत्रमा हस्ताक्षर गर्दै उक्त राज्यका लागि रकम निकासा गरेका छ...
मेक्सिकोमा ट्रक दुघर्टना, ४९ जनाको मृत्यु

मेक्सिकोमा ट्रक दुघर्टना, ४९ जनाको मृत्यु

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट
मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ । त्यस्तै सो दुघर्टनामा परि ५८ जना गम्भीर घाइते भएका छन् । मेक्सिकोको दक्षिणी क्षेत्रमा पर्ने चियापास प्रान्तमा ट्रक पल्टिएको रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन् । गम्भीर घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ । यो ट्रकमा धेरैजसो होण्डुरसका आप्रवासी चढेका थिए । गरिबी तथा हिंसा लगायतका कारण धेरैजसो आप्रवासी जोखिम मोलेर मेक्सिकोको बाटो हुँदै अमेरिका प्रवेश गर्ने गरेका छन्।...
जपानमा भुकम्प

जपानमा भुकम्प

banner-news-1, अन्तर्राष्ट्रिय
जापानको कागोशिमा प्रान्तमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ११ः०५ बजे गएको भूकम्प ६.० म्याग्निच्युडको भएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । यसको केन्द्रविन्दु २९.४ डिग्री उत्तर अक्षांश र २० किलोमिटर गहिराईमा १२९.४ डिग्री पूर्व देशान्तरमा रहेको थियो । यस शक्तिशाली भूकम्पपछि अहिलेसम्म सुनामीको चेतावनी भने जारी गरिएको छैन ।...
पोर्चुगलका राष्ट्रपतिद्धारा संसद विघटन

पोर्चुगलका राष्ट्रपतिद्धारा संसद विघटन

अन्तर्राष्ट्रिय
पोर्चुगल । पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ । राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन गरिएको घोषणा गर्दै निर्वाचनको मिति तोकेका हुन् । उनले आगामी सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय निर्वाचन गर्ने घोषणा गरेको समाचारमा जनाइएको छ । सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद विघटन गरिएको छ । संसदले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि राष्ट्रपतिले संसद विघटन गर्दै निर्वाचन घोषणा गरेका हुन् ।...
डेनमार्कमा पञ्चेबाजाको प्रवर्द्धन गर्न ८०० किमिको यात्रा

डेनमार्कमा पञ्चेबाजाको प्रवर्द्धन गर्न ८०० किमिको यात्रा

अन्तर्राष्ट्रिय
डेनमार्क, १२ कात्तिक । नेपाली भाषा र संस्कृति अब नेपालभित्र मात्र सीमित रहेन। शिक्षा र धन आर्जन एवं कामको खोजीमा अहिले विश्वका अनेक देशमा नेपाली पुगेका छन्। यसरी विभिन्न देशमा पुगेका नेपालीबाट नेपाली भाषा, कला एवं संस्कृतिको संरक्षणस्वरूप अनेक काम हुँदै आउका छन्। युरोपको उत्तरी क्षेत्रमा पर्ने डेनमार्कमा पनि नेपालीको बाक्लो उपस्थिति छ। सुरूसुरूमा विद्यार्थीका रूपमा यहाँ आएका कैयौं व्यक्ति अहिले यहीँ स्थायी बसोबास गर्ने अनुमतिका साथ उच्चस्तरको व्यवसायीका रूपमा स्थापित भइसकेका छन्। उनीहरूकै सक्रियतामा अहिले नेपालीभाषीका सन्तानका लागि नेपाली भाषा पठनपाठन भइरहेको छ। यसका अतिरिक्त यहाँ बेलाबेला नेपाली कला र संस्कृतिसम्बन्धी केही काम पनि भइरहेको छ। यसै सिलसिलामा डेनमार्कमा पटक पटक पञ्चेबाजा पनि घन्किएको छ। डेनमार्कको राजधानी कोपनहेगनवाट ४०० किलोमिटर उत्तर पश्चिममा रहेको न्युचोपिङ मुर्स आईल्य...
कोरोना बढेपछि मस्कोमा एघार दिनका लागि गैर–आवश्यक सेवाहरू बन्द

कोरोना बढेपछि मस्कोमा एघार दिनका लागि गैर–आवश्यक सेवाहरू बन्द

अन्तर्राष्ट्रिय
मस्को, कात्तिक ११ गते । मस्कोमा कोरोना भाइरस सङ्क्रमण वृद्धि भएपछि एघार दिनका लागि गैर–आवश्यक सेवाहरू बन्द गरिएको छ । बुधबार एक दिनमा ४० हजार ९६ कोरोनाभाइरस सङ्क्रमित व्यक्ति थपिएका छन् । यस सङ्क्रमणको कारण १ हजार १५९ जनाको ज्यान गएको बिहीबार जानकारी दिइएको छ । रुसमा कोरोनाबाट हालसम्म ८३ लाख ९२ हजार ६९७ जना सङ्क्रमति भएका छन् । कोरोना सङ्क्रमणका कारण २ लाख ३५ हजार ५७ जनाको मृत्यु भइसकेको छ ।...