Sunday, July 26
Shadow

शिक्षा

कोरोना भाइरस बिच पनि त्रिविको परिक्षा हुने

कोरोना भाइरस बिच पनि त्रिविको परिक्षा हुने

banner-news-1, ताजा-अपडेट, शिक्षा
सचतक नेपाल डेस्क । काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लिने गरेका परीक्षा नरोनिके भएको छ । कोरोना भाइरस संक्रमणको तेस्रो लहरको जोखिम बढेसँगै सरकारले विद्यालय बन्द गरेको अवस्थामा त्रिविका परिक्षा भने निर्वाध सञ्चालन हुने भएका हुन् । कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले सिनेमा हल, जिमखाना, पार्टी, भोज, जमघट हुने सबै क्षेत्रमा स्वास्थ्य सुरक्षाको मापदण्डमा कडाइ गरेको छ । त्रिविमा हाल जाडो बिदाले विश्वविद्यालय बन्द भए पनि परीक्षा भने चलिरहेको छ । परिक्षाहरु नरोकिने भएका हुन् ।  ...
रौतहट बौधिमाई नपाका निजि तथा समुदायिक बिद्यालय ७ दिनको लागि बन्द

रौतहट बौधिमाई नपाका निजि तथा समुदायिक बिद्यालय ७ दिनको लागि बन्द

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
जितेश यादव / सचतक नेपाल पुस १९, रौतहट । अत्याधिक चिसो बढे पछि रौतहटको बौधिमाई नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अत्याधिक चिसो बढेकाे कारणले पठनपाठनमा कठिनाई हुदाँ नगरपालिकाले पौष २० गते देखी २७ गते सम्मका लागि बिद्यालय बन्द गर्ने निर्णय गरेको हो । आज (सोमबार) नगरपलिका प्रमुख राजिब रन्जन यादव को अध्यक्षता मा सम्पन्न बैठकद्वारा विद्यालयको सञ्चित बिदा बाट घटाउने गरी ७ दिन नगर भित्रका सामुदायिक एवम निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाद्वारा प्रकाशित बिज्ञप्तिमा उलेख छ । चिसो बढ्दै गए पछि विद्यालयको विद्यार्थीको संख्या समेत न्यून उपस्थिति हुदै आएको थियो । अत्याधिक चिसोका कारण यहाँको जनजिवन समेत प्रभावित बन्दै गएको छ । केहि दिन यता देखि शितलहर बढ्दै गएकाे हाे । एक्कासी माैसम परिवर्तन कारण तापक्रम निकै तल्लाे तहमा पुगेकाे अधिकारीहरु बताउँछन् । शितलहरबाट ...
विद्यार्थी, शिक्षक र अभिभावक जिम्मेवार भए मात्र शिक्षामा सुधार आउँछ : मन्त्री साह

विद्यार्थी, शिक्षक र अभिभावक जिम्मेवार भए मात्र शिक्षामा सुधार आउँछ : मन्त्री साह

banner-news-1, मुख्य समाचार, शिक्षा
सचतक नेपाल सप्तरी । प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सामुदायिक विद्यालयको अनुपातमा निजी विद्यालयमा गुणस्तरीय शिक्षा पाउने भ्रमलाई हटाउन आवश्यक रहेको बताएका छन् । विहिवार सप्तरीको महादेवा गाउँपालिका–२ स्थित जनता देवनारायण अमलावती माध्यमिक विद्यालयमा आयोजना गरिएको साइकल वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘आफु पनि सामुदायिक विद्यालयबाट नै अध्ययन गरेको छु’ उनले भने–‘सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुले विभिन्न तालिम प्राप्त गरेर विद्यार्थीहरुलाई पढाउने भएकोले सामुदायिक विद्यालयमा नै गुणस्तरीय शिक्षा पाउँछ ।’ सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको अभिभावकहरुलाई समेत चेतनशील हुनु आवश्यक रहेको मन्त्री साहको भनाई छ । अभिभावकले विद्यालय तथा विद्यार्थीको शैक्षिक अवस्थाबारे चासो नलिइरहेको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री साहले भने–‘विद्यार्थी, शिक्षक र अभिभ...
करिब २६ शिक्षकको लागि जागिरको अवसर

करिब २६ शिक्षकको लागि जागिरको अवसर

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सच तक नेपाल डेस्क । शिक्षक सेवा आयोगले करिब २६ सय शिक्षक माग गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको छ । निमावि तृतीय श्रेणी शिक्षक पदका लागि आयोगले दुई हजार ५९८ जनाका लागि आवेदन माग गरेको छ । खुला र समावेशी दुवैतर्फ स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ । एक महिनाभित्र आवेदन दिन सकिने छ । परीक्षा चैत १७ गते हुने सूचनामा उल्लेख छ । परीक्षा केन्द्र पनि तोकिएको छ । शिक्षक सेवा आयोगको सुचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।...
विद्यालय सुधार संर्घष समितिले बुझाए ज्ञापन पत्र

विद्यालय सुधार संर्घष समितिले बुझाए ज्ञापन पत्र

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
२९ मंसिर, रौतहट । जनता माध्यमिक विद्यालय सुधार संर्घष समितिले राजदेवी नगरपालिकाका प्रशासकिय अधिकृत सुबोध साहलाई ज्ञापन–पत्र बुझाएका छन् । रौतहटको राजदेवी नगरपालिका–४ मा अवस्थित जनता उच्च माध्यमिकका विद्यार्थीहरुले आइतवारदेखिनै विद्यालयलाई तालाबन्दी, प्रदर्शन लगायतका कार्यहरु गरिरहेका छन् । विद्यालयले गैर ढगंले पैसा उठाएको भन्दै विद्यार्थीहरुले वार्ड कार्यालय र विद्यालयमा नारावाजी समेत गरेका थिए । अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही गरेको छ । तर रौतहटको राजदेवीमा रहेको जनता उच्च माध्यमीक विद्यालयले विद्यार्थीहरुबाट गैरकानूनी तरिकाले शुल्क उठाउने गर्दछ । विद्यार्थीहरुले ११ बुंदे माग पुरा गर्न सोमबार  विरोध प्रदर्शन गरेका थिए । विद्यालयले विद्यार्थीहरुबाट विभिन्न बहानामा शुल्क उठाउन...
शुल्क उठाएको फिर्ता गर्न विद्यार्थीहरुको प्रदर्शन

शुल्क उठाएको फिर्ता गर्न विद्यार्थीहरुको प्रदर्शन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
रौतहट । शुल्क उठाएको फिर्ता गर्न विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।  विद्यार्थीहरुले ११ बुंदे माग पुरा गर्न आज विरोध प्रदर्शन गरेका छन् । रौतहटको राजदेबी नगरपालिका–४ मा अवस्थित जनता उच्च माध्यमिकका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । विद्यालयले गैर ढगंले पैसा उठाएको भन्दै विद्यार्थीहरु नारावाजी गरेका छन् । विद्यालयले विद्यार्थीहरुबाट विभिन्न बहानामा शुल्क उठाउने गरेको अभिवावकहरुको गुनासो छ । अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही गरेको छ । तर रौतहटको राजदेवीमा रहेको जनता उच्च माध्यमीक विद्यालयले विद्यार्थीहरुबाट गैरकानूनी तरिकाले शुल्क उठाउने गर्दछ । जनता उच्च माध्यमिक विद्यायलका प्रधानध्यापक प्रभाष ठाकुर रहेका छन् । शिक्षा नामावलीको घोर उल्लंघन गर्ने प्रधानध्यापक ठाकुरमाथि ...
अनेरास्ववियुसहित सात विद्यार्थी संगठनले बुझाए देउवालाई ज्ञापन पत्र

अनेरास्ववियुसहित सात विद्यार्थी संगठनले बुझाए देउवालाई ज्ञापन पत्र

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
काठमाण्डौँ । संयुक्त विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । नेकपा एमाले निकट अनेरास्ववियुसहित सात विद्यार्थी संगठनका नेताहरुले मंगलबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् । ज्ञापन पत्रमा विश्वविद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा खुल्ला प्रतिस्पर्धाबाट मात्र शिक्षक कर्मचारी नियुक्तिको वातावरण बनाउन माग गरिएको छ । यसैगरी चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिने मणिपाल लगायतका सबै मेडिकल कलेजलाई कारबाही गर्दै शुल्क फिर्ता गर्न, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन, खुद्रा नभएको बहानामा तोकिएको भन्दा बढी भाडा लिने काम नियन्त्रण गर्न पनि सात विद्यार्थी संगठनहरुले माग गरेका छन् । ...
प्याब्सनद्वारा खेलकुद मन्त्री अथकलाई सम्मान

प्याब्सनद्वारा खेलकुद मन्त्री अथकलाई सम्मान

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर ४ । नेपालगन्ज प्याब्सनले शनिवार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकलाई स्वागत तथा सम्मान गरेको छ । प्याब्सन नगर अध्यक्ष बिकास बज्राचार्यको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी खेलकुद मन्त्री विशेष अतिथिमा हिसान केन्द्रिय उपाध्यक्ष ईस्वर पोख्रेल, त्रिभुवन बिश्वबिद्धालय सह परिक्षा नियन्त्रक सुमन गौतम एन प्याब्सनका कुसुम रानाभाट रहनु भएको थियो । प्रमुख अतिथि मन्त्री अथकले सरकारले निजि क्षेत्रबाट सञ्चालित विद्यालयलाई प्रोत्साहन गर्ने निति ल्याउने बताउनु भयो । उहाँले शिक्षालाई व्यापार मात्र नबनाई विद्यालयलाई देश र असल नागरिक बनाउने थलो बनाउनु पर्नेमा जोड दिनुभयो । मन्त्रीले युवाहरूले जागिर खोज्दै हिड्नु भन्दा स्वरोजगार बन्ने सम्भावना खोज्नु पर्ने र हाम्रो देशमै थुप्रै संभावना भएको र तिनको पहल गर्नु पर्ने तथा नेपाल स्काउटलाई सरकार...
बालअधिकार र बालसंरक्षणका लागि बालअधिकार समिती गठन

बालअधिकार र बालसंरक्षणका लागि बालअधिकार समिती गठन

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ३ मंसिर । बाँके युनेस्को क्लबले बालसंरक्षण र बालअधिकारका लागि बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ मा वडास्तरीय बाल अधिकार समिति गठन गरेको छ । क्लबले विश्व शिक्षाको सहयोगमा संचालन गरेको सक्रिय परियोजना अन्र्तगत सो समिति गठन गरिएको हो । १३ सदस्यीय नवगठित उक्त बालअधिकार समितिमा वडा नं. ६ का वडा अध्यक्ष मोहनराम मिश्रा संयोजक र रामलाल यादव, मायाराम यादव, सुशिला वर्मा, केलाराम महावत, रामचरण यादव, राजकुमारी मौर्य, निर्मलादेवि कोरी, मर्दान अली शेष र बच्छराज यादव लगायत प्रहरी चौकी प्रमुख, वडा बालक्लब संजालका प्रतिनिधिहरु सदस्य रहेका छन् । सो अवसरमा वडा अध्यक्ष मिश्राले बालश्रम अन्त्यका साथै बालबालिकासम्बन्धि अन्य विभिन्न संरक्षणका कामहर समितिले गर्ने प्रतिवद्धता सो अवसरमा जनाउनुभयो । बालबालिकाको अधिकार विशेष गरेर बाल संरक्षण, बालविकास र बाल कल्याणका लागि बालअध...
देउसी भैलोको रकमबाट १५० विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

देउसी भैलोको रकमबाट १५० विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २६ कात्तिक । कोहलपुर ग्यालरीले साँस्कृतिक कार्यक्रम मार्फत देउसी भैलो खेलेर संकलन गरेको रकमबाट विपन्न विद्यार्थिहरुलाई आवश्यक शैक्षिक सामाग्री वितरण गरेको छ । ग्यालरीले सामाजिक कार्यमा खर्च गर्ने गरि देउसी भैलोबाट संकलन गरेको रकम मध्येबाट नेपाल राष्ट्रिय प्राथमिक विद्यालय,कोहलपुर १३ सिमरीका विपन्न विद्यार्थिहरुलाई आवश्यक शैक्षिक सामाग्री वितरण गरेको कोहलपुर ग्यालरीका अध्यक्ष सरोजराज शाहीले बताउनुभयो । अध्यक्ष शाहीका अनुसार सो विद्यालयका १५० जना विद्यार्थिलाई कपी, कलम, पेन्सिल, कटर र मास्क लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो । सो अवसरमा विद्यार्थिलाई ग्यालेरीका अध्यक्ष शाही, ग्यालेरीका अन्य सदस्यहरु तथा विद्यालयका शिक्षकहरुले शैक्षिक सामाग्री विद्यार्थिलाई हस्तान्तरण गर्नु भएको थियो । ग्यालरीले संकलन गरेको ६५ हजारु रुपियाँ मध्ये खर्च कटाएर ५५...