Thursday, April 16
Shadow

रौतहट बौधिमाई नपाका निजि तथा समुदायिक बिद्यालय ७ दिनको लागि बन्द

जितेश यादव / सचतक नेपाल

पुस १९, रौतहट । अत्याधिक चिसो बढे पछि रौतहटको बौधिमाई नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

अत्याधिक चिसो बढेकाे कारणले पठनपाठनमा कठिनाई हुदाँ नगरपालिकाले पौष २० गते देखी २७ गते सम्मका लागि बिद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

आज (सोमबार) नगरपलिका प्रमुख राजिब रन्जन यादव को अध्यक्षता मा सम्पन्न बैठकद्वारा विद्यालयको सञ्चित बिदा बाट घटाउने गरी ७ दिन नगर भित्रका सामुदायिक एवम निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाद्वारा प्रकाशित बिज्ञप्तिमा उलेख छ । चिसो बढ्दै गए पछि विद्यालयको विद्यार्थीको संख्या समेत न्यून उपस्थिति हुदै आएको थियो । अत्याधिक चिसोका कारण यहाँको जनजिवन समेत प्रभावित बन्दै गएको छ ।

केहि दिन यता देखि शितलहर बढ्दै गएकाे हाे । एक्कासी माैसम परिवर्तन कारण तापक्रम निकै तल्लाे तहमा पुगेकाे अधिकारीहरु बताउँछन् ।

शितलहरबाट बच्न नगरपालिकाले बिदाँ दिने भएकाे छ । राैतहटका बजारहरुमा समेत चहल पहल कम भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *