Wednesday, October 28
Shadow

banner-news-1

For top banner

आज रामचन्द्रकाे जन्म दिन, देशभर सार्वजनिक बिदा

आज रामचन्द्रकाे जन्म दिन, देशभर सार्वजनिक बिदा

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २७ चैत, राैतहट । आज भगवान् श्री रामचन्द्रको जन्म दिन । रामनवमी पर्व । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिनका रुपमा मनाउने गरिन्छ । वैदिक सनातन धर्म मान्ने समाजमा रामनवमीको स्थान महत्वपूर्ण छ । राम नवमीका अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवम् आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ । नेपालमा रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामको पूजा आराधना गरी मनाइँदै छ । रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । भनिन्छ, गोस्वामी तुलसीदासले रामचरितमानसको रचना आरम्भ पनि यसै दिन गरेका थिए । त्रेता युगमा मर्यादा पुरुषोत्तमका रूपमा सुपरिचित राम सूर्यवंशी राजा दशरथले गरेको पुत्रेष्टि यज्ञको प्रसादस्वरूप दशरथकी जेठी रानी कौशल्यावतीको गर...
बर्दिवास स्थानीय : बस्ती उठाउन पाइदैन, रेल स्टेशन चाहिदैन

बर्दिवास स्थानीय : बस्ती उठाउन पाइदैन, रेल स्टेशन चाहिदैन

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २६ चैत, राैतहट । ब्रोडजेग रेल्वेको पूर्वाधार निर्माण आयोजनाले बर्दिबासमा जग्गा अधिग्रहण गरेर रेल्वे स्टेसन बनाउने प्रक्रिया अगाडि बढाए पनि स्थानीयवासीले रेल्वे स्टेसन बनाउन नदिने चेतावनी दिएका छन् । स्थानीयवासीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी बर्दिबास जस्तो सानो ठाउँमा रेल्वे स्टेसन बनाउँदा थप भिडभाड र होहल्ला हुने भएकाले स्टेसन बनाउन नदिने घोषणा गरेका हुन् । बर्दिबासकै सेरोफेरोमा सरकारी जग्गा प्रसस्त हुँदाहुँदै बस्तीको बीचमा स्टेसन बनाउँदा धेरै ठूलो असर पर्ने स्थानीयको ठहर छ । रेल्वे स्टेसन बन्ने पक्का भएपछि सरकारले २०७३ सालमा करिब ६० बिगाहा जमिन सहमतिमै सरकारले अधिग्रहण गरेको थियो । यता, अधिग्रहणमा परेका जग्गाधनीको निर्धारित मुआब्जामा समेत असन्तुष्टि छ । उचित मुआब्जाको पर्खाइमा रहेका स्थानीयले न्यूनतम सात लाखदेखि ८१ लाखसम्म मुआब्जा निर्धारण भएपछि अस...
बागमती प्रदेश : ट्याक्सीको भाडामा बढोत्तरी , अब कति हो ?

बागमती प्रदेश : ट्याक्सीको भाडामा बढोत्तरी , अब कति हो ?

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २६ चैत, रौतहट। बागमती प्रदेशमा चल्ने ट्याक्सीको भाडा बढेको छ । प्रदेश सरकारले ट्याक्सीको भाडा बढाएको हो। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले ट्याक्सीको भाडा बढाएको हो। मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाइएको मन्त्रालयले जनाएको छ। बढेको भाडादर आगामी वैशाख १ देखि लागू हुनेछ । काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रूपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ। नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ। डाउन फ्लग ५० रुपैयाँ कायम गरिएको छ। साथै पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र सञ्चालन हुने सवारी साधानको भाडा समायोजन हुने मन...
३ सय ७३ जना प्रहरी निरीक्षकहरु सरुवा भए , को कहाँ ?

३ सय ७३ जना प्रहरी निरीक्षकहरु सरुवा भए , को कहाँ ?

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २६ चैत, रौतहट। नेपाल प्रहरीका ३ सय ७३ जना प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीवार प्रहरी निरीक्षकहरूको सरुवा गर्ने निर्णय गर्नुभएको हो । २०७९ बैशाख महिनादेख लागू हुने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुची हेर्न यहाँ क्लिक गर्नुहोस् ।...
यमूनामाईमा एक महिलाकाे शव फेला

यमूनामाईमा एक महिलाकाे शव फेला

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, २५ चैत, राैतहट । रौतहटको यमुनामाईमा आज एक महिलाको शव फेला परेको छ । यमुनामाई गाउँपालिका २ भेडियाही लमहा नदीमा शुक्रबार एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । लमहा नदीको बीच भागमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोली घटनास्थलमा पुगेको छ । फेला परेको मृतक महिलाको हाल पहिचान खुल्न नसकेको छैन् । यसबारे अनुसन्धान सुरु भएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।...
पुन बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

पुन बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २३ चैत, राैतहट । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन बढाएको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो। योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर १४३ रुपैयाँ तोकिएको छ। त्यस्तै, खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँले बढाएर एक हजार ६ सय रुपैयाँ पुगेको छ। निगमका अनुसार आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेर १५६ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर ५० डलरले बढेर १ हजार ५ सय ४५ अमेरिकी डलर पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ महँगो हुँदा निगमले मासिक अर्बौं रुपैयाँ घाटा बेहोर्दै आएको भन्दै निगमले मंगलबार मध्यरातबाट लागू ...
पिकअपकाे ठक्करबाट राैतहटकाे एक जनाकाे मृत्यु

पिकअपकाे ठक्करबाट राैतहटकाे एक जनाकाे मृत्यु

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
२२ चैत, राैतहट । मधेश प्रदेशकाे धनुषा जिल्लामा पिकअप भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका वडा नं. ५ का ५६ वर्षीय शेरबहादुर राई रहेकाे प्रहरीले जनाएकाे छ । मंगलवार विहान धनुषाको मिथिला नगरपालिका–११, बाहुनमारास्थित पृथ्वी राजमार्गमा सिन्धुलीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ प नम्बरको पिकअपले विपरित दिशाबाट आउँदै गरेको बा ५२ प ५१३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । दुर्घटनामा मृत्यु भएका राईको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको तथा ठक्कर दिने पिकअप र चाकल प्रहरीको नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।...
वडा अध्यक्ष पदका उमेदवार महतोले सार्वजनिक गरे अवधारणा प्रतिबद्धता

वडा अध्यक्ष पदका उमेदवार महतोले सार्वजनिक गरे अवधारणा प्रतिबद्धता

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल सर्लाही । नेकपा माओवादी केन्द्रको तर्फबाट सर्लाहीको जिल्लाको बलरा नगरपालिका वडा न. - ८ का अध्यक्ष पदका उम्मेदवार उमेश महतोले स्मार्ट वार्डको परिकल्पना शहितको स्थानीय प्रतिबद्धता पत्र सार्बजनिक गर्नुभएको छ । जारी प्रतिबद्धतामा वडाको बिकासका लागि स्पष्ट खाका सहित स्मार्ट को पुर्ण परिभाषा सहित ब्यख्या गरिएको छ । अवधारणा प्रतिबद्धता १.आधुनिक शिक्षा तथा स्वस्थय क्षेत्रमा व्यापक परिवर्तन ल्याउने। २.कृषि प्रधान वडा बनाउने। ३. समयमै एम्बुलेन्स तथा वृद्ध भता उपलब्ध गराउने। ४.जनताहरुको सेवामा ओहोरात सहभागी हुने ५. वडाबाट पाउने सम्पुर्ण सेवा सुबिधा निशुल्क गरिने लामो समय देखि राजिनितिमा सक्रिय महतो आफ्नो अवधारणा प्रतिबद्धता सार्वजनिक गर्दै आफ्ना प्रतिबद्धता पूरा गर्न आफूलाई नै मत दिएर जिताउन जनताहरुलाई आह्वान गरेका छन।...
बैरगनियामा विद्यान परिषद निर्वाचन, पैदल यात्रुलाई मात्र प्रवेश

बैरगनियामा विद्यान परिषद निर्वाचन, पैदल यात्रुलाई मात्र प्रवेश

banner-news-1, अन्तर्राष्ट्रिय, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
बैरगनिया संवाददाता, २१ चैत, राैतहट । आज नेपालकाे मित्र देश भारतकाे बैरगनीयामा विद्यान परिषद सदस्यकाे निर्वाचन हुदैँछ । जसकारण नेपालबाट मात्र पैदल यात्रु बाहेक अन्य सवारी माथी राेक लगाइएकाे हाे । आज हुने विद्यान परिषद सदस्यकाे निर्वाचन भारतीय समय अनुसार बिहान ८ बजे देखि शुरु भएकाे हाे । मतदाता पत्र लिएर मतदान कार्यालयमा मतदाताहरु पुगेका हुन् भारतीय क्षेत्र बैरगनिया सहित अन्य ब्लकहरुमा बिधान परिषदको ले बैरगनिया - गौर को मुख्य सिमाना नाका बन्द भएको छ। वार्ड सदस्य, पंचायत समिति सदस्य, मुखिया र जिल्ला परिषद सदस्यहरुले मतदान गर्ने छन् । मतदान केंद्रमा सबै तयारी सम्पन्न भएकाे सच तक नेपालका बैरगनिया संवाददाताले जनाएकाे छ ।...
जनकपुरधाम साहित्य महाेत्सव-२०७८ हुने निश्चित

जनकपुरधाम साहित्य महाेत्सव-२०७८ हुने निश्चित

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल, २१ चैत, जनकपुर । जनकपुरधाममा यही चैत २३ गतेबाट तीन दिनसम्म “जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८” हुने निश्चित भएको छ । मैथिली विकास कोषको आयोजनामा हुन लागेको जनकपुरधाम साहित्य महोत्सवमा नेपाल तथा भारतका विद्वान र कलाकारहरु सहभागि हुने भएको आयोजकले जनाएको छ । आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै मैथिली विकास कोषले सो महोत्सवमा १० वटा विभिन्न विषयहरुमा संवाद गर्नुका साथै चित्रकला, पुस्तक प्रदर्शनी, ज्ञानशीपको प्रदर्शनका साथै संगित क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने जनाएका थिए । महोत्सवमा भारतका ३ वटा नाट्य समूह तथा २ वटा नेपालको नाट्य समूहका कलाकारहरुले मैथिली, नेपाली तथा हिन्दी भाषामा नाटक मञ्चन गरिने कार्यक्रम समेत रहेको कोषको अध्यक्ष जीवनाथ चौधरीले बताए । महोत्सवको मुख्य आकर्षणमा सांस्कृतिक झाँकी सहितको शोभा यात्रा, रंगारंगारंग कार्...