Wednesday, October 28
Shadow

banner-news-1

For top banner

इन्धन खरिद गर्न ऋण खाेज्दै निगम

इन्धन खरिद गर्न ऋण खाेज्दै निगम

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २ वैशाख, राैतहट । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खरिद गरेको रकम भुक्तानी गर्न सरकारसँग दुई अर्ब रुपियाँ ऋण मागेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै निगमको घाटामा चुलिँदै गएको छ । आगामी दिनमा तेल खरिद गर्न रकम अभाव भएपछि निगमले सरकारसँग ऋण मागेको हो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले सञ्चित कोष र मूल्य स्थिरीकरण कोषमा भएको रकम सकिएपछि सरकारको जमानीमा राष्ट्रिय वाणिज्य बैङ्कमार्फत दुई अर्ब ऋण माग गरिएको बताए । “इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई इन्धन खरिद गरेको रकम भुक्तानी गर्नका लागि अपुग भएकाले ऋण मागेका छौँ,” साहले भने, “आगामी २३ अप्रिलमा आईओसीलाई इन्धन खरिदको १४ अर्ब ६५ करोड रुपियाँ भुक्तानी गर्न‘पर्नेमा निगमलाई दुई अर्ब रुपियाँ अपुग छ ।” “राष्ट्रिय वाणिज्य बैङ्कमार्फत ऋण लिनका लागि सरकार जमानत बस्नुपर्छ,” साहले भने, “यसका लागि उद...
छाेराले गरे आफ्नै बुवाकाे हत्या

छाेराले गरे आफ्नै बुवाकाे हत्या

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २ वैशाख, राैतहट । मोरङको बेलबारी नगरपालिका–७ काफ्ले टोलमा छोराले आफ्नै बुवाको हत्या गरेका छन्। ३१ वर्षीय वासुदेव कार्कीले बिहीबार दिउँसो ६२ वर्षीय बुवा जयबहादुर कार्कीलाई घर आँगनमा पछारेर हत्या गरेको मोरङ प्रहरीले जनाएको छ। ‘अंशवण्डासम्बन्धी विवाद हुँदा बुवालाई आँगनमा पछारेर छोरा वासुदेवले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘अंशवण्डासम्बन्धी विवादलाई लिएर वासुदेव र उनका भाइ तीर्थराजबीच भएको झगडा छुट्याउन जाँदा बुवालाई वासुदेवले आँगनको ढुंगामा पछारेर घाइते बनाएको हो।’ दिउँसो साढे १२ बजेतिर छोराले आँगनमा पछारेपछि गम्भीर घाइते भएका वृद्ध बुवालाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम ल्याइएको र उनको उपचारकै क्रममा दिउँसो साढे ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न वासुदेवलाई पक्राउ ग...
ज्येष्ठ सदस्यबाट आशीर्वाद लिदै जुडशितल मनाइँदै

ज्येष्ठ सदस्यबाट आशीर्वाद लिदै जुडशितल मनाइँदै

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २ वैशाख, राैतहट । राैतहटसहित मिथिला क्षेत्रमा आज परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशीर्वाद लिएर जुडशितल पर्व मनाइँदै छ । नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन हिजो ‘सतुवाइन’ र आज दोस्रो दिन ‘जुडशितल’मनाइन लागिएको हो । यो पर्वमा श्रेष्ठजनले शीतलजल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशीर्वाद दिने प्रचलन छ । ‘सतुवाइन’ मा जौँ र चनाको सातु तथा सर्वत खाने र खुवाने परम्परा छ । आज वर्षभरि सहकालको कामना गर्दै जिउमा हिलो छ्यापेर नुहाउने गरिन्छ । घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने गर्दछन् । नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति छ । गर्मी मौसमको चनाको सातु, दाल, मुन्गाको तरक...
रौतहटका पत्रकार झा जनसेवा श्रीबाट सम्मानित

रौतहटका पत्रकार झा जनसेवा श्रीबाट सम्मानित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १ वैशाख, रौतहट । रौतहटका अग्रज पत्रकार प्रभात झा राष्ट्रिपति विद्यादेवी भण्डारीद्धारा जनसेवा श्रीबाट सम्मानित भएका छन् । राष्ट्रपति भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गरेकी छन् । गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवीबाट पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महाउज्ज्वल राष्ट्रदीपबाट राजनीतिज्ञहरु स्व तुल्सीलाल अमात्य, स्व मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक योद्धा स्व दुर्गानन्द झा, स्वरसम्राट स्व नारायणगोपाल गुरुवाचार्यलाई मानपदवी प्रदान गरियो । ...
बारामा जिप दुर्घटना हुदाँ चालककाे मृत्यु, १२ जना घाइते

बारामा जिप दुर्घटना हुदाँ चालककाे मृत्यु, १२ जना घाइते

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, १ वैशाख, बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ आधाभार जंगलमा बिहीबार बिहान जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–११ का २५ वर्षीय लोकनाथ सेढाई रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरा स्थित अल्पाईन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका जिपमा सवार १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । आज बिहान पौने ९ बजे सिमराबाट हेटौडातर्फ आउँदै गरेको बा १९ च ४३७७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ ।...
महाेत्तरी : कुहिएकाे अवस्थामा शव फेला

महाेत्तरी : कुहिएकाे अवस्थामा शव फेला

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, १ वैशाख, राैतहट । महोत्तरीको सातपत्रे जङ्गलमा कुहिएको अवस्थामा बुधबार एक व्यक्तिको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बर्दिबास नगरपालिका–३ स्थित विपी राजमार्गभन्दा ५०० मिटर उत्तर–पश्चिममा पर्ने सातपत्रे भिरालो जङ्गलमा एक व्यक्तिको शव कुहिएर दुर्गन्धित भएको अवस्थामा फेला परेको हो। नाम, थर, वतन नखुलेका अन्दाजी वर्ष ५०/५५ का पुरुषको शव कुहिएर जङ्गलभरि दुर्गन्धित भएको अवस्थामा घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयले शवबारे खबर दिएपछि इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी टोली शव फेला परेको स्थानतिर गएर सो शव उठाएर परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको छ। रासस...
आज वैशाख १ अर्थात नयाँ वर्षकाे पहिलाे दिन

आज वैशाख १ अर्थात नयाँ वर्षकाे पहिलाे दिन

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, १ वैशाख,राैतहट । आज विक्रम सम्वत २०७९ को पहिलो दिन । नयाँ वर्ष २०७९ साल आजबाट शुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षौल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ । आजदेखि नयाँ वर्ष प्रारम्भ हुँदैछ । आज दिनभरि सबैतिर शुभकामना आदानप्रदानको कार्यक्रम भइरहन्छ । औपचारिक र अनौपचारिकरूपमा शुभकामना आदानप्रदान गर्ने तथा सामाजिक सञ्जालमा शुभकामनाका शब्दहरू राख्ने काम दिनभरि नै भइरहन्छ । नयाँ वर्षको प्रारम्भ प्रायः यस्तै तरीकाले हुने गर्दछ । सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवं सत्...
९३ किलाे गाँजा सहित ट्रक र चालक नियन्त्रणमा

९३ किलाे गाँजा सहित ट्रक र चालक नियन्त्रणमा

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, २८ चैत, महाेत्तरी । छिन्नमस्ता वाहिनीकाे स्क्वाड टिमले विशेष सुचनाकाे आधारमा ९३ किलाे लागुऔषध गाँजा सहित एक ट्रक र चालकलाई नियन्त्रणमा लिएकाे छ । महाेत्तरीकाे मनरा सिसुवा गाउँपालिका-३ सुनाैल गाउँबाट प्रतिबन्धित गाँजा बाेकेकाे ना.३ ख ७९३५ नम्बरकाे ट्रक र साेहि ट्रकका चालकलाई नियन्त्रणमा लिएकाे स्राेतले जनाएकाे छ । पक्राउ पर्नेमा साेही ट्रकका चालक धादिङ्ग निवासी ३६ वर्षीय रमेश तामाङ्ग रहेका हुन् । लागुऔषध गाँजा बाेकेकाे ट्रक र चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय महाेत्तरी बुझाउन लागेकाे सशस्त्र प्रहरी बल नं.२ छिन्नमस्ताले जनाएकाे छ ।...
राष्ट्रपति भण्डारीले गरिन् गजेन्द्र स्मृति अस्पतालकाे उद्घाटन

राष्ट्रपति भण्डारीले गरिन् गजेन्द्र स्मृति अस्पतालकाे उद्घाटन

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल २७ चैत, राैतहट । रौतहटको माधवनारायण वडा नम्वर ३ स्थित जयनगरमा नवनिर्मित गजेन्द्र स्मृति अस्पतालको आज उद्घाटन गरिएको छ । गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठान द्वारा निर्मित ३०० सैयाको अस्पतालको राष्ट्रपति विद्या देवी भण्डारीले आइतबार उद्घाटन गरेकी हुन्। डाक्टर डिम्पल झाले स्वास्थ्य अवस्था अत्यन्तै दैनिय भएपनि आफुले देखेको सपना आज पूरा भएको बताउनु भयाे । उनले अस्पतालको बेडबाट आफू आएको हुँदा अस्पताललाई अघि बढाउन सबैको जिम्मेवारी रहेको र सबै समुदायको धरोहर रहेकाले यसलाई जगेर्न गर्नु पर्ने बताउनु भयाे ।...
गाैरमा बेवारिसे अवस्थामा एक वृद्धकाे शव फेला

गाैरमा बेवारिसे अवस्थामा एक वृद्धकाे शव फेला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २७ चैत, राैतहट । आज बिहान करिब साढे ११ बजेकाे समयमा राैतहट जिल्लाकाे सदरमुकाम गाैरमा शव बरामद भएकाे छ । नेपाल - भारत जाेड्ने सिमा गाैर भन्सारकाे क्रान्ति गेट स्थित प्रतिक्षालयमा हाल नामथर वतन नखुलेको अंन्दाजी ६०/६५ वर्षीय पुरुष ब्यक्ती मृत अबस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । मृतकलाई पहिचान गर्ने कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।...