संयुक्त रुपमा रेल सेवाको उद्घाटन हुदैँ
सच तक नेपाल,
१९ चैत, जनकपुरधाम । २०७७ असोजमा खरिद गरिएको दुई वटा रेल नियमित संचालनको लागि आज उद्घाटन गरिँदै छ ।
१ फागुनदेखि बिना यात्रु (ड्राई रन) हुदै आएको कुर्था– जनकपुर–जयनगर रेल सेवा नियमित रुपमा सञ्चालनका लागि भारतको नयाँ दिल्लीबाट नेपालका प्रधानमन्त्री शेरवहादुर देउवा र भारततीय पधानमन्त्री नरेन्द्र मोदीले शनिवार दिउँसो साढे १२ बजे भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
शनिबार दुई देशका प्रधानमन्त्री उद्घाटन गरेपनि रेल सेवा नियमित रुपमा चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले बताए ।
महाप्रबन्धक झाका अनुसार नेपाली समय साढे १२ बजे भारतको जयनगरस्थित नेपाली स्टेशनबाट रेलको उद्घाटन भई सञ्चालन हुनेछ । जयनगरबाट आउने रेलमा भौतिक पुर्वाधार तथा यातायातमन्त्री रेणु यादव जनकपुरधाम हल्टमा रेलमा चढ्ने छिन् । मन्त्री यादव चढेर कुर्थासम्मको यात्रा गर...









