Tuesday, July 28
Shadow

बागमती प्रदेश : ट्याक्सीको भाडामा बढोत्तरी , अब कति हो ?

सचतक नेपाल डेस्क,
२६ चैत, रौतहट। बागमती प्रदेशमा चल्ने ट्याक्सीको भाडा बढेको छ । प्रदेश सरकारले ट्याक्सीको भाडा बढाएको हो।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले ट्याक्सीको भाडा बढाएको हो। मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाइएको मन्त्रालयले जनाएको छ। बढेको भाडादर आगामी वैशाख १ देखि लागू हुनेछ ।

काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रूपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ।

नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ। डाउन फ्लग ५० रुपैयाँ कायम गरिएको छ।

साथै पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र सञ्चालन हुने सवारी साधानको भाडा समायोजन हुने मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *