Thursday, October 29
Shadow

banner-news-1

For top banner

सत्ता गठबन्धन भएसँगै देशव्यापी संयुक्त आमसभा आयोजना हुने

सत्ता गठबन्धन भएसँगै देशव्यापी संयुक्त आमसभा आयोजना हुने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, ८ वैशाख, रौतहट । सत्ता गठबन्धनबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने औपचारिक सहमति भएसँगै देशव्यापी संयुक्त आमसभा आयोजना हुने भएका छन् । पाँच दलीय गठबन्धनले यही वैशाख १८ देखि काठमाडौंसहित देशका प्रमुख शहरहरुमा संयुक्त आमसभा गर्ने निर्णय गरेका हुन् । त्यसक्रममा वैशाख १८ गते धनगढी र सुर्खेतमा आमसभा आयोजना हुने भएको छ । वैशाख १९ गते बुटवल र पोखरामा आमसभा हुनेछन् भने २० गते जनकपुर र विराटनगरमा एकैदिन संयुक्त आमसभा गर्ने तय भएको छ । गठबन्धनको अन्तिम आमसभा भने काठमाडौंमा वैशाख २२ गते वृहत रुपमा गर्ने निर्णय भएको एकीकृत समाजवादीका उपमहासचिव डा विजयकुमार पौडेलले जानकारी दिनुभएको छ ।...
मधेश प्रदेशमा कांग्रेस सिध्याउने खेल हुदैछ : पूर्वउपसभापति निधि

मधेश प्रदेशमा कांग्रेस सिध्याउने खेल हुदैछ : पूर्वउपसभापति निधि

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, ८ वैशाख, राैतहट । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले गठबन्धनको नाममा मधेस प्रदेशमा कांग्रेसलाई सिध्याउने खेल चलिरहेकाे बताएका छन्। आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनले गरेको महानगर र उपमहानगरको भागबण्डाप्रति आपत्ति जनाउँदै निधिले यस्तो बताएका हुन्। ‘मधेस प्रदेस जसपालाई सुम्पिनेगरी सहमति भएको छ। मधेस प्रदेसमा कांग्रेस सिध्याउने षडयन्त्र हो,’ आयोमेलसँग निधिले भने। मधेस प्रदेस जसपालाई सुम्पिनेगरी निर्णय भएको भन्दै उनले यस्तो निर्णयले आगामी चुनावमा देशभर कांग्रेसलाई कमजोर बनाउने जिकिर गरे। निधिले महानगरपालिका र उपमहानगरपालिकामा गरिएको बाँडफाँड केन्द्रीय समितिको निर्णयविपरित रहेको बताए। ‘केन्द्रीय समितिले औचित्य र आवश्यक्ताको आधारमा तालमेल गर्ने निर्णय गरेको हो,’ उनले भने,‘केन्द्रीय समितिको निर्णयविपरित बाँडफाँड गर्ने काम भएको छ। द...
स्थानीय तहहरुमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

स्थानीय तहहरुमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ८ वैशाख, राैतहट । स्थानीय तहको निर्वाचनको स्थलगत तयारीको लागि ७ सय ५३ वटै स्थानीय तहमा आज बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको प्रक्रिया सञ्चालन गर्न सहज हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल समाचारपत्रलाई बताउनुभयो । आयोगले स्थानीय निर्वाचनका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत खटाएको छ । मुख्य निर्वाचन अधिकृतले जिल्लामा निर्वाचन गराउन आयोगको प्रतिनिधिका रूपमा काम गर्नेछ । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो । त्यसै गरी आयोगले जिल्लाका अन्य स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरू र निजामती सेव...
प्रदेश तथा क्षेत्रीय कार्य समिती ३ बाट मेयर र उपमेयरमा नाम सिफारिस

प्रदेश तथा क्षेत्रीय कार्य समिती ३ बाट मेयर र उपमेयरमा नाम सिफारिस

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, ८ वैशाख, रौतहट । नेपाली काँग्रेस प्रदेश तथा क्षेत्रीय कार्य समिती ३ ले जलेश्वर नगरपालिकाका लागि मेयर र उपमेयर पदका लागि नाम सिफारिस गरेको छ । महाेत्तरी जिल्लाको जलेश्वर नगरपालिका का लागि मेयर मा ४ र उपमेयर मा ३ जना को नाम सिफारिस भएको छ । क्षेत्रीय कार्य समिती ३ बाट मेयर पदका लागि शम्भु नारायण पाठक, ईश्वर नारायण पान्डेय, डा.सज्जन ठाकुर र अशोक कुमार साहको नाम सिफारिस भएको छ । त्यस्तै उपमेयर पदको लागि अनिता देवी शर्मा , निनु कर्ण र विभा झाको नाम सिफारिस भएको स्रोतले जनाएको छ ।...
लाेसपा नेता महताेकाे फेसबुक ह्याक, पार्टी छाेडेकाे पाेष्ट भाइरल

लाेसपा नेता महताेकाे फेसबुक ह्याक, पार्टी छाेडेकाे पाेष्ट भाइरल

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, ७ वैशाख, राैतहट । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ । फेसबुक ह्याक गर्दै ह्याकरले महतोले आजदेखि लोसपा छोडेको आशयको पोष्ट गरेको थियो । फेसबुक ह्याक भएपछि महतोले यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्नुभएको छ । ‘मेरो फेसबुक ह्याक गरि सुनियोजित रूपमा कसैले यो समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले फेसबुकमा लेख्नुभएको छ, ‘यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु, यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी दायरामा ल्याउन पहल गर्नेछु ।’ महतोले लोसपा छोडेको भन्दै लेखिएको पोष्टको स्क्रिनसट भाइरल भएपछि प्रष्ट्याउनुभएको हो । पोष्टमा लेखिएको थियो, ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँगको यात्रालाई आजबाट पूर्ण रूपले विराम दिएको छु । यात्रालाई सहज र सरल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सा...
राप्रपा आज घाेषणपत्र सार्वजनिक गर्दै

राप्रपा आज घाेषणपत्र सार्वजनिक गर्दै

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, ७ वैशाख, राैतहट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज घोषणापत्र सार्वजनिक गर्दैछ । अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने तयारी गर्नुभएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गर्ने तयारी भएको उहाँले जानकारी दिए । घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु ल्याउने श्रेष्ठले बताए । यसअघि नै नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राप्रपा नेपालले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । ठूला पार्टीहरु कांग्रेस, एमाले र माओवादी केन्द्रले भने सार्वजनिक गरेका छैनन् ।...
सत्ता गठबन्धन कुनै हालतमा भंग नहुने : देउवा

सत्ता गठबन्धन कुनै हालतमा भंग नहुने : देउवा

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, ६ वैशाख, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कुनै हालतमा भंग नहुने बताउनु भएको छ । मंगलबार नेविसंघको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अहिले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभयो । तर गठबन्धन टुटाउने षड्यन्त्र असफल पार्नुपर्ने उहाँको भनाइ थियो । गठबन्धन टुट्यो भने संविधानअनुसार कसैको बहुमत आउने अवस्था नरहेकोले गठबन्धन जोगाउनुको विकल्प नरहेको देउवाको जोड थियो । गठबन्धन गर्दा काँग्रेसको हैसियत माथि नै हुने भएकोले यसमा गठबन्धन कुनै हालतमा तोड्नु नहुने उहाँको भनाइ थियो ।...
बझाङ केन्द्रबिन्दु भएर भुकम्प

बझाङ केन्द्रबिन्दु भएर भुकम्प

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, ६ बैशाख, बझाङ । मंगलबार बिहानै बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान स्थानीय समयअनुसार ६ बजेर तीन मिनेट जाँदा भूकम्प गएको हो । केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो । यसअघि चैत ९ गते ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।...
बाघकाे आक्रमणबाट दुई जना घाइते

बाघकाे आक्रमणबाट दुई जना घाइते

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, ५ वैशाख, बारा । बारामा बाघको आक्रमणबाट दुइजना घाईते भएका छन् । शनिबार जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुर नजिकै तपोभुमी सामुदयिक वनमा बाख्रा चराउँन गएका बेला ४२ वर्षिय दिलबहादुर मुक्तान र उनकी ३८ वर्षिया श्रीमती माईली माया रुम्बा घाइते भएका हुन्। सुरुमा माईली मायाँलाई बाघले आक्रमण गरेपछि उनलाई बचाउन गएका श्रीमान दिल बहादुरलाई समेत बाघले आक्रमण गरेर घाइते बनाएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिब ओलीले जानकारी दिए । रुम्बाको घाँटी र छातिमा अनि मुक्तानको छाती अनी पाखुरामा चोट लागेको छ उनले बताए ।घाइतेहरुको स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारको लागी हेटौंडा स्थित चुरेहिल अस्पताल पठाईएको र दुबै जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक ओलीले बताए ।...