Saturday, September 12
Shadow

सत्ता गठबन्धन भएसँगै देशव्यापी संयुक्त आमसभा आयोजना हुने

सचतक नेपाल डेस्क,
८ वैशाख, रौतहट । सत्ता गठबन्धनबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने औपचारिक सहमति भएसँगै देशव्यापी संयुक्त आमसभा आयोजना हुने भएका छन् ।

पाँच दलीय गठबन्धनले यही वैशाख १८ देखि काठमाडौंसहित देशका प्रमुख शहरहरुमा संयुक्त आमसभा गर्ने निर्णय गरेका हुन् । त्यसक्रममा वैशाख १८ गते धनगढी र सुर्खेतमा आमसभा आयोजना हुने भएको छ । वैशाख १९ गते बुटवल र पोखरामा आमसभा हुनेछन् भने २० गते जनकपुर र विराटनगरमा एकैदिन संयुक्त आमसभा गर्ने तय भएको छ ।

गठबन्धनको अन्तिम आमसभा भने काठमाडौंमा वैशाख २२ गते वृहत रुपमा गर्ने निर्णय भएको एकीकृत समाजवादीका उपमहासचिव डा विजयकुमार पौडेलले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *